नेपालको Time
नेपाली दैनिक पात्रो
Chat With Me
Visitor
Nepali रुपैया Converter
Traffik Feed
बिषय सुची
Subscriptions box
Wednesday, December 7, 2011
एउटै गाउँमा एक करोडको आलु
Posted by
sangson ''JAYA"
at
12:58 AM
0
comments
Labels: समाचारहरु
Friday, November 4, 2011
सात बालबालिकाको भारत लैजानबाट उद्धार
Posted by
sangson ''JAYA"
at
12:25 AM
0
comments
Labels: समाचारहरु
Thursday, February 10, 2011
अनुगमन टोलीलाई इन्धन र सञ्चार खर्च पनि अभाव
६४ जनाको टोलीलाई फ्याक्स मेसिन, टेलिफोन र पेट्रोलकै समस्या भएको छ भने टोलीको पारिश्रमिकसमेत हालसम्म तय गरिएको छैनसंयुक्त राष्ट्रसंघीय मिसन अनमिनको बहिर्गमनसँगै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार तीन सुरक्षा निकाय र माओवादी लडाकुको संयुक्त टोलीलाई परिचालित गरिएको थियो । १ माघको मध्यरातदेखि अनुगमन सम्हाल्ने गरी टोली परिचालित भएको थियो ।
विशेष समितिले गत १ माघमा लडाकुका सात र सेनाको छाउनीस्थित जगदल गणको कन्टेनर अनुगमन गर्न खटाएका ६४ जनाको टोलीलाई फ्याक्स मेसिन, टेलिफोन र पेट्रोलकै समस्या भएको छ भने टोलीको पारिश्रमिकसमेत हालसम्म तय गरिएको छैन ।
'अनमिनले छाडेका जेनेरेटर तेल अभावका कारण चल्न सकेका छैनन्, रातको समयमा कन्टेनरको अनुगमन पनि प्रभावित भएको छ भन्ने सुन्नमा आएको छ,' लडाकुको नियन्त्रण तथा निर्देश्ानका लागि गठित सचिवालयका सदस्य एवं सेनाका पूर्वसहायकरथी गोपालसिंह बोहराले नयाँ पत्रिकासँग भने ।
बोहराले शिविरहरूको निरीक्षणका लागि गएको टोलीले लगेको न्यूनतम खर्च पनि शान्ति मन्त्रालयबाट सापटीमा लगेको बताए । 'अनुगमन टोलीलाई पठाएको केही दिनमा सचिवालयको टोली शिविरहरूमा गएको थियो, त्यही क्रममा मोटिभेसनका लागि हामीले प्रतिव्यक्ति पाँच हजार र प्रतिशिविर १० हजार रकम दिएका थियौँ,' बोहराले भने, 'त्यसबाहेक उनीहरूलाई कुनै खर्च दिइएको छैन ।'
स्रोतका अनुसार सचिवालयले अनुगमनकर्तालाई भत्ताका रूपमा मासिक १५ हजार दिने प्रस्ताव गरेको छ । अनुगमनकर्ताका रूपमा कार्यरत सुरक्षा अधिकृतहरूको नियमित तलब तथा माओवादी लडाकुको नियमित भत्ताबाहेक दिने प्रस्ताव गरिएको यो थप रकम हो ।
अनुगमन टोलीले हालसम्म सामानको लिक्विडेसनका लागि बसेको अनमिनका कर्मचारीकै सहयोगमा र अनमिनकै साधनस्रोत प्रयोग गरेर सचिवालयको इमेलमा बि्रफिङ गरिरहेको छ । 'तेल दिन सकिएको छैन, अनुगमनमा ड्युटी गरिरहेकाहरू अँध्यारोमा आँखाले भ्याएसम्म हेर्छन् र इमेलमा रिपोर्ट पठाउँछन्,' सचिवालय सदस्य बोहराले भने, 'अनमिनका केही सामानहरू छन्, तर त्यसलाई चलाउने कर्मचारी छैनन् । सामान उपयोग नै हुन सकेको छैन ।'
अनमिनले विशेष समितिलाई हालसम्म औपचारिक रूपमा अनुगमन संयन्त्र र सामग्री हस्तान्तरण गरिसकेको छैन । 'अपि्रल १५ सम्म हाम्रो लिक्विडेसन अवधि छ, अहिले सामग्री, गाडीहरूको लिस्ट बनाउँदै छौँ,' अनमिन स्रोतले भन्यो, 'यहाँबाट प्रक्रिया पुर्याएर हेडक्वार्टरको प्रोपर्टीसम्बन्धी हेर्ने निकायमा खबर गर्छौँ, उताबाट निर्देश्ान आएपछि समितिलाई बुझाउँछौँ ।'
स्रोतका अनुसार अनमिनले प्रयोग गरेका उपकरण र कम्प्युटरबाहेक गाडीहरू विशेष समितिको सचिवालयलाई दिने कि नदिने भन्ने तय भइसकेको छैन । सचिवालय स्रोतले भने ३० देखि ४० वटासम्म गाडीहरू अनमिनले दिने विश्वास गरेको छ । 'अनमिन लेखेको रङ बदलेर हामीलाई दिइनेछ भन्ने बुझिएको छ, त्यसबारे थप बुझ्न पाइएको छैन,' सचिवालयका अर्का सदस्यले नयाँ पत्रिकासँग भने । अनमिनले भाडामा लिएर प्रयोग गरेको श्री एयरलाइन्सको हेलिकोप्टर राष्ट्रसंघीय मिसनअन्तर्गत नै द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडान लैजाने निश्चित भएको छ । त्यसबाहेक नेपालका तीनवटा हेलिकोप्टर राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत अफ्रिकी मुलुकमा भाडामा लगाइएको छ ।
सचिवालयले नयाँ भर्ना गर्नुपर्ने र विद्यमान कर्मचारीको काजसरुवा गरी तीन सय २९ जना कर्मचारी आवश्यक रहेको विवरण विशेष समितिलाई चार महिनाअघि बुझाएको थियो । जसमध्ये सचिवालयको प्रत्यक्ष मातहतमा रहने गरी ६४ जना अनुगमन टोली १ माघदेखि खटिएको छ ।
सचिवालय स्रोतका अनुसार शान्ति मन्त्रालयअन्तर्गतको शिविर व्यवस्था कार्यालयका खटिएका ८९ जना कर्मचारी पनि सचिवालयमातहत खटिने निश्चित भएको छ । बाँकी एक सय ७६ जना कर्मचारीको टुंगो हालसम्म लाग्न सकेको छैन ।
माग भएअनुसार सुरक्षा तथा द्वन्द्वविद् र प्राविधिक र श्रेणीविहीन कर्मचारीको भर्ना र थप कर्मचारीलाई काजमा खटाउने विषयमा हालसम्म टुंगो लागिनसकेको स्रोतले बताएको छ । सचिवालयअन्तर्गत लडाकुहरूको शिविरबाट नियमित रूपमा बि्रफिङ गर्नका लागि सिचुएसन सेन्टर गठन पनि माओवादी र अन्य दलहरूबीच्ाको विवादका कारण निर्णय हुन सकेको छैन ।
'माओवादीले आधा आफ्ना लडाकु र बाँकी आधा सदस्य संख्या सबै सुरक्षा निकायबाट राखौँ भनेकाले कुरा मिलेन,' सचिवालय सदस्य बोहराले भने, 'हामीले आठ-आठ घन्टाका दरले तीन सिफ्टमा ड्युटी गर्ने गरी २४ जना राखौँ र हरेक ड्युटीमा विश्वासका लागि लडाकुलाई पनि राखौँ भनेर प्रस्ताव गरेका थियौँ, माओवादीले नमानेकाले टुंगो लागेन ।' सिचुएसन सेन्टरमा रहने टोलीको टुंगो नलागेका कारण अनमिनले बानेश्वरमा राखेको उपकरण प्रयोगमा समेत अप्ठेरो परिरहेको सचिवालय स्रोतले जनाएको छ ।
सचिवालयले लडाकुहरूलाई समायोजन र पुनस्र्थापनको काम सम्पन्न गर्न द्वन्द्व-विशेषज्ञलगायतको टोली पनि भर्ना गर्नुपर्ने प्रस्ताव विशेष समितिमा पेस गरेको छ, तर विशेष समितिको बैठकले त्यसबारेमा निर्णय गरिसकेको छैन । 'हामीले चार महिनाअघि नै सरकारलाई कर्मचारी खटाइदिनुपर्यो भनेर अनुरोध गरेका हौँ, मुख्य सचिव माधव घिमिरेलाई नै पटक-पटक भनिएको हो,' सचिवालय सदस्य बोहराले नयाँ पत्रिकासँग भने, 'अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । '
विशेष समितिको मागअनुसार खर्च नभएको रकम शान्ति मन्त्रालयले सापटी दिएको र त्यही रकमबाहेक अनुगमन टोलीलाई दिन नसकिएको सचिवालय स्रोतले जनाएको छ ।
अनुगमन टोलीका लागि अनमिनका कर्मचारीले शिविरमा बस्दा विगतमा प्रयोग गर्दै आएको बनावटी घरको व्यवस्था गरिएको छ । 'बस्नका लागि समस्या त छैन, तर बल्लतल्ल किचेनको व्यवस्था भएको भन्ने थाहा पायौँ,' बोहराले भने । यसैबीच लडाकुहरूको शिविरमा अनमिनका सामान रक्षाका लागि खटिएका दुईजना पूर्वसैनिक हालसम्म खटिएका छन् । छाउनीस्थित सेनाको जगदल गणमा अनमिनका एक विदेशीसहित अर्का नेपाली कर्मचारी कार्यरत छन् ।
यसैबीच विशेष समितिअन्तर्गत गठित केन्द्रीय अनुगमन संयन्त्रलाई अनमिनले विगतमा अध्यक्षता गर्दै आएको संयुक्त अनुगमन समितिको काम गर्ने जिम्मा दिइएको छ । संयन्त्रले विस्तृत शान्तिसम्झौता र हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौता उल्लंघनका घटनासहित शिविरमा देखिएका अन्य समस्याबारे समाधान खोज्नेछ । 'संयन्त्रले हतियार अनुगमन सम्झौताको अनुगमन र विवादलाई मिलाउने काम गर्ने तय भएको छ,' सचिवालयका सदस्य बोहराले भने । विशेष समिति, सचिवालय, सेनासहित सुरक्षा निकाय र माओवादी सम्मिलित नौ सदस्यीय संयन्त्रको नेतृत्व कसले गर्ने भन्नेमा भने हालसम्म कुनै निर्णय भइसकेको छैन ।
Posted by
sangson ''JAYA"
at
6:40 AM
0
comments
Labels: समाचारहरु
Tuesday, February 8, 2011
जसलाई फिल्मले जिन्दगीभर रुवायो
'२८ लाखमा बन्छ भनेको फिल्म बन्न ५२ लाख लाग्यो, तर फिल्मबाट १५ लाख पनि उठेन । हामी ऋणमा डुब्यौँ । यही तनावका कारण मेरो श्रीमान्ले आत्महत्या गरे ।'सोझा र व्यापारमा पोख्त केदार श्रेष्ठ-छिटिङ शेर्पा दम्पती सम्पन्न र सुखी जीवन बाँच्दै थियो । एक दिन फिल्मक्षेत्रका एक व्यक्तिले 'फिल्ममा लगानी गर्नुपर्छ, फाइदा हुन्छ’ भनेर केदारलाई उक्साइदिए । ५२ लाख रुपैयाँ हालेर उनले फिल्म बनाए, तर फिल्म फ्लप भयो । तनावैतनावमा केदारले आत्महत्या गरे । फिल्मले जीवन ध्वस्त भएको बताउँछिन् छिटिङ ।
उनको जिन्दगी कुनै कलाकारको अमूर्त कलाजस्तो लाग्छ । खासामा जन्मेकी उनी व्यापार गर्थिन् त्यसवेला, जबसम्म उनी बाँचेको क्षण छन्दबद्ध नदीजस्तो थियो । टेबुलमा एउटा डायरी चुपचाप लडेको छ । त्यसै डायरीमा उनले लेखेकी रहिछन्- 'कसैलाई खबर नदिई उनी आए अस्तित्वमा । कुनै हल्ला नगरी बाँचे चुपचाप र अँगाले मौन मृत्यु ।' यति पढिसकेर अन्तर्वार्ताका लागि तयार हुँदा उनी अकस्मात् एउटा डरलाग्दो स्वप्नबाट ब्युँझेझैँ भइन् । छिटिङलाई तर्साउने त्यो भयानक सपना सधैँ आउँछ जसमा उनी सधैँ विष पिएर छट्पटाइरहेको आफ्नै पि्रय श्रीमान्लाई देख्छिन् ।
एकैछिनमा उनका आँखा बग्न थाले । यस्तो लाग्थ्यो- उनका दिलदिमागमा अजीव घटना छन्, चलमलाइरहेका । दुई दशकअघि अस्पतालमा छटपटाइरहेका, जीवनको अन्तिम घडीसँग जुध्दै गरेका श्रीमान् केदारलाई सम्भिmइरहेकी थिइन् । 'त्यो दिनको सम्झनाले मेरो दिमागमा एउटा भय उत्पन्न गर्छ,' उनले भनिन् ।
यो फ्ल्यासब्याक हो, २० वर्षअघिको । जुन कथाले उनलाई सधैँ तर्साउँछ । यो यस्तो पात्रको कथा हो, जसले नेपाली फिल्ममा 'भव्य' पैसा लगानी गरेर आर्थिक स्तर खस्किएपछि जीवनबाटै निराश भएर आत्महत्या गर्यो र त्यसपछि उनको बाँकी परिवार फिल्मदेखि सधैँ तर्सिइरह्यो । छिटिङको पि्रय मित्र अर्थात् श्रीमान् मृत्युको ओछ्यानमा थिए र क्रमशः मर्दै थिए । 'विष खाएका बूढाको धुमिल हुँदै गइरहेको अनुहार हेरेर म खुब डराउँथे । उहाँ विषको प्रभावबाट जीवनकै अन्तिम अवस्थामा हुनुहुन्थ्यो र कुनै पनि क्षण भौतिक अस्तित्वबाट विलीन हुने सम्भावना थियो,' उनले भनिन् । उनका अनुसार, त्यसपछिका दिनमा सधैँ श्रीमान्को अजीव/अमूर्त सम्झना देखापर्छ । जिन्दगीसित दार्शनिक/आध्यात्मिक प्रश्नको जवाफ खोज्दै घोरिन्छिन् रे उनी । 'उनको मृत्युपछिका बाँकी रहेको रातमा म पहिलेजस्तै मस्तले कहिल्यै पनि निदाइनँ,' उनले भनिन्, 'उनले मलाई उपहार दिए- एक्लो जीवन ।' श्रीमान्को प्रस्थानपछि छिटिङका आगामी दिन केही पूर्वसंकेत लिई उनीसमक्ष उपस्थित थिए । 'सपनामा जंगल, झुसिल्कीरा आउन थाले त्यसपछिका दिनमा,' उनले भनिन् । श्रीमान्को आत्महत्यापछिका दिन छिटिङका जीवनकै कुरूपतम् दिन थिए ।
उनको प्रेम विवाह हो । तिब्बत खासामा जन्मेकी उनले सानैमा राम्रो व्यवसाय गरेकी थिइन् । खासाको सामान काठमाडौं र काठमाडौंको सामान खासामा व्यापार गर्थिन् उनी । त्यसैक्रममा एक दिन उनको भेट भयो केदार श्रेष्ठसँग । केदार पनि छिटिङकै सहयोगमा खासा व्यापारमै लागे । एक दिन केदारले छिटिङलाई भने, 'म तिमीसँग बिहे गर्न चाहन्छु, मैले तिमीसँग बिहे गर्न नपाए आत्महत्या गर्छु ।'
छिटिङ शेर्पिनी, केदार नेवार । ०४० मा उनीहरूको बिहे भयो । उनीहरू दुवै व्यापारमा पोख्त थिए । र, उनीहरूले धेरै पैसा कमाए । बिहेपछि व्यापार झनै फस्टायो ।
त्यसदिनलाई छिटिङ कहिल्यै बिर्सन सक्दिनन् । जुन दिनको कारण उनको जीवनमा कालो बादल मडारियो । गगन विरहीले उनको श्रीमान् केदारलाई 'फिल्म बनाउनुपर्छ, फाइदा हुन्छ' भनेर उचाले । र, उनको श्रीमान् उनकै कुरापट्टि लागे । 'उनको कुरामा विश्वास गर्यौँ हामीले,' छिटिङले सम्भिन् । तर, उनीहरूलाई फिल्मसम्बन्धी केही पनि ज्ञान थिएन । गगनले २८ लाखमा फिल्म बन्छ भने र उनीहरूले ०४८ सालमा 'संकल्प' फिल्म बनाए, शिव श्रेठ, कृष्टि मैनालीलगायतका त्यसवेलाका चर्चित कलाकार लिएर । तर, फिल्म बनाउन ५२ लाख रुपैयाँ खर्च भयो । उनीहरू बिस्तारै ऋणमा डुब्न थाले । र, फिल्म बनिसकेपछि चुर्लुम्मै डुबे, ऋणको चरम भासमा भासिए । 'हामीलाई फिल्मबारे केही पनि थाहा थिएन । क-कसले कति पैसा खाए पत्तो छैन,' उनले भनिन्, '२८ लाखमा बन्छ भनेको फिल्म बन्न ५२ लाख लाग्यो, तर फिल्मबाट १५ लाख पनि उठेन । हामी ऋणमा डुब्यौँ । यही तनाबका कारण मेरो श्रीमान्ले आत्महत्या गरे ।'
ऋण लाग्यो, ऋण तिर्न निकै गाह्रो भयो । 'अनि आमा र श्रीमान्को नाममा हामीले किनेको जग्गा बेचौँ भनेर हामीले सल्लाह गर्यौँ,' उनले भनिन्, 'तर, ससुराले बेच्न मान्नु भएन ।' केदारको बाबुछोराको घर झगडा पर्यो । घरमा छुटाछुट्टै बस्न थाले । छिटिङका श्रीमान्को आफ्नै बुबाआमासँग बोलचाल भएन । 'त्यसवेला ससुराले त्यो जग्गा बेच्न दिएको भए आज मेरो श्रीमान् जिउँदै हुनुहुन्थ्यो कि ?' छिटिङको मनमा छँदै छ । 'त्यो सम्झँदा आज पनि कहाली लाग्छ,' उनले भनिन् ।
दैनिक घरमा पैसा फिर्ता माग्न आउनेको ओइरो लाग्न थाल्यो । तर, उनीहरूको त्यो ऋण तिर्ने हैसियत थिएन । प्रत्येक दिन उनका श्रीमान् तनावमा रहन थाले । र, एक दिन अँध्यारो कोठामा लुकेर सुटुक्क विष पिए । त्यो ०५१ सालको एक चिसो बिहानको कुरा हो । उनको श्रीमान्को जीवनकथाको अन्तिम 'ड्राफ्ट' कति पीडाले भरिएका होलान् ? के हामी छिटिङको वेदनाको कर्कश संगीत महसुस गर्न सक्छौँ ? 'विष खाएको ५/६ दिनसम्म पनि टिचिङ अस्पतालको बेडमा उहाँ छट्पटिइरहनुभयो,' उनले भनिन् ।
श्रीमान्को मृत्युपछि उनले निकै दुःख गरेर ३५ लाख ऋण तिरिन् ।
जब उनीहरू प्रेममा थिए, त्यसवेला केदार वेला-वेला गीत गाउँथे । 'त्यो गीतको लय/ध्वनि/शब्द अझै पनि मेरो कानमा गुन्जिइरहेको छ,' यी गायिकाले सुनाइन् । श्रीमान्को मृत्युपछि मन बहलाउन वेला-वेला उनी एक्लै साधनामा डुब्छिन् र त्यसै साधनाका कारणले उनका केही एल्बम बजारमा आएका छन्- शेर्पा भाषाको सो ह्याला सो, नादिन भाग-२, 'खासा बजार', 'जाऊँ है हिमालमा' ।
०००
श्रीमान्को मृत्युपछिको उनको जीवन निकै पीडाले भरिएको छ, एउटी छोरीको सहारामा उनी बाँचिन् । 'छोरी नभएको भए म कसरी बाँच्थेँ होला ?' उनले भनिन् । उनका ससुराले उनीमाथि ठूलो घात गरेको छिटिङको गुनासो छ । उनले श्रीमान्को मृत्युपछि आफूले र छोरीले पाउनुपर्ने अंश दिएका छैनन् । 'पहिले हामीले जति कमायौँ, सबै सासूससुरालाई नै दियौँ । श्रीमान्को मृत्युपछि न ससुराले छोरी केली श्रेष्ठलाई पढाइदिए न घर खर्च नै दिए । न अंश नै दिए,' उनले भनिन् ।
घरबाट नपढाएपछि माइतीले नै छोरीको खर्चदेखि घरखर्च सबै खेपे । त्यसपछि पनि ससुराले खुबै दुःख दिए । 'मेरो जिन्दगी नै रोएर बितिरहेको छ,' उनले भनिन्, 'कहिलेकाहीँ जेठाजु पनि मसँग आएर 'तँ खासाकी भोटिनी होस्' भनेर दुःख दिन्छन्, धम्क्याउनेदेखि गाली बेइज्जति गर्छन् ।' श्रीमान्को मृत्यु भएको १७ वर्ष भयो, तर उनको जिन्दगीमा कहिल्यै पनि खुसी र सुखले चियाउन सकेन ।
उनको जीवनमा अन्धकार व्याप्त छ चारैतिर । त्यही अन्धकारमा बाँच्न अभ्यस्त हुनुपर्छ उनले । जीवनको लयबद्धता एकाएक स्थगित भयो । अब पनि पुरानो पद्धतिमा बाँच्न निकै गाह्रो हुनेछ उनलाई । 'वास्तवमा निकै पट्यारलाग्दो छ मेरो जीवन,' यी गायिकाले भनिन् ।
उनी वेला-वेला फ्याल्ब्याकमा जान्छिन् र देख्छिन्- अस्पतालको ओछ्यानमा शरीरभरि विष फैलिएको एउटा मान्छे । 'उनी भुइँमा टाउको बिसाएर निदाएका थिए । उनको दायाँ हात भुइँमा फैलिएकोे थियो,' उनले भनिन् । उनको कथा अझै सिद्धिएको छैन । उनी सायद कथाको मध्यतिर छिन् अहिले । तर, कथाले कसरी बिट मार्ने हो- त्यो उनलाई थाहा छैन ।
Posted by
sangson ''JAYA"
at
12:30 AM
0
comments
Labels: समाचारहरु
Thursday, January 27, 2011
भारतबाट आयातीत अवैध सुन कारोबार बढ्यो
नेपालमा भन्दा भारतमा सुन सस्तो भएका कारण ठूलो परिमाणमा अवैध सुन आयात भइरहेको हो
बैंकबाट सुन किन्दा झन्झटिलो भएको कारण देखाउँदै नेपालका सुन व्यापारीले भारतबाट अवैध रूपमा सुन खरिद गरी नेपाली बजारमा कारोबार गर्ने क्रम बढेको छ । नेपालमा भारतबाट अवैध रूपमा आयातीत ३० किलो सुन दैनिक कारोबार भइरहेको व्यवसायीले बताएका छन् । नेपालमा भन्दा भारतमा सुन सस्तो भएका कारण ठूलो परिमाणमा अवैध सुन आयात भइरहेको हो ।
विवाह मौसममा सुन बढी किनबेच हुने गरे पनि वाणिज्य बैंकहरूले आयात गरेको सुन बैंकमै थन्किएको छ । मुलुकभर दैनिक ३५ किलो सुन आवश्यक पर्ने भन्दै आयात बढाउन माग गरिरहेका व्यवसायीले एक महिनामा विभिन्न वाणिज्य बैंकबाट ३० किलो सुन मात्र किनेका छन् ।
संघको पुस २४ मा बसेको साधारणसभाले सदस्य आफैँले जिल्लाबाट सिफारिस लिएर सुन किन्न सक्ने गरी अनुमति दिए पनि वाणिज्य बैंकबाट सुन किन्न व्यवसायीले रुचि देखाएका छैनन् । बैंकबाट किनेको सुन कम्तीमा ५० प्रतिशत बिक्री गरेको प्रमाण देखाएपछि मात्र थप सुन किन्न पाउने व्यवस्था भएकाले पनि वाणिज्य बैंंकभन्दा भारतीय सुनमा व्यवसायी भर पर्ने गरेका हुन् ।
एक महिनामा काठमाडौंका व्यवसायीले १० किलो सुन किनेका छन् । त्यस्तै, भक्तपुरकाले २ किलो र रुपन्देहीकाले ५ किलो सुन खरिद गरेको सुनचाँदी व्यवासायी संघका अध्यक्ष शाक्यले जानकारी दिए । उनका अनुसार, हाल दिनको २५ किलोसम्म सुन भारतबाट अवैध आयात हुने गरेको छ ।
नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर बरुवाल भारतबाट आयातीत अवैध सुनको भरमा नेपाली सुनचाँदी व्यवसाय चलिरहेको स्विकार्छन् । आप\mना सदस्य व्यवसायीको अनुगमन गर्न नसके पनि अवैध सुन खरिद गर्दा पछि समस्या परे केही गर्न नसक्ने जानकारी दिँदै सदस्यलाई सचेत गराएको उनको भनाइ छ । उनी वाणिज्य बैंकबाट सुन किन्ने प्रक्रिया झन्झटिलो भएकामा भने सहमत छन् ।
सबै बैंकमा सुन नहुने र जुन बैंकमा छ त्यहाँबाट मात्र सुन किन्न खाता खोल्नुपर्ने, सुन बेचेको प्रमाण जुटाउनुपर्ने, धेरै परिमाणमा किन्नुपर्ने आदि प्रावधानका कारण बैंकको सुन खरिदमा व्यवसायीको चासो नदेखिएको बरुवालले जानकारी दिए ।
नेपाल रत्न आभूषण संघका महासचिव विजय ताम्राकार वाणिज्य बैंकले बढी नाफा खाएका कारण सुन किन्ने क्रम घटेको बताउँछन् । १० ग्राम सुनको भन्सार १ हजार र बैंकले लिने नाफा ५ सयका कारण अन्तर्राष्ट्रिय बजारमा भन्दा १५ सय बढी तिर्नुपर्दा समस्या देखिएको ताम्राकारको गुनासो छ । दैनिक २ किलो ७ सय ग्राम सुन किन्न सक्ने गरी रत्न तथा आभूषण संघलाई कोटा तोकिए पनि पहिले सुन नकिनेकाले हाल दिनको ५ किलोसम्म सुन किनेको उनले बताए । वाणिज्य बैंकको सुन नबिक्नुमा भारतबाट आएको सुन मुख्य कारण भएको ताम्राकारले स्विकारे ।
अघिल्लो आर्थिक वर्ष धेरै सुन आयात भएपछि शोधनान्तर घाटा भएको भन्दै राष्ट्र बैंकले सुन आयातमा कोटा तोकेको थियो । तर, अहिले भारतबाट नेपालमा सुनको अवैध आयात हुन थालेपछि अनियन्त्रित रूपमा भारतीय मुद्रा बाहिर जान थालेको छ ।
एक महिनामा एनआइसी बैंक, लक्ष्मी बैंक र प्राइम बैंकले ५० किलोका दरले १ सय ५० किलो सुन आयात गरेकामा ३० किलो मात्र बिक्री भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए । १ सय २० किलो सुन ३ वटा वाणिज्य वैंकमा थन्किएर बसेको छ । दैनिक १५ किलो सुन आयात गर्न राष्ट्र बैंकले दिएको अनुमति उचित रहेको बताउँदै उनले भने, 'कुन वस्तु कति आयात गर्ने भन्ने विषयमा राष्ट्र बैंकलाई राम्ररी जानकारी छ, त्यसैले पहिलेको १० किलो बढाएर १५ किलो बनाइएको हो ।'
राष्ट्र बैंकले बोलकबोलमार्फत बिक्री गरेको ५ सय किलो सुनका कारण हाल व्यवसायीले वाणिज्य बैंकबाट सुन नकिनेको उनको भनाइ छ । भारतबाट आयात हुने अवैध सुनबारे राष्ट्र बैंकलाई जानकारी नभएको प्रवक्ता ज्ञवालीले बताए ।
Posted by
sangson ''JAYA"
at
11:42 PM
0
comments
Labels: समाचारहरु
Thursday, January 20, 2011
पढाइसँगै होटल व्यवसाय
उत्तरी कालपोखरीकी लाक्पा डोमा शेर्पा कलेज बिदा हुनासाथ दार्जिलिङ छाडेर घर आउँछिन् । सँगैका साथीहरूको जाडो बिदामा अन्यत्र घुम्ने या कम्प्युटर र ट्युसन पढ्ने योजना भए पनि उनलाई घर फिर्नैपर्ने बाध्यता छ । उनका दाजु निङगुर शेर्पा पनि बिदा हुनासाथ घरको होटलमा व्यस्त हुनुपर्छ ।'पर्यटकको चाप अत्यधिक हुने भएकाले बुबाआमाको भरले मात्र हुँदैन,' तेन्जिङ भन्छिन्, 'घरबार चलाउन र भाइ-बहिनीको राम्रो शिक्षाका लागि नै होटलमा व्यस्त हुनुपरेको छ ।'
उनका बहिनीहरू मिङ्मा र खान्दोमा पनि बिदामा कुशल होटल व्यवसायीझैँ भएकाले दसैँ, तिहार र जाडो बिदामा आफ्नो होटलमा आउने पाहुनालाई खान, बस्नको प्रबन्ध मिलाउन आइपुग्छन् । उत्तरी सीमावर्ती पर्यटकीय क्षेत्रको प्रमुख आयस्रोत होटल व्यवसाय नै भएकाले हरेक विद्यार्थीर् कुशल पर्यटन व्यवसायमा लाग्छन् ।
यस क्षेत्रमा फस्टाएको पर्यटन व्यवसायकै कारण नयाँ पुस्तामा जागिरभन्दा व्यवसायको लोभ बढेको छ । भारतको पढाइ र नेपालको बसाइ भएकाले यहाँका तन्नेरीलाई जागिरको उत्ति भर लाग्दैन । 'जति पढे पनि यस क्षेत्रका बासिन्दाको राम्रो आय-आर्जनको स्रोत होटल व्यवसाय नै हो,' सन्दकपुरको शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले भने ।
पश्चिमा र बंगाली पर्यटकको ओइरो लाग्ने यस भेगमा भाषिक हिसाबले पनि पर्यटकलाई फस्र्याउन अंग्रेजी जानेका विद्यार्थीको आवश्यकता पर्छ । त्यसैले पनि सीमावर्ती क्षेत्रका दर्जनाँै विद्यार्थी अंग्रेजी सिक्नकै लागि दार्जिलिङतर्फ अध्ययन गर्ने गर्छन् ।
त्यस क्षेत्रको पर्यटन दार्जिलिङ निर्भर भएकाले पनि पर्यटन व्यवसाय सिकाउन पनि अभिभावकले सीमापारि पठाएका हुन् । 'होटल व्यवसाय, पथप्रदर्शकजस्ता पेसाका लागि छोराछोरी दक्ष बनाउन पनि उतै पठाउँछन्,' सरस्वती प्रावि मेघमाका प्रधानाध्यापक चन्द्रकुमार प्रधानले भने, 'अंग्रजीसँगै दार्जिलिङको बसाईले पर्यटन व्यवसाय पनि सिक्ने गर्छन् ।'
ग्यान्टोक, दार्जिलिङ, कालिङपुङलगायतका भारतीय सहरमा विद्यार्थी पढाउने होडले सीमावर्ती क्षेत्रका नेपाली विद्यालयमा भ्ाने विद्यार्थीको संख्या न्यून छ । सीमावर्ती क्षेत्रका कालपोखरी, मेघमा, तुमलिङ, जौवारीलगायत ठाउँबाट डेढ सयभन्दा धेरै विद्यार्थी सीमापारिका विद्यालयमा अध्ययन गर्ने गर्छन् ।
'पढाइखर्च जोहो गर्ने मुख्य माध्यमै होटल भएकाले काम नगरी उपाय नै छैन,' तुमलिङस्थित शिखर होटलकी मनीषा गुरुङले भनिन् । असोजदेखि वैशाखसम्मको सिजनमा पर्यटक भरिभराउ हुने गरेकाले होटलको काम सघाउन सबै विद्यार्थी अहिले घर आएका छन् । सीमावर्ती क्षेत्र जैविक, धार्मिक र सगरमाथादेखि कञ्चजंघासम्म हिमशृंखलाको दृश्यावलोकनका लागि महत्त्वपूर्ण भएकाले ठूलो संख्यामा पर्यटकको चहलपहल हुने गरेको हो ।
उत्तरी इलामको कालपोखरीस्थित आफ्नै होटलमा काम गर्दै विद्यार्थीहरू । यस क्षेत्रबाट सीमापारि दार्जिलिङतर्फ पढ्न जाने विद्यार्थी होटल व्यवसायमा पनि निपुण छन् ।
Posted by
sangson ''JAYA"
at
11:19 PM
0
comments
Labels: समाचारहरु
अनलाइनको झुटो दुनियाँको झुटो प्रेम
ब्रिटिस महिला क्लाउडिया कोनेल १४ वर्षदेखि इन्टरनेटमा जीवनसाथीको खोजीमा छिन् । ४४ वषर्ीया क्लाउडियाको अनुभव छ- इन्टरनेटमा जीवनसाथी खोज्नु मूर्खता हो ।एक्लो हुनुहुन्छ ? भव्य जीवनसाथीको प्रतीक्षा गर्दा गर्दै थाकिसक्नुभो ? भनेजस्तो जोडी नपाउँदा निराश हुुनुहुन्छ ? छाड्दिनुस् निराश हुन । संसार सुन्दर, आकर्षक र 'छ अंकको तलब खाने (लाखभन्दा बढी)' पुरुषहरूले भरिभराउ छ र उनीहरू हत्ते हालेर तपाईंका पछि लाग्नेछन् । तर, अनलाइनको झुटो दुनियाँमा मात्र ! असली संसारमा त यस्ता पुरुष उहिल्यै बिलाइसके ।
म इन्टरनेट डेटिङको कुरा गरिरहेकी छु जहाँ लाखौँ महिला र पुरुष जीवनसाथी खोज अभियानमा संलग्न हुन्छन् । र, स्वीकृत/अस्वीकृत हुन्छन् । ब्रिटेनमा अनलाइनमा जोडी खोज्ने लोकपि्रय परम्पराविरुद्ध म केही बोल्न चाहन्छु ।
अनलाइन डेटिङ झुटो संसारको भ्रमपूर्ण सयर हो । यसमा प्रेमका गफ दिने असंख्य मानिस भेटिन्छन्, तर प्रेम (जसलाई अनन्त र अमर भनिन्छ) पाउने र दिने अत्यन्तै थोरै संख्यामा हुन्छन् । अनन्त हुन्छ डेटिङको प्रक्रिया, तर प्रेम कुन पन्छीको नाम हो, अनलाइन प्रेमीप्रेमिकालाई थाहा हुँदैन ।
मैले अनलाइन डेटिङ सुरु गरेको चौध वर्ष भयो । त्यतिवेला म ३० वर्षकी थिएँ । अविवाहित थिएँ । मैले काम गर्ने वातावरण महिलामैत्री थिएन । मेरो संगत दुःखी र अभावग्रस्त महिलाहरूसँग मात्रै हुन्थ्यो । सुन्दर र आकर्षक पुरुषलाई म सपनामा मात्रै देख्ने गर्थें । अर्थात् ब्राड पिटजस्ता पुरुष मेरो सपनामा आउँथे र जान्थे ।
म न डिनर पार्टीमा उपयुक्त थिएँ, न नाइट क्लबमा । मध्यम उमेर -पचास वर्षका हाराहारी)का महिलाका लागि दिइने डिनर पार्टीका लागि म एकदम कलिली थिएँ भने सत्र/अठार वर्षका अल्लारे केटाकेटीले हाहु गर्ने नाइट क्लबमा लागि एकदम बूढी थिएँ । कम्प्लेक्स थर्टी -तीस वर्ष पुगेपछि देखिइने जटिलता) को नमीठो अनुभव गरिरहेकी थिएँ म । म आफ्ना नजरमा कतै पनि 'फिट' नहुने महिला थिएँ । यस्तो कुण्ठित परिस्थितिमा मलाई केही साथीले सहयोग गरे । र, आफ्ना 'फोहोरी गोप्य रहस्य' खोलेँ । अर्थात् अनलाइन डेटिङ । त्यसपछि मैले तथाकथित प्रेमको दुनियाँमा कदम राखेँ । एक यस्तो दुनियाँ जहाँ प्रेम एउटा हल्काफुल्का संज्ञाबाहेक केही पनि थिएन ।
आजकल इन्टरनेट डेटिङमा यति धेरै मानिस सहभागी हुन्छन् कि यो विपरीत लिंगीलाई भेट्ने सर्वस्वीकार्य माध्यम भइसकेको छ । आज हजारौँ डेटिङ साइट छन् । साकाहारी, क्रिश्चियन, एकल अभिभावक, खेलकुदप्रेमीदेखि पाल्तु जनावरप्रेमीसम्मका विभिन्न साइट । तपाईंले नाम मात्रै लिनुपर्छ, साइट सेवामा हाजिर छ । तर, १४ वर्षअघि थोरै डेटिङ साइटमात्रै उपलब्ध थिए ।
मैले एउटा साइट ब्राउज गरेँ र साइनअप गर्नुअघि केही पैसा बुझाएँ । र, म हषिर्त र चकित थिएँ, त्यस साइटले मेरा लागि असंख्य सुन्दर पुरुषलाई मेरो सम्भावित जोडीका रूपमा उपलब्ध गराएकोमा । कम्प्युटरको स्त्रिनमा उनीहरूको हँसिलो र चहकिलो अनुहार देख्दा म खुसीले फुरुङ पर्थें ।
तर, मेरो व्यक्तिगत विवरण दिएपछि ती ब्राड पिटजस्ता समृद्ध र सुन्दर पुरुष एकाएक हराउन थाल्थे । म आफ्नो पाक कलाको घमन्ड र बिकिनीको भव्यता प्रस्तुत गर्न सक्दिनथेँ किनभने म सामान्य बि्रटिस युवती थिएँ । इन्टरनेटमा 'प्रेम' खोज्ने पुरुषहरू सायद असाधारण युवतीको खोजीमा हुन्छन् । तर अपसोस, म एकदम सामान्य युवती थिएँ । र, मजस्ता सामान्य युवती यस संसारमा लाखौँ छन् ।
डेटिङ साइटमा सहभागी हुनुभन्दा अघि आफ्नो प्रोफाइल (व्यक्तिगत विवरण) प्रस्तुत गर्नुपर्छ । वास्तवमा यो समयको बर्बादी हो । विशेष गरी महिलाका लागि । तपाईंले खाजा खाने समयमा सगरमाथा चढ्नु भए पनि या क्यान्सरको उपचारपद्धति पत्ता लगाउनु भए पनि, यसबारेमा कसैको चासो हुने छैन । तर, तपाईंको शरीरको आकार-प्रकार या तपाइंर्ंको आम्दानीबारे धेरैको चासो रहनेछ । केही साइटले यस्ता हास्यास्पद प्रश्न सोध्छन् जसको सम्बन्ध महिलाको व्यक्तित्वसँग बाह्र हातको सम्बन्ध पनि हुने गर्दैन ।
मैले लामो समयसँग डेटिङ गरेको एक पुरुषले मलाई यतिसम्म धोका दिएको छ कि उसले आफ्नो उमेरबारे भयानक झुट बोल्यो । आफू ३५ वर्ष मात्रै भएको कुरा गरेको थियो उसले । र, तस्बिर पनि त्यस्तै पठाएको थियो । तर, जब मैले केही माध्यमबाट सत्य पत्ता लगाएँ, म छाँगाबाट खसेझैँ भएँ । ऊ त ५० वर्षको मान्छे रहेछ ।
चौध वर्षदेखि म इन्टरनेटमा जीवनसाथीको खोजीमा छु । मजस्ता लाखौँ महिला यस्तो निरर्थक खोजीमा छन् । तर, अनलाइनमा जीवनसाथीको खोजी गर्नु मूर्खता हो।
Posted by
sangson ''JAYA"
at
10:12 PM
0
comments
Labels: समाचारहरु
विद्युत् चोर्नेहरू रंगेहात पक्राउ
सप्तरी, ६ माघ
बिजुलीको पोलबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने १० जनालाई बिहीबार बिहान जिल्लाको विभिन्न गाविसबाट रंगेहात पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख शम्भु कुसियैत यादव र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको कल्याणपुर गाविस-२ का गंगा सदा, राजकुमार चौधरी, मो. मंजुर मियाँ, मलेकपुर गाविस-५ खुरहुरियाका कारीप्रसाद यादव, बसवलपुर गाविस-१ का भुवन चौधरी, सीतापुर गाविस-३ का मैनी मण्डल, जितपुर गाविस-३ का रामविलास साह, मोहनपुर गाविस-४ कठौनाका भुटाई चौधरी, रामपुर जमुवा गाविस-४ का विजयकुमार चौधरी र वडा नम्बर ६ का आशाराम चौधरी छन् । पक्राउ परेकाहरूको घरबाट केही थान विद्युतीय मोटर र तारसमेत प्राधिकरणले जफत गरेको छ ।
Posted by
sangson ''JAYA"
at
10:01 PM
0
comments
Labels: समाचारहरु
Wednesday, December 8, 2010
कुवेतको अस्पतालमा ५ बर्ष देखी अचेत नेपाली महिला
बैदेशिक रोजगारीको लागि ६ बर्ष पहिला कुवेत पुगेकी एक महिला ५ बर्ष देखी कुवेतको फर्वानिया हस्पिटलमा जिउदो लास बनेकी छन ।
अचेत अवस्थामा रहेकी यि महिलाको स्थिती अत्यन्तै दयनिय र गम्भिर रहेको छ। घाँटी र पेटमा प्वाल पारेर जुस र अरु झोलीलो पदार्थ वाइपास मार्फत सम्बन्धित अंगमा पुर्याई हालसम्म जेन तेन बाँचिरहेकिछिन । ५ बर्ष देखी अस्पातलको बेडमा जिबन र मृत्यु सग लडि रहेकी शान्ती माया दोङको बारेमा समाचारहरु बने पनि हाल सम्म उद्धार गर्न कुवेतमा रहेका कुनै संघ संस्था, सरकारी नियोग अथवा ब्यक्ती कोहि पनि अगाडि आएका छैनन्।
आज भन्दा ६ बर्ष पहिला दिल्लीको बाटो हुदै खाडी मुलुक कुबेत आएकी मकवानपुर जिल्ला सुकौरा-२ की शान्ति माया दोङ कुवेत पुगेको ६ महिना पछि देखिनै परिवार सँग संपर्क बिहिन भएकी हुन । परिवारले शान्ती हराएको भनी सरकारी,गैर सरकारी संघ संस्था र सरकारवाला सँग खोज-खबर गरिदिनको लागि अनुरोध गरेका थिए तर कुनै खबर मिलेको थिएन। अचानक शान्तीको फोटो सहितको समाचार मिडियामा प्रकाशित भएपछि शान्ती कुवेतको हस्पिटलमा रहेको कुरा उनको परिवार अनी आफन्तहरुले थाहा पाए।
मिडिया मार्फत एन आर एन ए लगाएत कुवेतमा कृयाशिल रहेका सम्पूर्ण संघ-संस्था, बुद्धीजिबी, समाजसेबी र नेपाली दुताबास कुवेतसँग शान्ती माया लाई छिटो भन्दा छिटो नेपाल फर्काउने ब्यबस्था मिलाईदिन अपिल गरेका छन । यसै सन्दर्भमा एन आर एन ए कुवेतका उपाध्यक्ष धर्म राज गिरी भन्नुहुन्छ उनको अवस्था निकै नाजुक र संबेदनशिल रहेकोले यो प्रकृया नेपाली दूताबास कुवेतले अगाडि बडाउनु पर्छ । हामीले संस्थाको तर्फबाट गर्नु पर्नेकाम गर्छौ तर यो सरकारले अर्थात नेपाली दूताबासले छिटो भन्दा छिटो पहल गर्नु पर्छ हामी संस्थाले गर्नु पर्ने सहयोगको लागि तयार छौ। एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तमाङले आफु उनिलाई भेटन होस्पिटल जाने र राजदूतसँग बिचार बिमर्श गरी अगाडि बढने बताउनु भयो।
कुवेतका राजदूत मधुवन पौडेल यसो भन्नुहुन्छ - शान्तिको समस्या अती जटिल छ त्यसैले हामीले यहाँको सरकारसंग कुराकानी गरिराखेका छौ र यहाँको परराष्ट्र मन्त्रालयलाई नेपाल पठाउने पहल गरिदिन अपिल पत्र बुझाई सकेका छौ। कुवेत सरकारले अब के गर्छ ? गरिदियो भने पनि जहाजहरुले लैजान मान्दैनन् र नेपालको लागि सिधैं उढान भर्ने जहाज नभएकोले दिल्ली सम्म मात्रै जान सक्ने अवस्था देखिन्छ । त्यस्तो भयो भने निजको परिवार भारतको दिल्ली आएर जिम्मा लिनु पर्ने हुन सक्छ।
एक बिशेष श्रोतका अनुसार शान्तीलाई नेपाल पुर्याउनको लागि तिन हजार कुवेती दिनार अर्थात आठलाख जती नेपाली रुपैयाको आबश्यक पर्छ यदी तिन हजार दिनार हुने हो भने एक हप्तामा उनी नेपाल पुग्ने सक्ने छिन।
२४४२६६३ नम्बरको पास्पोर्ट भएकी शान्तीलाई हस्पिटलको अभिलेख अनुसार मार्च २२,२००६ मा भर्ना भएको देखिन्छ । उनको मालिकले फर्वानीया हस्पिटलको सर्जिकल वार्ड न १२ को बेड न ४ मा भर्ना गरी छोडेको हो । हस्पिटलका एक कर्मचारीका अनुसार शान्तीको कुवेती अदातलमा केष (मुद्दा) समेत रहेको थाहा हुन आएको छ। यो केष (मुद्दा)र उनको बिमारिको केही सम्बन्ध रहेको हुनसक्ने उनले नाम उल्लेख नगर्ने सर्तमा भनेका वताए ।
Posted by
sangson ''JAYA"
at
8:42 PM
0
comments
Labels: समाचारहरु
Thursday, November 18, 2010
सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट
सरकारले चालू वर्षदेखि सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा पुर्याउने भएको छ । सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई कम्प्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।
इ-लाइब्रेरी विकास गर्ने उद्देश्यले आगामी बजेटमा निःशुल्क इन्टरनेट कार्यक्रम घोषणा हुने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लका अनुसार पहुँच पुग्ने ठाउँमा निःशुल्क इन्टरनेट र कम्प्युटरको विकास गर्ने र पहुँच नभएका ठाउँमा पुस्तक व्यवस्था गर्ने कार्यक्रम तय भएको छ ।
'सन् ०२५ सम्म पुस्तकविना शिक्षा दिने लक्ष्य रहेकाले निःशुल्क इन्टरनेट र कम्प्युटर दिने कार्यक्रम बनाएका हौँ,' मन्त्री शुक्लले भने, 'कम्प्युटरबाट शिक्षा दिन सकेनौँ भने अब हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।'
कम्प्युटरबाट दिइने शिक्षा सबै ठाउँमा समान स्तरको होस् भनेर पाठ्यक्रमको तयारीसमेत भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रबाट बनाइएको पाठ्यक्रम केही दिनमै स्वीकृत हुने मन्त्री शुक्लले जानकारी दिए ।
इन्टरनेट सुविधा पुर्याउन सकिने ठाउँबारे नेपाल टेलिकमसँग जानकारी मागिएको पनि शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले करिब एक दर्जन जिल्लाका विद्यालयमा पाइलट कार्यक्रमका रूपमा पहिले नै कम्प्युटर वितरण गरेको छ । इन्टरनेट सेवा ग्रामीण क्षेत्रका विद्यालयमा पुर्याउन चुनौती रहेको भन्दै शिक्षा मन्त्रालयले दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग सहयोग मागेको छ ।
मन्त्री शुक्लका अनुसार कम्प्युटरबाट शिक्षा दिने कार्यक्रममा सहयोग गर्न एक गैरसरकारी संस्थासँग मौखिक सहमति भइसकेको र केही दिनमै लिखित सम्झौता हुँदै छ । सामुदायिक विद्यालयका विद्यार्थी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम हुने शिक्षा मन्त्रालयले विश्वास लिएको छ ।
यसैबीच, शिक्षा मन्त्रालयले उच्च माध्यमिक विद्यालयमा चार हजार शिक्षक दरबन्दी सिर्जना गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । तर, अर्थले चार हजार शिक्षकका लागि रकम उपलब्ध गराउन सहमत भए पनि दरबन्दी सिर्जनामा आनाकानी गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकले आन्दोलन गरेपछि सरकारले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्ने सहमति गरेको थियो ।
Posted by
sangson ''JAYA"
at
10:49 PM
0
comments
Labels: समाचारहरु
Sunday, November 7, 2010
सुनचाँदी किन्ने पसलमा ख्याल गर्नूस् है
गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयको टोलीले बुधबार न्युरोड क्षेत्रका १२ वटा सुन पसलमा गरेको अनुगमनमा अधिकांश सुनचाँदी पसलले नापतौल गर्ने तराजु नवीकरण तथा दर्ता नगरिएको पाइएको छ ।
सुनचाँदी कारोबार गर्ने पसलमा राखिने तराजु नापतौल तथा गुणस्तर विभागमा दर्ता भई प्रत्येक वर्ष नवीकरण गरिएको हुनुपर्ने प्रावधान छ । तर, न्युरोडमा अवस्थित महालक्ष्मी सुनचाँदी पसल, निलम गहना पसल, सयपत्री ज्वेलर्स तथा लक्ष्मी ज्वेलर्सको तराजु विभागमा दर्ता गरिएपछि नवीकरण नगरिएको अनुगमनमा पाइएको छ । त्यस्तै, ट्वान्टी फोर सिटी सुनचाँदी पसल तथा जय मातादी सिल्भर प्यालेसले इलेक्ट्रोनिक ब्यालेन्स -तराजु) विभागमा दर्तै नगरी सुनचाँदी कारोबार गरिरहेको भेटिएको हो ।
विभागको अनुगमनमा त्रुटि भेटिएका गहना व्यवसायी उपभोक्तालाई ठग्ने उद्देश्यले त्यसो नगरेकोे बताउँछन् । उनीहरूले इलेक्ट्रोनिक ब्यालेन्स दर्ता एवं नवीकरणसम्बन्धी जानकारी नहुँदा विभागमा नवीकरणका लागि नगएको जानकारी दिए ।
तिहारको समय भएकाले बजारमा सुनचाँदी माग बढेको सुनचाँदी व्यवसायीले बताएका छन् । तिहार समयमा सुनचाँदीका गरगहना र सामग्री जोड्ने प्रचलन भएका कारण माग बढेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । उनले भारतीय बजारमा अहिले पनि सुनचाँदीको माग बढी भएको बताए । 'नेपालको सहरी इलाकामा सुनचाँदी माग बढी भए पनि मूल्य उच्च हुँदा ग्रामीण क्षेत्रमा भने माग घट्दै गएको छ,' शाक्यले भने, 'अझै पनि भारतसँग जोडिएका सीमा क्षेत्रमा उतैबाटै सुन आपूर्ति हुँदै आएको छ ।'
राष्ट्र बंैकले मंगलबार बोलकबोल प्रक्रियामार्फत बिक्रीका लागि आह्वान गरेको १७५ केजी सुन सबै तथा २ हजार केजी चाँदीमध्ये १८ सय केजी बिक्री भएको थियो । राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत कायम गरेको सुन प्रतिकेजी ३१ लाख ९० हजार १ सय ५ रुपैयाँ र चाँदी प्रतिकेजी ५९ हजार ७ सय २२ रुपैयाँमा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बुधबार बजारमा सुन प्रतिआउन्स १३५४.२० अमेरिकी डलर र चाँदी प्रतिआउन्स २४.८० अमेरिकी डलर कायम भएको छ । मंगलबार नेपाली बजारमा सुन प्रतितोला ३८ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ४ सय २५ रुपैयाँ घटेर ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदी मंगलबार प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएकोमा बुधबार ७ सय १२ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
Posted by
sangson ''JAYA"
at
6:16 AM
0
comments
Labels: समाचारहरु












Nepalese Rupee Converter















