पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच पलाएको बताउने प्रधान त्यसमा नातेदारले सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन् । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन्, उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।
भूपू मन्त्री तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान एक सफल उद्योगीका रूपमा चिनिन्छन् । ऐतिहासिक सहर पाटनको सुन्धारानजिकै एउटा ठूलो घर छ । त्यो घर प्रधानका बुबाकै पालामा बनेको थियो । राणाकालमा सेनामा 'मिर सुब्बा' पदमा जागिरे बुबाको सान बेग्लै थियो । नहोस् पनि किन ? आफैं हर्ताकर्ता भएर काम गर्थे प्रधानका बुबा ।
'त्यतिवेला हाम्रो घरमा ३ वटा घोडा थिए । काका पनि राणा दरबारका खरिदार र डिट्ठा थिए । सबैलाई एक-एकवटा घोडा दिइएको थियो । दाइहरू लुकीलुकी घोडा चढ्थे, म सानै भएकाले उनीहरूको पछि-पछि कुद्थेँ । कहिलेकाहीँ घोडा स्यहार्ने मान्छे (सइस) ले घोडा चढाउँथ्यो । निकै रमाइलो मान्छे थियो, ऊ । घोडा चढ्दा निकै मज्जा लाग्थ्यो,' प्रधान विगत खोतल्छन् ।
उनका बुबा राणा शासकका पत्यारिला व्यक्ति थिए । 'तर, म भने उनीहरूका लागि 'बिख' थिएँ । सानैदेखि वाम समर्थक भएँ त्यसैले परिवारमा त्यति मतलब थिएन,' उनी भन्छन् ।
नेपाल्ाीमा पुरानो मान्यता छ, उत्तम खेती, मध्यम व्यापार, अधम नोकरी । अर्थात्, पेसागत हिसाबले खेतीपाती राम्रो, व्यापार ठीकै र जागिरलाई चुत्थो मानिन्थ्यो । अहिले व्यापार उत्तम पेसा भएको छ । तर, मैले बाध्यतावश व्यापार थालेँ । पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच आएको रहेछ उनमा । त्यसमा नातेदारले असाध्यै सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन्, उनी । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन् उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।
स्कुल पढदा एक वर्षको अन्तरमै परिवारका ४ जना सदस्य गुमाउनुपर्यो । बुबा, आमा, भतिजा र भाउजूको मुत्युपछि दुःखका दिन सुरु भएका रहेछन् प्रधानका । उनी भन्छन्, 'त्यतिवेला फुल टाइम विद्यार्थी राजनीतिमा लागिसकेको थिएँ । धनीमानीका छोराछोरी मेरा साथी थिए । खाजा खाएको बिल तिर्नुपर्यो कि पन्छिनुपर्ने । यसरी कति दिन चल्ला भनी निकै सोचेँ । अन्ततः भान्जासँगको पार्टनरसिपमा पसल चलाउने निक्र्योलमा पुगेका रहेछन् उनी ।' पाटनको मंगलबजारमा खोलिएको त्यो सानो पसल । पसलको नाम आफैंले जुराए- नारायण-महेशलाल फेारम । पसलमा विभिन्न कम्पनीका चुरोट बेच्थे । व्यवसायको जग त्यही पसल थियो, जसले उनलाई यो अवस्थासम्म ल्याएको रहेछ । जेठा दाजुको व्यापार चौपट भएकाले व्यवसायप्ा्रति नकारात्मक धारणा नबनेको पनि होइन । एक मनले कतै दाइकै जस्तो गति हुने हो भन्ने सोचे पनि प्रधानले हिम्मत हारेनन् ।
'भनिन्छ, नमरी स्वर्ग देखिँदैन । त्यतिन्जेलसम्म डर/भय त्यागिसकेको थिएँ । केही वर्षपछि व्यवसायमा जम्प गरेर पाटन औद्योगिक क्षेत्रभित्र टेक्सटाइल कम्पनीमा लगानी गरे, पार्टनरसिपमा । हिमाल, श्री टेक्सटाइल, सुपर प्लास्टिकलगायत १०औं कम्पनी खोलिए । ती सबै आफंै हेर्थे उनी । अहिले पनि केही कम्पनी सोही स्थानमा छन्, ती छोरा भतिजाले हेर्छन् । जिन्दगीभर व्यवसायमा बिताएका प्रधानले पढेर होइन, परेर जानिँदो रहेछ भन्ने पाठ सिकेका छन् यतिखेर ।