*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Wednesday, December 7, 2011

एउटै गाउँमा एक करोडको आलु

पर्वत, ३ जेठ

पर्वतको उत्तरी बनौं गाउँमा वाषिर्क १ करोड रुपैयाँको आलु उत्पादन हुने गरेको छ । आलुबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूको मुख्य पेसा पनि यही नै भएको छ ।

मगर जातिको बाहुल्य भएको बनौं गाविसको ४, ५, ६ र ७ वडामा आलुको उत्पादन बढी मात्रामा हुने गर्दछ । विगतमा अन्य गाउँबाट समेत बीउ खरिदका लागि कोदो र धान बोकेर यस ठाउँमा पुग्ने गरे पनि अहिले गाउँमा सडक सुविधा पुगेपछि निकासीका लागि सहज भएको छ ।

आलुखेती नै प्रमुख पेसा भएपनि बिहान बेलुका खानका लागि आलु बेचेर नै धान चामल खरिद गर्ने गरेको स्थानीय कृषक हस्तबहादुर पुनले बताए । पुनले अहिले २ रोपनी जग्गामा आलु लगाएको बताउँदै राम्रो फल दिएमा ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको बताए ।
केही वर्ष पहिलेसम्म निर्वाहमुखी खेती गर्दै आएका यहाँका कृषक गाउँमा यातायातको सुविधा पुगेपछि व्यावसायिक रूपमा लागेका हुन् ।

पकेट क्षेत्रको रूपमा रहेको बनौंका हरेक परिवारले वाषिर्क रूपमा आलुखेतीबाट ४० देखि १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बनौंमा उत्पादित आलु गुणस्तरीय हुने भएकाले बजारको समस्या नभएको स्थानीय हुमबहादुर पुर्जाले बताए । आलुखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले समेत कृषकलाई आवश्यक सहयोग प्रदान गर्दैर् आएको छ ।

यहाँ उत्पादित आलु सदरमुकाम कुस्माबजार, बाग्लुङ, पोखरा र वीरगन्जसम्म पुग्ने गरेको छ । चिसो ठाउँ भएकाले आलुको उत्पादन बढी हुने गरेको स्थानीय कृषकको भनाइ छ । गत वर्ष प्रतिहेक्टर १२ टन आलु उत्पादन भएकोमा यो वर्ष प्रतिहेक्टर १६ टन आलु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनालले बताए ।

यस वर्ष समयमै पानी पर्ने, डढुवा तथा अन्य रोग नलाग्ने जस्ता कारणले आलु उत्पादनमा वृद्धि हुन भएको हो ।

जिल्लाका ५५ वटै गाविसमा आलु उत्पादन सन्तेाषजनक रहेको कार्यालयले जनाएको छ । जिल्लाका दुर्लुङ, बनौं, सालिजा, क्याङ, देउराली, भोक्सिङ, देउपुर, देवीस्थान, पाङराङ, कटुवाचौपारी, कुर्घालगायत गाविसमा व्यावसायिक रूपमा आलु उत्पादन हुने गर्छ ।

पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all