'२८ लाखमा बन्छ भनेको फिल्म बन्न ५२ लाख लाग्यो, तर फिल्मबाट १५ लाख पनि उठेन । हामी ऋणमा डुब्यौँ । यही तनावका कारण मेरो श्रीमान्ले आत्महत्या गरे ।'
सोझा र व्यापारमा पोख्त केदार श्रेष्ठ-छिटिङ शेर्पा दम्पती सम्पन्न र सुखी जीवन बाँच्दै थियो । एक दिन फिल्मक्षेत्रका एक व्यक्तिले 'फिल्ममा लगानी गर्नुपर्छ, फाइदा हुन्छ’ भनेर केदारलाई उक्साइदिए । ५२ लाख रुपैयाँ हालेर उनले फिल्म बनाए, तर फिल्म फ्लप भयो । तनावैतनावमा केदारले आत्महत्या गरे । फिल्मले जीवन ध्वस्त भएको बताउँछिन् छिटिङ ।

पर्दा लगाइएको छ झ्यालमा, खापाखापासम्म । त्यो पर्दाले त्यस कोठामा वर्षौंदेखिका तमाम पीडा छोपेर राखेको छ । अनुराग, मोह र भय एकसाथ प्रस्तुत भइदिन्छन् गायिका छिटिङ शेर्पा श्रेष्ठका अगाडि । उनका श्रीमान् केदार श्रेष्ठ यस्ता पात्र हुन्, जसले निकै वर्षअघि यही कोठामा आत्महत्या गरेका थिए । उनकी पत्नी छिटिङका अनुसार उनी त्यति धेरै महत्त्वाकांक्षी थिएनन् । जीवनप्रति उनको मोहभंग भएको पनि थिएन । हामी दिवंगत पात्रको कोठामा छौँ । एउटा प्रश्नको जवाफमा उनले भनेकी थिइन्, 'कहिलेकाहीँ उनी निकै आदर्शवादी कुरा गर्थे । तर, उनी आदर्शवादी लोग्ने बन्न सकेनन् । यो आदर्श भन्ने कुरा कति खोक्रो छ । जीवन, प्रेम सबैका आदर्श सब भ्रम हो ।'
उनको जिन्दगी कुनै कलाकारको अमूर्त कलाजस्तो लाग्छ । खासामा जन्मेकी उनी व्यापार गर्थिन् त्यसवेला, जबसम्म उनी बाँचेको क्षण छन्दबद्ध नदीजस्तो थियो । टेबुलमा एउटा डायरी चुपचाप लडेको छ । त्यसै डायरीमा उनले लेखेकी रहिछन्- 'कसैलाई खबर नदिई उनी आए अस्तित्वमा । कुनै हल्ला नगरी बाँचे चुपचाप र अँगाले मौन मृत्यु ।' यति पढिसकेर अन्तर्वार्ताका लागि तयार हुँदा उनी अकस्मात् एउटा डरलाग्दो स्वप्नबाट ब्युँझेझैँ भइन् । छिटिङलाई तर्साउने त्यो भयानक सपना सधैँ आउँछ जसमा उनी सधैँ विष पिएर छट्पटाइरहेको आफ्नै पि्रय श्रीमान्लाई देख्छिन् ।
एकैछिनमा उनका आँखा बग्न थाले । यस्तो लाग्थ्यो- उनका दिलदिमागमा अजीव घटना छन्, चलमलाइरहेका । दुई दशकअघि अस्पतालमा छटपटाइरहेका, जीवनको अन्तिम घडीसँग जुध्दै गरेका श्रीमान् केदारलाई सम्भिmइरहेकी थिइन् । 'त्यो दिनको सम्झनाले मेरो दिमागमा एउटा भय उत्पन्न गर्छ,' उनले भनिन् ।
यो फ्ल्यासब्याक हो, २० वर्षअघिको । जुन कथाले उनलाई सधैँ तर्साउँछ । यो यस्तो पात्रको कथा हो, जसले नेपाली फिल्ममा 'भव्य' पैसा लगानी गरेर आर्थिक स्तर खस्किएपछि जीवनबाटै निराश भएर आत्महत्या गर्यो र त्यसपछि उनको बाँकी परिवार फिल्मदेखि सधैँ तर्सिइरह्यो । छिटिङको पि्रय मित्र अर्थात् श्रीमान् मृत्युको ओछ्यानमा थिए र क्रमशः मर्दै थिए । 'विष खाएका बूढाको धुमिल हुँदै गइरहेको अनुहार हेरेर म खुब डराउँथे । उहाँ विषको प्रभावबाट जीवनकै अन्तिम अवस्थामा हुनुहुन्थ्यो र कुनै पनि क्षण भौतिक अस्तित्वबाट विलीन हुने सम्भावना थियो,' उनले भनिन् । उनका अनुसार, त्यसपछिका दिनमा सधैँ श्रीमान्को अजीव/अमूर्त सम्झना देखापर्छ । जिन्दगीसित दार्शनिक/आध्यात्मिक प्रश्नको जवाफ खोज्दै घोरिन्छिन् रे उनी । 'उनको मृत्युपछिका बाँकी रहेको रातमा म पहिलेजस्तै मस्तले कहिल्यै पनि निदाइनँ,' उनले भनिन्, 'उनले मलाई उपहार दिए- एक्लो जीवन ।' श्रीमान्को प्रस्थानपछि छिटिङका आगामी दिन केही पूर्वसंकेत लिई उनीसमक्ष उपस्थित थिए । 'सपनामा जंगल, झुसिल्कीरा आउन थाले त्यसपछिका दिनमा,' उनले भनिन् । श्रीमान्को आत्महत्यापछिका दिन छिटिङका जीवनकै कुरूपतम् दिन थिए ।
उनको प्रेम विवाह हो । तिब्बत खासामा जन्मेकी उनले सानैमा राम्रो व्यवसाय गरेकी थिइन् । खासाको सामान काठमाडौं र काठमाडौंको सामान खासामा व्यापार गर्थिन् उनी । त्यसैक्रममा एक दिन उनको भेट भयो केदार श्रेष्ठसँग । केदार पनि छिटिङकै सहयोगमा खासा व्यापारमै लागे । एक दिन केदारले छिटिङलाई भने, 'म तिमीसँग बिहे गर्न चाहन्छु, मैले तिमीसँग बिहे गर्न नपाए आत्महत्या गर्छु ।'
छिटिङ शेर्पिनी, केदार नेवार । ०४० मा उनीहरूको बिहे भयो । उनीहरू दुवै व्यापारमा पोख्त थिए । र, उनीहरूले धेरै पैसा कमाए । बिहेपछि व्यापार झनै फस्टायो ।
त्यसदिनलाई छिटिङ कहिल्यै बिर्सन सक्दिनन् । जुन दिनको कारण उनको जीवनमा कालो बादल मडारियो । गगन विरहीले उनको श्रीमान् केदारलाई 'फिल्म बनाउनुपर्छ, फाइदा हुन्छ' भनेर उचाले । र, उनको श्रीमान् उनकै कुरापट्टि लागे । 'उनको कुरामा विश्वास गर्यौँ हामीले,' छिटिङले सम्भिन् । तर, उनीहरूलाई फिल्मसम्बन्धी केही पनि ज्ञान थिएन । गगनले २८ लाखमा फिल्म बन्छ भने र उनीहरूले ०४८ सालमा 'संकल्प' फिल्म बनाए, शिव श्रेठ, कृष्टि मैनालीलगायतका त्यसवेलाका चर्चित कलाकार लिएर । तर, फिल्म बनाउन ५२ लाख रुपैयाँ खर्च भयो । उनीहरू बिस्तारै ऋणमा डुब्न थाले । र, फिल्म बनिसकेपछि चुर्लुम्मै डुबे, ऋणको चरम भासमा भासिए । 'हामीलाई फिल्मबारे केही पनि थाहा थिएन । क-कसले कति पैसा खाए पत्तो छैन,' उनले भनिन्, '२८ लाखमा बन्छ भनेको फिल्म बन्न ५२ लाख लाग्यो, तर फिल्मबाट १५ लाख पनि उठेन । हामी ऋणमा डुब्यौँ । यही तनाबका कारण मेरो श्रीमान्ले आत्महत्या गरे ।'
ऋण लाग्यो, ऋण तिर्न निकै गाह्रो भयो । 'अनि आमा र श्रीमान्को नाममा हामीले किनेको जग्गा बेचौँ भनेर हामीले सल्लाह गर्यौँ,' उनले भनिन्, 'तर, ससुराले बेच्न मान्नु भएन ।' केदारको बाबुछोराको घर झगडा पर्यो । घरमा छुटाछुट्टै बस्न थाले । छिटिङका श्रीमान्को आफ्नै बुबाआमासँग बोलचाल भएन । 'त्यसवेला ससुराले त्यो जग्गा बेच्न दिएको भए आज मेरो श्रीमान् जिउँदै हुनुहुन्थ्यो कि ?' छिटिङको मनमा छँदै छ । 'त्यो सम्झँदा आज पनि कहाली लाग्छ,' उनले भनिन् ।
दैनिक घरमा पैसा फिर्ता माग्न आउनेको ओइरो लाग्न थाल्यो । तर, उनीहरूको त्यो ऋण तिर्ने हैसियत थिएन । प्रत्येक दिन उनका श्रीमान् तनावमा रहन थाले । र, एक दिन अँध्यारो कोठामा लुकेर सुटुक्क विष पिए । त्यो ०५१ सालको एक चिसो बिहानको कुरा हो । उनको श्रीमान्को जीवनकथाको अन्तिम 'ड्राफ्ट' कति पीडाले भरिएका होलान् ? के हामी छिटिङको वेदनाको कर्कश संगीत महसुस गर्न सक्छौँ ? 'विष खाएको ५/६ दिनसम्म पनि टिचिङ अस्पतालको बेडमा उहाँ छट्पटिइरहनुभयो,' उनले भनिन् ।
श्रीमान्को मृत्युपछि उनले निकै दुःख गरेर ३५ लाख ऋण तिरिन् ।
जब उनीहरू प्रेममा थिए, त्यसवेला केदार वेला-वेला गीत गाउँथे । 'त्यो गीतको लय/ध्वनि/शब्द अझै पनि मेरो कानमा गुन्जिइरहेको छ,' यी गायिकाले सुनाइन् । श्रीमान्को मृत्युपछि मन बहलाउन वेला-वेला उनी एक्लै साधनामा डुब्छिन् र त्यसै साधनाका कारणले उनका केही एल्बम बजारमा आएका छन्- शेर्पा भाषाको सो ह्याला सो, नादिन भाग-२, 'खासा बजार', 'जाऊँ है हिमालमा' ।
०००
श्रीमान्को मृत्युपछिको उनको जीवन निकै पीडाले भरिएको छ, एउटी छोरीको सहारामा उनी बाँचिन् । 'छोरी नभएको भए म कसरी बाँच्थेँ होला ?' उनले भनिन् । उनका ससुराले उनीमाथि ठूलो घात गरेको छिटिङको गुनासो छ । उनले श्रीमान्को मृत्युपछि आफूले र छोरीले पाउनुपर्ने अंश दिएका छैनन् । 'पहिले हामीले जति कमायौँ, सबै सासूससुरालाई नै दियौँ । श्रीमान्को मृत्युपछि न ससुराले छोरी केली श्रेष्ठलाई पढाइदिए न घर खर्च नै दिए । न अंश नै दिए,' उनले भनिन् ।
घरबाट नपढाएपछि माइतीले नै छोरीको खर्चदेखि घरखर्च सबै खेपे । त्यसपछि पनि ससुराले खुबै दुःख दिए । 'मेरो जिन्दगी नै रोएर बितिरहेको छ,' उनले भनिन्, 'कहिलेकाहीँ जेठाजु पनि मसँग आएर 'तँ खासाकी भोटिनी होस्' भनेर दुःख दिन्छन्, धम्क्याउनेदेखि गाली बेइज्जति गर्छन् ।' श्रीमान्को मृत्यु भएको १७ वर्ष भयो, तर उनको जिन्दगीमा कहिल्यै पनि खुसी र सुखले चियाउन सकेन ।
उनको जीवनमा अन्धकार व्याप्त छ चारैतिर । त्यही अन्धकारमा बाँच्न अभ्यस्त हुनुपर्छ उनले । जीवनको लयबद्धता एकाएक स्थगित भयो । अब पनि पुरानो पद्धतिमा बाँच्न निकै गाह्रो हुनेछ उनलाई । 'वास्तवमा निकै पट्यारलाग्दो छ मेरो जीवन,' यी गायिकाले भनिन् ।
उनी वेला-वेला फ्याल्ब्याकमा जान्छिन् र देख्छिन्- अस्पतालको ओछ्यानमा शरीरभरि विष फैलिएको एउटा मान्छे । 'उनी भुइँमा टाउको बिसाएर निदाएका थिए । उनको दायाँ हात भुइँमा फैलिएकोे थियो,' उनले भनिन् । उनको कथा अझै सिद्धिएको छैन । उनी सायद कथाको मध्यतिर छिन् अहिले । तर, कथाले कसरी बिट मार्ने हो- त्यो उनलाई थाहा छैन ।

0 comments:
Post a Comment