बााके, १७ कात्तिक
राम्रो काममा लगाइदिने सपना देखाएर दलालले भारत लैजाँदै गरेका रझेना गाविस-४ विकासनगरको एउटै टोलका सातजना बालबालिकालाई जमुनाहबाट उद्धार गरिएको छ । चौध वर्षमुनिका दुई बालक र पाँचजना बालिकालाई जमुनाह नाका काट्दै गर्दा प्रहरी र माइती नेपालले बिहीबार उद्धार गरेको हो ।
एउटै टोलका १४ वषर्ीय टेकेन्द्र परियार, ११ वषर्ीय जय परियार र रविना परियार, १० वषर्ीया सरस्वती परियार, ११ वषर्ीया सपना वानु, उनकी दिदी समिना वानु र ११ वषर्ीया लालसरा परियारलाई उद्धार गरिएको हो । उनीहरू आफूले पढ्ने कापी, किताब र झोला बोकेर कमाउन जाने भन्दै जमुनाह पुगेका हुन् ।
'कलिला बालबालिका भारत जाँदै गरेको देखेपछि शंका लागेर रोक्याँै,' जमुनाहका प्रहरी इन्चार्ज महेन्द्रकुमार रानाले भने, 'उनीहरू त काम गर्न पो त्यहाँ जान लागेको बताइरहेका थिए । नरोकेको भए त यिनीहरूमाथि जे पनि हुन सक्थ्यो ?' बालबालिकाको उद्धार गर्न सकिए पनि दलालको पहिचान हुन नसकेको उनले बताए ।
तिहारपछि भारत जाने योजना भैलो खेल्दै गर्दा बनेको र त्यसैअनुसार टोलका साथी बटुलेको आमाबुबासँग भारतको गड्वाल केही महिना बसिसकेका १४ वषर्ीय टेकेन्द्रले बताए ।
आफूहरू आफैँ भारत जान आएको दाबी गर्दै उनले भने, 'कसैले हामीलाई ल्याएको होइन ।' अर्का बालक जयले गाउँका धेरै भारत गएको र पैसा कमाएको देखेर आफूहरू पनि जान लागेको बताए । कम उमेरका भए पनि सबै बालबालिका निकै चलाख देखिन्थे । उनीहरू सबैले कसैको करमा नभई आफैँ भारत जान आएको दाबी गरे ।
बुधबार राति आठ बजेपछि उनीहरू एकाएक हराएका थिए ।
उनीहरू त्यहाँबाट माइक्रोबसमा चढेर नेपालगन्ज आई बसपार्कको एक होटलमा बास बसेका थिए । बिहीबार बिहान चार बजे हिँड्दै जमुनाहसम्म आइपुगेका थिए ।
उद्धारपछि बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ । बालबालिकाकी अभिभावक माया वानुले दलालले नलगी उनीहरू आफैँ भारत जान नसक्ने बताइन् । मायाकी दुई छोरी सपना र समनाको उद्धार भएको छ । 'नेपालगन्जसम्म कहिल्यै नआएकाहरू कसरी भारत जाने सोच्छन्,' आफ्ना छोराछोरी
बेचिनबाट जोगिएकोमा खुसी हुँदै मायाले भनिन्, 'यिनीहरूलाई ठूलो मान्छले लैजान लागेको हो । यसको खोजी हुनुपर्छ ।'
0 comments:
Post a Comment