*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Wednesday, December 8, 2010

कुवेतको अस्पतालमा ५ बर्ष देखी अचेत नेपाली महिला

बैदेशिक रोजगारीको लागि ६ बर्ष पहिला कुवेत पुगेकी एक महिला ५ बर्ष देखी कुवेतको फर्वानिया हस्पिटलमा जिउदो लास बनेकी छन ।

अचेत अवस्थामा रहेकी यि महिलाको स्थिती अत्यन्तै दयनिय र गम्भिर रहेको छ। घाँटी र पेटमा प्वाल पारेर जुस र अरु झोलीलो पदार्थ वाइपास मार्फत सम्बन्धित अंगमा पुर्याई हालसम्म जेन तेन बाँचिरहेकिछिन । ५ बर्ष देखी अस्पातलको बेडमा जिबन र मृत्‍यु सग लडि रहेकी शान्ती माया दोङको बारेमा समाचारहरु बने पनि हाल सम्म उद्धार गर्न कुवेतमा रहेका कुनै संघ संस्था, सरकारी नियोग अथवा ब्यक्ती कोहि पनि अगाडि आएका छैनन्।
आज भन्दा ६ बर्ष पहिला दिल्लीको बाटो हुदै खाडी मुलुक कुबेत आएकी मकवानपुर जिल्ला सुकौरा-२ की शान्ति माया दोङ कुवेत पुगेको ६ महिना पछि देखिनै परिवार सँग संपर्क बिहिन भएकी हुन । परिवारले शान्ती हराएको भनी सरकारी,गैर सरकारी संघ संस्था र सरकारवाला सँग खोज-खबर गरिदिनको लागि अनुरोध गरेका थिए तर कुनै खबर मिलेको थिएन। अचानक शान्तीको फोटो सहितको समाचार मिडियामा प्रकाशित भएपछि शान्ती कुवेतको हस्पिटलमा रहेको कुरा उनको परिवार अनी आफन्तहरुले थाहा पाए।

करिब ५ बर्ष देखी बेखबर शान्ती कुवेतको हस्पिटलमा अचेत अवस्थामा रहेको समाचारले पुरै परिवार शोकमा डुबेको छ । छोरीको शास वा लास नेपाल फर्काउनको लागि शान्तीका बुढा बाबु काठमाण्डौमा हार गुहार लगाउदै छन । तर यस्तो बिचल्लीमा परेको परिवारको मद्दतको लागि कोही पनि अब यसै गर्ने भनेर अगाडि आएको छैनन।

मिडिया मार्फत एन आर एन ए लगाएत कुवेतमा कृयाशिल रहेका सम्पूर्ण संघ-संस्था, बुद्धीजिबी, समाजसेबी र नेपाली दुताबास कुवेतसँग शान्ती माया लाई छिटो भन्दा छिटो नेपाल फर्काउने ब्यबस्था मिलाईदिन अपिल गरेका छन । यसै सन्दर्भमा एन आर एन ए कुवेतका उपाध्यक्ष धर्म राज गिरी भन्नुहुन्छ उनको अवस्था निकै नाजुक र संबेदनशिल रहेकोले यो प्रकृया नेपाली दूताबास कुवेतले अगाडि बडाउनु पर्छ । हामीले संस्थाको तर्फबाट गर्नु पर्नेकाम गर्छौ तर यो सरकारले अर्थात नेपाली दूताबासले छिटो भन्दा छिटो पहल गर्नु पर्छ हामी संस्थाले गर्नु पर्ने सहयोगको लागि तयार छौ। एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तमाङले आफु उनिलाई भेटन होस्पिटल जाने र राजदूतसँग बिचार बिमर्श गरी अगाडि बढने बताउनु भयो।

कुवेतका राजदूत मधुवन पौडेल यसो भन्नुहुन्छ - शान्तिको समस्या अती जटिल छ त्यसैले हामीले यहाँको सरकारसंग कुराकानी गरिराखेका छौ र यहाँको परराष्ट्र मन्त्रालयलाई नेपाल पठाउने पहल गरिदिन अपिल पत्र बुझाई सकेका छौ। कुवेत सरकारले अब के गर्छ ? गरिदियो भने पनि जहाजहरुले लैजान मान्दैनन् र नेपालको लागि सिधैं उढान भर्ने जहाज नभएकोले दिल्ली सम्म मात्रै जान सक्ने अवस्था देखिन्छ । त्यस्तो भयो भने निजको परिवार भारतको दिल्ली आएर जिम्मा लिनु पर्ने हुन सक्छ।

एक बिशेष श्रोतका अनुसार शान्तीलाई नेपाल पुर्याउनको लागि तिन हजार कुवेती दिनार अर्थात आठलाख जती नेपाली रुपैयाको आबश्यक पर्छ यदी तिन हजार दिनार हुने हो भने एक हप्तामा उनी नेपाल पुग्ने सक्ने छिन।

२४४२६६३ नम्बरको पास्पोर्ट भएकी शान्तीलाई हस्पिटलको अभिलेख अनुसार मार्च २२,२००६ मा भर्ना भएको देखिन्छ । उनको मालिकले फर्वानीया हस्पिटलको सर्जिकल वार्ड न १२ को बेड न ४ मा भर्ना गरी छोडेको हो । हस्पिटलका एक कर्मचारीका अनुसार शान्तीको कुवेती अदातलमा केष (मुद्दा) समेत रहेको थाहा हुन आएको छ। यो केष (मुद्दा)र उनको बिमारिको केही सम्बन्ध रहेको हुनसक्ने उनले नाम उल्लेख नगर्ने सर्तमा भनेका वताए ।

पुरै हेर्नुहोस्...

Thursday, November 18, 2010

सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट

सरकारले चालू वर्षदेखि सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा पुर्‍याउने भएको छ । सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई कम्प्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।
इ-लाइब्रेरी विकास गर्ने उद्देश्यले आगामी बजेटमा निःशुल्क इन्टरनेट कार्यक्रम घोषणा हुने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लका अनुसार पहुँच पुग्ने ठाउँमा निःशुल्क इन्टरनेट र कम्प्युटरको विकास गर्ने र पहुँच नभएका ठाउँमा पुस्तक व्यवस्था गर्ने कार्यक्रम तय भएको छ ।
'सन् ०२५ सम्म पुस्तकविना शिक्षा दिने लक्ष्य रहेकाले निःशुल्क इन्टरनेट र कम्प्युटर दिने कार्यक्रम बनाएका हौँ,' मन्त्री शुक्लले भने, 'कम्प्युटरबाट शिक्षा दिन सकेनौँ भने अब हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।'

इन्टरनेटको छुट्टै सेवा नपुगेका तर मोबाइल सुविधा भएका ठाउँमा समेत गुणस्तर हेरेर नयाँ कार्यक्रम लागू हुने मन्त्री शुक्लले जानकारी दिए । 'इ-लर्निङ' अत्यावश्यक भएकाले सरकारले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । इ-लर्निङ प्रणालीबाट विज्ञान र गणित विषय अध्यापन गराइने पनि उनले बताए ।

कम्प्युटरबाट दिइने शिक्षा सबै ठाउँमा समान स्तरको होस् भनेर पाठ्यक्रमको तयारीसमेत भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रबाट बनाइएको पाठ्यक्रम केही दिनमै स्वीकृत हुने मन्त्री शुक्लले जानकारी दिए ।

इन्टरनेट सुविधा पुर्‍याउन सकिने ठाउँबारे नेपाल टेलिकमसँग जानकारी मागिएको पनि शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले करिब एक दर्जन जिल्लाका विद्यालयमा पाइलट कार्यक्रमका रूपमा पहिले नै कम्प्युटर वितरण गरेको छ । इन्टरनेट सेवा ग्रामीण क्षेत्रका विद्यालयमा पुर्‍याउन चुनौती रहेको भन्दै शिक्षा मन्त्रालयले दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग सहयोग मागेको छ ।

मन्त्री शुक्लका अनुसार कम्प्युटरबाट शिक्षा दिने कार्यक्रममा सहयोग गर्न एक गैरसरकारी संस्थासँग मौखिक सहमति भइसकेको र केही दिनमै लिखित सम्झौता हुँदै छ । सामुदायिक विद्यालयका विद्यार्थी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम हुने शिक्षा मन्त्रालयले विश्वास लिएको छ ।

यसैबीच, शिक्षा मन्त्रालयले उच्च माध्यमिक विद्यालयमा चार हजार शिक्षक दरबन्दी सिर्जना गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । तर, अर्थले चार हजार शिक्षकका लागि रकम उपलब्ध गराउन सहमत भए पनि दरबन्दी सिर्जनामा आनाकानी गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकले आन्दोलन गरेपछि सरकारले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्ने सहमति गरेको थियो ।

पुरै हेर्नुहोस्...

Sunday, November 7, 2010

सुनचाँदी किन्ने पसलमा ख्याल गर्नूस् है

के तपाईं सुनचाँदीलगायत अन्य बहुमूल्य गहना किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाइर्ंले सुनचाँदी किन्ने पसलमा राखिएको तराजु गुणस्तरीय वैधानिक नहुन सक्छ ख्याल गर्नूस्

गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयको टोलीले बुधबार न्युरोड क्षेत्रका १२ वटा सुन पसलमा गरेको अनुगमनमा अधिकांश सुनचाँदी पसलले नापतौल गर्ने तराजु नवीकरण तथा दर्ता नगरिएको पाइएको

सुनचाँदी कारोबार गर्ने पसलमा राखिने तराजु नापतौल तथा गुणस्तर विभागमा दर्ता भई प्रत्येक वर्ष नवीकरण गरिएको हुनुपर्ने प्रावधान तर, न्युरोडमा अवस्थित महालक्ष्मी सुनचाँदी पसल, निलम गहना पसल, सयपत्री ज्वेलर्स तथा लक्ष्मी ज्वेलर्सको तराजु विभागमा दर्ता गरिएपछि नवीकरण नगरिएको अनुगमनमा पाइएको त्यस्तै, ट्वान्टी फोर सिटी सुनचाँदी पसल तथा जय मातादी सिल्भर प्यालेसले इलेक्ट्रोनिक ब्यालेन्स -तराजु) विभागमा दर्तै नगरी सुनचाँदी कारोबार गरिरहेको भेटिएको हो

अनुगमन टोलीले त्रुटि देखिएका सुनचाँदी व्यवसायीलाई नापतौल तथा गुणस्तर विभागको कार्यालयमा तीन दिनभित्र दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न आदेश दिएको उनीहरूबाट तराजु नवीकरण तथा दर्ता नगरेकामा अधिकतम हजार रुपैयाँ हेल्चेक्रयाइँस्वरूप थप हजार रुपैयाँ जरिवाना लगाइने विभागका एक अधिकारीले बताए

विभागको अनुगमनमा त्रुटि भेटिएका गहना व्यवसायी उपभोक्तालाई ठग्ने उद्देश्यले त्यसो नगरेकोे बताउँछन् उनीहरूले इलेक्ट्रोनिक ब्यालेन्स दर्ता एवं नवीकरणसम्बन्धी जानकारी नहुँदा विभागमा नवीकरणका लागि नगएको जानकारी दिए

तिहारको समय भएकाले बजारमा सुनचाँदी माग बढेको सुनचाँदी व्यवसायीले बताएका छन् तिहार समयमा सुनचाँदीका गरगहना सामग्री जोड्ने प्रचलन भएका कारण माग बढेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ उनले भारतीय बजारमा अहिले पनि सुनचाँदीको माग बढी भएको बताए 'नेपालको सहरी इलाकामा सुनचाँदी माग बढी भए पनि मूल्य उच्च हुँदा ग्रामीण क्षेत्रमा भने माग घट्दै गएको ,' शाक्यले भने, 'अझै पनि भारतसँग जोडिएका सीमा क्षेत्रमा उतैबाटै सुन आपूर्ति हुँदै आएको '

राष्ट्र बंैकले मंगलबार बोलकबोल प्रक्रियामार्फत बिक्रीका लागि आह्वान गरेको १७५ केजी सुन सबै तथा हजार केजी चाँदीमध्ये १८ सय केजी बिक्री भएको थियो राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत कायम गरेको सुन प्रतिकेजी ३१ लाख ९० हजार सय रुपैयाँ चाँदी प्रतिकेजी ५९ हजार सय २२ रुपैयाँमा बिक्री भएको थियो

अन्तर्राष्ट्रिय बुधबार बजारमा सुन प्रतिआउन्स १३५४.२० अमेरिकी डलर चाँदी प्रतिआउन्स २४.८० अमेरिकी डलर कायम भएको मंगलबार नेपाली बजारमा सुन प्रतितोला ३८ हजार सय २५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सय २५ रुपैयाँ घटेर ३८ हजार सय रुपैयाँमा कारोबार भएको त्यस्तै, चाँदी मंगलबार प्रतितोला सय १५ रुपैयाँमा कारोबार भएकोमा बुधबार सय १२ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको

पुरै हेर्नुहोस्...

Tuesday, October 5, 2010

७ वर्षेले चलाए डोजर

काभ्रे, आश्विन १२ - स्कुल बिदा हुने भएकाले नासिकास्थान आशापुरी-७ खाल्चोकका सातवर्षे दावा फेन्जु लामा हरेक शनिबार गाउँमा बाटो खन्दै गरेको डोजर चढ्न जान्थे । चालकको पछाडि बसेर कसरी चलाइँदो रहेछ भनेर ध्यान दिन्थे । केले के काम गर्छ भनेर अप्रेटरलाई सोध्थे । यी सातवर्षेले सोमबार त्यही डोजर चलाएर सबैलाई छक्क पारिदिए । उनले 'कोमात्सु टु हन्ड्रेड' डोजर आशापुरीको सार्वजनिक शौचालयबाट चलाई ३ सय मिटर टाढा रहेको बाबेडाँडाको बगरसम्म लगे र बगरमा बाटो खनेर देखाए ।
उनले डोजर चलाएर बाटो खनेको हेर्न भीड लागेको थियो । नासिकास्थान-१ साँगा भैंसेपाटीस्थित विकटेश्वर अंग्रेजी माविमा यूकेजीमा अध्ययनरत फेन्जुले डोजर चलाएर सहासी काम गरेको भन्दै पि्रन्सिपल श्याम भुजेलले एसएलसीसम्म निःशुल्क पढाउने घोषणा पनि गरे । पढाइ पनि अब्बल फेन्जु कक्षामा
प्रथम हुँदै आएका छन् ।

पुरै हेर्नुहोस्...

Thursday, September 30, 2010

भाइरस अमेरिकाले बनाएको चिनियाँ विशेषज्ञको दाबी

अहिलेसम्मकै परिष्कृत मानिएको स्टक्सनेट (Stuxnet) नामक कम्प्युटर भाइरसले चीनका करिब साठीलाख कम्प्युटर प्रभावित बनेका छन् । केहीदिनभित्रै उक्त भाइरसले चीनका ठूला करिब एक हजार औद्योगिक उपकरणलाई असर पारेको सिन्हवाले जनाएको छ । विश्वविख्यात जर्मनी कम्पनी सिमेन्सको कम्प्युटर नियन्त्रित मुख्य प्रणालीहरुमा उक्त भाइरस देखिएको हो । सिमेन्सले सुचना प्रविधि, उर्जा, संञ्चार लगायतका विविध क्षेत्रमा विश्वका १ सय ९० मुलुकमा सेवा पुर्‍याइरहेको छ । सिमेन्स चीनमा औद्योगिक कम्प्युटर आपुर्ति गर्ने सबैभन्दा ठूला कम्पनी मध्येको एक हो ।
स्टक्सनेटलाई चिनियाँ सुरक्षा विशेषज्ञहरुले अहिलेसम्मकै 'भयानक साइबर हतियार' बताएका छन् । कम्प्युटर नियन्त्रण प्रणालीलाई नै ध्वस्त पार्ने अत्यन्तै जटिल देखिएको उक्त भाइरस अमेरिकी हृयाकहरुका समूहले बनाएको चिनियाँ कम्प्युटर विशेषज्ञहरुको दाबी छ । विशेषज्ञहरुले भाइरसको मुख्य सर्वर अमेरिकामा रहेको पत्ता लगाएको पनि सिन्हवाले उल्लेख गरेको छ । साधारणतया भाइरसले निजी कम्प्युटरमा क्षति पुर्‍याउने देखिएको भएपनि स्टक्सनेटले सिमेन्सका प्रविधि प्रयोग भएका नियन्त्रण प्रणालीलाई नै लक्षित गरेको छ । सुरुमा युएसवि मेमोरी स्टिक लगायत कुनै पनि फ्लैस मेमोरी प्रयोग गर्दा थाहै नदिइ कम्प्युटरमा प्रवेश गर्ने यसले माइक्रोसफ्ट विन्डोजकै सुरक्षा द्वारलाई उपयोग गरि नेटवर्कको माध्यमबाट मुख्य सर्भरमा क्षति पुर्‍याउने जनाइएको छ । स्टक्सनेटले यसै महिना इरानको परमाणु संयन्त्रमा हमला गरेको थियो । तर उक्त खबर फैलन नपाउदै उक्त भाइरस चीनमा देखिएको हो ।

विशेषज्ञहरुले भाइरसले चीनको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिएको बताएका छन् । भाइरसले महत्वपूर्ण तथ्याङ्क चोरी गरि सर्भर कम्प्युटरमा पठाउने र नियमित सुचना दिने मात्र नभइ भविष्यमा निगरानीका लागि बाटो खुल्ला गर्ने प्रयत्न गरेको समेत उनीहरुको दाबी छ । इस्पात, उर्जा, परिवहन लगायतका अधिकांश औद्योगिक क्षेत्रमा खतराको संकेत देखिएको बारे समेत उनीहरुले सचेत गराएका छन् । चिनियाँ उद्योग तथा सूचना मन्त्रालयले सिमेन्सका प्रविधि र उपकरण माथि सुक्ष्य अनुसन्धान गर्ने बताएको छ ।

जर्मनीको म्यूनिखमा रहेको सिमेन्स मुख्यालयले चिनियाँ ग्राहकहरु माथि परेको भाइरसको प्रभावबारे तुरुन्तै टिप्पणी गर्न अस्विकार गर्दै तदारुकताका साथ समस्या समाधानमा लागेको बताएको छ । भाइरस पहिलोपटक १५ जुलाईमा भेटिएको समेत सिमेन्स जनाएको छ । चीनको विभिन्न विमानस्थल, रेलवे, परमाणु उर्जा, बाँध लगायतका महत्वपूर्ण स्थलहरुमा सिमेन्सको कम्प्युटर प्रविधि जडान छन् । 'ठूला बाँधहरुमा प्रयोग भएका स्वचालित जेनेरेटरहरुमा भाइरसले प्रभावित गरे हामी अपांग जस्तै हुनेछौ,' उर्जा विशेषज्ञ सन जियापिङको भनाइ उदि्रत गर्दै हङकङको स्थानीय दैनिक साउथा चाइना मोर्निङ पोष्टले विहीबारको अंकमा लेखेको छ, 'यो शक्तिशाली बमको आक्रमण भन्दा पनि भयानक हुनेछ ।'

हङकङमा भने भाइरसको प्रभावबारे कुनै जानकारी नआएको सिमेन्सका स्थानीय प्रवक्ताले बताएका छन् । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, मेट्रो रेल, डिजनीलैण्ड रेलवे, सिएलपी पावर, सेन्ट पाउल हस्पिटल लगायतले सिमेन्सका कप्युटर प्रविधि जडान गरेका छन् ।

पुरै हेर्नुहोस्...

Saturday, September 18, 2010

मोटोपन घटाउने केही उपाय

शरीर मोटो भएर चिन्तित हुनुहुन्छ ? मोटोपन हटाउने उपायको खोजी त गरिरहनुभएको छैन ? शरीरको बोसो घटाउनलाई खाना त खान छाड्नुभएको छैन अथवा भोकै बसेर तौल घटाउने प्रयास गरिरहनुभएको छ भने त्यस्तो कार्य आजै छाड्नुहोस् । किनभने त्यसले शरीरमा विभिन्न विकृति उत्पन्न हुने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार, मानिसले विभिन्न उपायको प्रयोग गरेर धेरै तौल घटाउने गरेका छन् । तर, सातामा १ किलोभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन । अनुसन्धानकर्ताले मोटोपन घटाउनका लागि विभिन्न उपाय बताएका छन्, तीमध्ये केही यहाँ प्रस्तुत गरिएको छ :
-उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारण्ाा त्याग्नुहोस् । स्वादका लागि केही मरमसला प्रयोग गरी खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । तर, नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।

- खाद्य पदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नुपर्छ ।

- दैनिक ३ देखि ४ पटकभन्दा बढी खाना खानु हँुदैन ।

- नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नुपर्छ । एकैपटक धेरै खाना खानु हुँदैन ।

- भोकको अनुभूति भइरहेमा अति कम क्यालोरी दिने खाद्य पदार्थ खाने गर्नुपर्छ । जस्तै : गाजर, कांक्रो, कागती आदि प्रयोग गर्नु राम्रो मानिन्छ ।

- बेलुकाको खाना अलि सबेरै अर्थात् बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । तर, खाना खानेबित्तिकै सुत्नु हुँदैन ।

- तौल घटाउन उचित व्यायाम गर्नु आवश्यक छ, बिहान सबेरै उठेर व्यायाम गर्नुपर्छ ।

- प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।

- धेरै बोसोयुक्त वा चिल्लो खाना खानुहुन्न ।

पुरै हेर्नुहोस्...

Saturday, September 11, 2010

मधेसी-पहाडी मिलेर मनाए तिज

हिन्दू नारीहरूको ठूलो चाड तिज रूपन्देहीमा मधेसी र पहाडी समुदायबीच आपसी सामाजिक सद्भाव बढाउनेगरी मनाइएको छ । मधेसी र पहाडी महिला एकैठाउँमा जुटेर गीत गाउँदै छमछम नाचेका थिए ।

रूपन्देहीको बेथरीमा स्थानीय पहाडी समुदाय र मधेसी समुदायबीच एकैस्थानमा तिज मनाइएको हो । मधेसी समुदायले गाएको गीतमा पहाडी समुदायका महिलाले नाचेर गीतमा साथ दिएका थिए भने पहाडी समुदायका महिलाले गाएको गीतमा मधेसी समुदायका महिलाले गाएर र नाचेर साथ दिएका थिए ।
भैरहवादेखि सात किलोमिटर पश्चिममा मधेसी समुदायको बाहुल्य रहेको सो स्थानमा बेथरी प्रहरी चौकीको पहलमा सिद्धार्थ युवा क्लब, बेथरी समाज, स्थानीय आमा समूहको सहभागितामा तिज कार्यक्रम राखिएको थियो । कार्यक्रममा एक-अर्काले गरेको विभिन्न प्रकारका पूजा, गीत, नाच निकै रोचक तरिकाले हेरेका थिए । मधेसी समुदायको कजरी तिज गीत गाउँदा पहाडी समुदायका महिलाले साथमा साथ दिएर नाचेका थिए । यसप्रकारका सामूहिक तिज गीत कार्यक्रमले पहाडी समुदाय र मधेसी समुदायबीच आपसी भाइचारा सम्बन्ध बनाउन सहयोग पुगेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष मोहनलाल यादवले बताए ।

दुई वर्षअगाडि कपिलवस्तुमा मोहती खाँको हत्या हँुदा बेथरीमा दुई समुदायबीच बोलचाल नभएपछि बेथरी प्रहरी चौकीले हरेक चाड पर्वमा विभिन्न सामूहिक कार्यक्रम गराउँदै दुई समुदायलाई आपसमा एकता, मेलमिलाप, भाइचाराको सम्बन्ध बढाउँदै आएको बेथरी प्रहरी चौकीका सई शम्भु उपाध्याय बताउँछन् । जहाँ बसे पनि हामी नेपाली हौँ भन्ने सन्देश दिनका लागि सामूहिक तिज मनाइएको बेथरी समाजका अध्यक्ष होमबहादुर थापाले बताए । 

पुरै हेर्नुहोस्...

Tuesday, September 7, 2010

MP3 Song


पुरै हेर्नुहोस्...

Sunday, September 5, 2010

'पढेर होइन, परेर जानिन्छ’

पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच पलाएको बताउने प्रधान त्यसमा नातेदारले सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन् । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन्, उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।

भूपू मन्त्री तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान एक सफल उद्योगीका रूपमा चिनिन्छन् । ऐतिहासिक सहर पाटनको सुन्धारानजिकै एउटा ठूलो घर छ । त्यो घर प्रधानका बुबाकै पालामा बनेको थियो । राणाकालमा सेनामा 'मिर सुब्बा' पदमा जागिरे बुबाको सान बेग्लै थियो । नहोस् पनि किन ? आफैं हर्ताकर्ता भएर काम गर्थे प्रधानका बुबा ।
'त्यतिवेला हाम्रो घरमा ३ वटा घोडा थिए । काका पनि राणा दरबारका खरिदार र डिट्ठा थिए । सबैलाई एक-एकवटा घोडा दिइएको थियो । दाइहरू लुकीलुकी घोडा चढ्थे, म सानै भएकाले उनीहरूको पछि-पछि कुद्थेँ । कहिलेकाहीँ घोडा स्यहार्ने मान्छे (सइस) ले घोडा चढाउँथ्यो । निकै रमाइलो मान्छे थियो, ऊ । घोडा चढ्दा निकै मज्जा लाग्थ्यो,' प्रधान विगत खोतल्छन् ।

उनका बुबा राणा शासकका पत्यारिला व्यक्ति थिए । 'तर, म भने उनीहरूका लागि 'बिख' थिएँ । सानैदेखि वाम समर्थक भएँ त्यसैले परिवारमा त्यति मतलब थिएन,' उनी भन्छन् ।

नेपाल्ाीमा पुरानो मान्यता छ, उत्तम खेती, मध्यम व्यापार, अधम नोकरी । अर्थात्, पेसागत हिसाबले खेतीपाती राम्रो, व्यापार ठीकै र जागिरलाई चुत्थो मानिन्थ्यो । अहिले व्यापार उत्तम पेसा भएको छ । तर, मैले बाध्यतावश व्यापार थालेँ । पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच आएको रहेछ उनमा । त्यसमा नातेदारले असाध्यै सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन्, उनी । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन् उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।

स्कुल पढदा एक वर्षको अन्तरमै परिवारका ४ जना सदस्य गुमाउनुपर्‍यो । बुबा, आमा, भतिजा र भाउजूको मुत्युपछि दुःखका दिन सुरु भएका रहेछन् प्रधानका । उनी भन्छन्, 'त्यतिवेला फुल टाइम विद्यार्थी राजनीतिमा लागिसकेको थिएँ । धनीमानीका छोराछोरी मेरा साथी थिए । खाजा खाएको बिल तिर्नुपर्‍यो कि पन्छिनुपर्ने । यसरी कति दिन चल्ला भनी निकै सोचेँ । अन्ततः भान्जासँगको पार्टनरसिपमा पसल चलाउने निक्र्योलमा पुगेका रहेछन् उनी ।' पाटनको मंगलबजारमा खोलिएको त्यो सानो पसल । पसलको नाम आफैंले जुराए- नारायण-महेशलाल फेारम । पसलमा विभिन्न कम्पनीका चुरोट बेच्थे । व्यवसायको जग त्यही पसल थियो, जसले उनलाई यो अवस्थासम्म ल्याएको रहेछ । जेठा दाजुको व्यापार चौपट भएकाले व्यवसायप्ा्रति नकारात्मक धारणा नबनेको पनि होइन । एक मनले कतै दाइकै जस्तो गति हुने हो भन्ने सोचे पनि प्रधानले हिम्मत हारेनन् ।

'भनिन्छ, नमरी स्वर्ग देखिँदैन । त्यतिन्जेलसम्म डर/भय त्यागिसकेको थिएँ । केही वर्षपछि व्यवसायमा जम्प गरेर पाटन औद्योगिक क्षेत्रभित्र टेक्सटाइल कम्पनीमा लगानी गरे, पार्टनरसिपमा । हिमाल, श्री टेक्सटाइल, सुपर प्लास्टिकलगायत १०औं कम्पनी खोलिए । ती सबै आफंै हेर्थे उनी । अहिले पनि केही कम्पनी सोही स्थानमा छन्, ती छोरा भतिजाले हेर्छन् । जिन्दगीभर व्यवसायमा बिताएका प्रधानले पढेर होइन, परेर जानिँदो रहेछ भन्ने पाठ सिकेका छन् यतिखेर ।

पुरै हेर्नुहोस्...

Friday, September 3, 2010

हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्

काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान् बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भए पनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा नयाँ पत्रिकामा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । सोफियाको पत्रमा हस्तमैथुन गर्दा के असर गर्छ ?, वैवाहिक जीवनमा कुनै असर गर्छ कि ?, हस्तमैथुनले सन्तानप्राप्तिमा कुनै असर गर्छ ?, हस्तमैथुन कसरी गर्नुपर्ला ? लगायतका जिज्ञासा राखिएको छ ।
त्यस्तै, काठमाडांै कोटेश्वरकी १९ वषर्ीया प्रीति उपाध्यायले केही महिनाअगाडि न्युरोडको कन्डम हाउसबाट कृत्रिम पुरुष लिंग किनेर आफ्नो यौन चाहना पूरा गर्ने गरेको जनाएकी छिन् । प्रीतिले पठाएको जिज्ञासामा 'यौनचाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखौँ कि जस्तो लाग्छ । तर, मैले त्यसो नगरी पुरुषलिंग आकारको वस्तु किनेर आफ्नो यौन चाहना पूरा गरिरहेकी छु ।

म हरेक दिन उक्त साधनबाट र कहिलेकाहीँ आफ्नै औँला योनिमा पसाएर यौनसन्तुष्टि लिइरहेको छु । तर, मलाई अहिले डर लागिरहेको छ । यस्तो गर्दा केही हानि गर्छ कि ? विवाहपछिको यौनसम्पर्कमा फरक पार्ला ? मेरो योनिको प्वाल पनि केही ठूलो भएको छ । के हस्तमैथुन गर्दा योनिको प्वाल ठूलो हुन्छ ?

सोफिया र प्रीति मात्र होइन, उनीहरूजस्ता अधिकांश महिलामा यस्तो समस्या रहने गरेको र हस्तमैथुनबारे दैनिक महिलाले जिज्ञासा राख्ने गरेको पुतलीसडकमा रहेको माता मनकामना आरोग्य योगकेन्द्रका जनरल फिजिसियन डा. समन रूपाखेतीले बताए । उनका अनुसार, पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्ने गरेका चिकित्सकले बताए पनि हालसम्म यस विषयमा कुनै अध्ययन भने हुन सकेको छैन ।

बेलायतमा हालै गरिएको एक अध्ययनले पुरुषको तुलनामा महिलाले बढी हस्तमैथुन गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । युकेको इन्डिपेन्डेन्ट कम्पनी फर लिंगेरीले गरेको अध्ययनअनुसार, युकेका ९२ प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेका छन् भने पुरुषले भने ८९ प्रतिशतले मात्र हस्तमैथुन गर्ने गरेको देखाएको छ । अध्ययनमा सहभागी महिलामध्ये ६६ प्रतिशतले आफैँले हस्तमैथुन गर्ने गरेको बताएका छन् भने बाँकी २६ प्रतिशतले हात तथा अन्य साधन प्रयोग गर्ने गरेको तथा ८ प्रतिशतले भने हस्तमैथुन गर्ने नगरेको बताएका छन् ।

युकेमा जस्तो नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने जिज्ञासामा डा. रूपाखेती भन्छन्, 'नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर, हाम्रो विभिन्न अध्ययन-अनुसन्धानअनुसार ३५ देखि ४० प्रतिशत नेपाली महिलाले हस्तमैथुन गर्छन् ।' उनका अनुसार, नेपालमा पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । उनले केन्द्रमा हाल दैनिकजसो महिलाले हस्तमैथुनबारे जिज्ञासा राख्ने गरेको र तीमध्ये अधिकांश महिलाका श्रीमान् कामका लागि बिदेसिएका र बढी व्यस्त हुने श्रीमान्का श्रीमती रहेका बताए । टिनएज तथा विवाह नभएका थोरै महिलाले मात्र हस्तमैथुनका विषयमा जिज्ञासा राख्ने गरेका छन् ।

हस्तमैथुन के हो ?

यौनसन्तुष्टिका लागि आफ्नो यौनांगलाई आफैँले उत्तेजित पारी यौन आनन्द लिने कार्यलाई हस्तमैथुन भनिन्छ । डा. रूपाखेती यसलाई प्राकृतिक नियम मान्छन् । भन्छन्, 'यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौनसाथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौनचाहना पूरा गर्नु नै हस्तमैथुन हो ।' चिकित्सकले हस्तमैथुनलाई एकल यौनसन्तुष्टि पनि भन्ने गरेका छन् ।

चिकित्सकले सजिलो भाषामा आप\mनो यौनांग आफँैले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन क्रियाकलाप नै हस्तमैथुन हो भनेर परिभाषित गरेका छन् । डा. रूपाखेतीका अनुसार, नेपाली संस्कृति तथा संस्कारका कारण धेरै महिलाले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर यथार्थ त्यस्तो छैन । महिलाले पनि यौनसन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । डा. रूपाखेती भन्छन्, 'समाजमा भएका परिवर्तनले युवाको विवाह हुने उमेरलाई पछाडितिर धकेलेको छ भने अर्कातिर कामविशेषले विवाहित भए पनि जोडी छुट्टएिर बस्नुपरेको स्थिति छ । यौनसम्पर्क गर्न पाउने बाटो नभएपछि मानिसले वैकल्पिक बाटोका रूपमा हस्तमैथुनलाई लिने गरेका छन् ।'

यौनआनन्द लिने उपायमध्ये यौनांगको घर्षण्ा नै प्रमुख हो । मानिसले आप\mनो यौनांगको घर्षण्ा अरू कसैको यौनांगमा गराएर मात्र यौनआनन्द लिन्छ भन्ने छैन । यौनसाथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफँै घर्षण गराएर पनि आनन्द लिने गर्छन् । डा. रूपाखेतीका अनुसार, हस्तमैथुन एउटा यस्तो उपाय हो, जसबाट मानिसले आप\mनो यौनांगको घर्षण्ा गराएर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्छ ।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?

हाम्रो समाजमा महिलाले हस्तमैथुन गर्दैनन् भन्ने धेरैलाई लाग्ने गरेको छ । तर, पुरुषको जस्तै महिलाले पनि विभिन्न उपाय अपनाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, महिलाको हस्तमैथुनबारे पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीकारोक्ति मात्र व्यक्त गरेका छैनन्, बरु यसबारे खोजीनीति गर्न थालेका छन् । उनी भन्छन्, 'महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्न सक्छन् । महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार हस्तमैथुन गर्छन् । तर, सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुमसुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।'

महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको पाइएको छ । महिलाले योनिमा आंैला पसाउनेदेखि आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण्ा गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । उनीहरूले आफूलाई मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, चलाउने वा घर्षण्ा गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ भने कतिपय महिलाले पानीको फोहोराको प्रयोग गरेर पनि यौन चाहना पूरा गर्ने गरेका छन् ।

हस्तमैथुनको फाइदा

हाम्रो समाजमा हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदै गर्छ । हालसम्म हस्तमैथुनको नकारात्मक असर देखिएको छैन । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनाबबाट मानिसलाई मुक्ति दिलाउँछ । हरेक मानिसमा यौन चाहना हुने गर्छ । पुरुषले हस्तमैथुनका विषयमा खुलेर कुरा गर्छन्, तर महिलाले भने यसलाई लुकाउने गरेका छन् । डा. रूपाखेतीका अनुसार, यौनचाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारण्ाा छ । तर, यौनसम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो ।

खुलारूपमा भने पनि, नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा पनि हो । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपछि आप\mनो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायतका अनेकौँ भ्रम म्ानिसमा रहने गरेको छ । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । डा रूपाखेती भन्छन्, 'हस्तमैथुनले शरीरमा कुनै हानि गर्दैन, त्यसकारण हस्तमैथुनबाट हानि हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।' हस्तमैथुनले मानिसमा रहेको यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले यसले यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्ने पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण्ा, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआइभी र एड्स वा अन्य यौनरोग लाग्नबाट पनि बचावट हुने भयो । यसका अलावा हस्तमैथुनले मानिसलाई आफ्ना यौनअंगलाई राम्ररी नियालेर हेर्ने, अंग-प्रत्यंगलाई जान्ने अवसर दिनुका साथै आफैँलाई आनन्द दिने कार्यमा सहयोग पुर्‍याउने गर्छ ।

बढी हस्तमैथुन गर्नु हानिकारक

हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भए पनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्‍याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर, त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा आंैला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ ।

योनिको आकारमा परिवर्तन हुँदैन

महिलामा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । तर, योनिमा वस्तु तथा औंला छिराउँदा योनिको हार्माेन, झल्िली भने च्यातिने गर्छ । हार्मोन, झल्िली च्यातिनु भनेको हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझन्िछ । डा. रूपाखेतीका अनुसार, अहिलेको समयमा महिला खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झल्िली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ ।

चिकित्सकका अनुसार, योनिको सालाखाला लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको वेलामा यसको लम्बाइ बढेर ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् । योनि मांशपेसीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण्ा हुन्छ । तन्कन र खुम्चन सक्ने गुण्ा भएकै कारण्ा विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा औंला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो वस्तुमा टाँसिएको अवस्थामै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । डा. रूपाखेती भन्छन्, 'हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ, तर योनि एक विशेष किसिमले बनेको मांशपेसीको नली आकारको अंग हो । सामान्य अवस्थामा यसका भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरूप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन, लिंगको प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन ।' उनका अनुसार, योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि छैन । तर, उनले धेरै मात्रामा योनिमा बजारमा पाइने कृत्रिम यौनांगको प्रायोगले योनिमा भने केही परिवर्तन देखाउने बताए ।

पुरै हेर्नुहोस्...

Wednesday, September 1, 2010

चप्पल उल्टो पारेको निहुँमा कुटपिट

महेन्द्रनगर, १५ भदौ

ढोकामा चप्पल उल्टो पारेको निहुमा एक महिला श्रीमान्बाट निर्घात कुटिएकी छिन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भीमदत्त नगरपालिका-९ मटैनाकी गीता महरा श्रीमान् दानीबाट कुटिएकी हुन् । सोमबार साँझ ढोका भित्र-बाहिर गर्दा दैलोमा रहेको चप्पल उल्टो परेको विषयमा विवाद गरी श्रीमान्ले पिटेको गीताले बताइन् ।

'किन यस्तो गरिस् भन्दै गाली गर्न थाल्नुभयो,' उपचाररत गीताले रुँदै भनिन्, 'लठ्ठी, हथौडा र सिलौटाले तिघ्रा, पिडौला, पाखुरा र छातीमा कुट्नुभयो ।' छिमेकीले छुट्टयाउन खोजे पनि श्रीमान्ले चुक्कुल लगाएर कुटपिट गरेको उनले बताइन् ।

पुरै हेर्नुहोस्...

Sunday, August 29, 2010

भयानक दुर्घाटनापछिको गाउँ

दुर्घटना भएको तेस्रो दिन तीन पत्रकारको टोली अग्नि एयर दुर्घटना भएको गाउँ पुगोका थियाँै । भयानक दुर्घटनापछिको गाउँ सन्नाटाले छोपिएको थियो । हामी पुग्दा मौसम खुलेको थियो, गाउँ दुर्घटनाको डरलाग्दो स्मृतिमा डुबेझैँ लाग्थ्यो । दुर्घटनास्थलनजिकैको बकियाठाकुर प्राथमिक विद्यालयमा प्रहरी टोली बसेको रहेछ । केही टाठाबाठा गाउँले यत्रतत्र घुमिरहेका थिए, मानौँ जोकोही नयाँ मान्छेलाई घटना विवरण सुनाउन आतुर थिए । स्कुलको चौरमा विद्यार्थी पढ्ने बेन्च राखेर बसिरहेका डिएसपी गौतमराज कट्टेल सुन्निएको कुर्कुच्चाको पीडा अनुहारमा उतार्दै उभिए र हामीसँग हात मिलाए ।

दुर्घटनालगत्तै आइपुगेको प्रहरी टोलीसँग छोटो कुराकानी भयो । दुर्घटनास्थलबाट हलुका दुर्गन्ध आइरहेको थियो, त्यसले मन अमिलो पार्‍यो । प्रहरीले रूखमा झुन्डिएका मासुका त्यान्द्रा देखाए । त्यसले हाम्रो मन क्षतविक्षत पार्‍यो । सशस्त्रका डिएसपी यादव विश्वकर्माले रूखको हाँगा देखाउँदै भने, 'यी हाँगामा मासु झुन्डिएका थिए, हामीले संकलन गरी लामा धर्मअनुरूप दाह संस्कार गरिदियौँ ।'

गाउँ उराठलाग्दो थियो । त्यहाँबाट हात्तीसुँडेबाट उकालो लाग्याँै हामी । ज्यान थर्थर्ती कामिरहेको थियो । हिँड्न नसकेर आँत सुकेको थियो ।

एकाबिहानैको समय । गाउँमा झरझर पानी परिरहेकाले मौसम चिसो थियो, गाउँले मस्त निद्रामा थिए । मौसम चिसो थियो । अचानक गाउँको बीचमा जहाज खस्दा गाउँलेको निद्रा टुट्यो । सबैको मानव शरीर टुक्रिएर जमिनमा यत्रतत्र छरियो । जहाज भुइँमा झर्नेबित्तिकै वरिपरिका गाउँले बेहोस भए । होस खुल्दा आँखाअगाडि जहाजका पाताहरू देखिए । अनि देखिए मासुका टुक्राहरू । बाँकी केही देखिएनन् । गाउँको चित्र यस्तै थियो, गाउँलेको भनाइमा ।

घटनास्थलमा पैदलमार्गबाट कोही पुग्ने सम्भावना थिएन । हेलिकोप्टरबाहेक अरूबाट त्यहाँ पुग्न असम्भव थियो, सदरमुकाम हेटौँडाबाट । आवेगमा आएका खहरे र बहुलाएर आएको सिमातखोला पार गर्न सजिलो थिएन । फापरबारी र हात्तीसुडेबाट प्रहरी सबैभन्दा पहिले घटनास्थल पुगेछ । हवाईमार्गबाट नेपाली सेना र फिस्टेल एयर पुग्यो । छरिएका मासु संकलन गर्ने काम आधाआधी गाउँलेले नै सकेका थिए । 'प्लास्टिकमा शव पोको पारियो,' गाउँले भन्दै थिए । सबैको मन कुँडिएको थियो । होसमा कोही थिएनन् ।

गाउँलेले घटनाबारे बताए । उनीहरूको कुरो नसकिँदै घटना भएको तेस्रो दिन पुगेको हामी पत्रकार अर्को एउटा घटनाले विक्षिप्त भयौँ । स्कुलको तल्लोपट्टकिो गह्राबाट कुकुरले एउटा मासुको टुक्रो मुखमा च्यापेर दौडियो । कसैको शवको टुक्रो कहाँ पुगेको छ ? थाहा छैन । शवका टुक्रा उछिट्टएिर कहाँ पुगेको छ, त्यो भेटिन्छ वा भेटिँदैन, त्यो पनि कसैले भन्न सकिरहेका छैनन् । प्रहरी खोजीकार्यमा लागेका छन् । तर, हातमा केही परिरहेको छैन । गाउँले अहिले पनि निस्सासिएका छन् । त्यो नमिठो घटना बिर्सन खोज्दै छन् । के बिर्सन सकिन्थ्यो ? आँखाअगाडिको त्यो कहालीलाग्दो घटना । जहाजका अवशेष खेत र बाटोमा देखिएका छन् । केही टिपेर थुप्रो बनाइएको छ । लुक्लाको जाडो छल्न लैजाँदै गरिएको बाक्ला उन्यूका टोपीहरू पनि छन् घटनास्थलमा । कसैका ज्याकेट, कसैका माक्स पनि भेटिन्छन् ।

हामी त्यहीँ हुदा आकाशमा एउटा हेलिकोप्टर फिरिरी गर्दै देखियो र कोदोबारीमा हेलिकोप्टर टक्क अडियो । एकैछिनमा गाउँलेको भीड जम्मा भयो ।

हेलिकोप्टरमा छानबिन आयोगका सदस्यहरू रहेछन् । सरकारले बनाएको आयोगका सदस्यहरू आएका रहेछन् । उनीहरूले भने, 'हामी अनुसन्धान गर्दै छौँ ।' जहाजको एउटा इन्जिन त भेटियो । तर, अर्को इन्जिनको अत्तोपत्तो छैन । कहाँ कुन कुनामा छ वा कतै खेतमै भासिएको छ ? ब्ल्याक बक्स पनि भेटिएन, डिएसपी विश्वकर्माले भने ।

कसैको मन यो वेला प्रफुल्लित हुने कुरै भएन । दुःखी भएर प्रहरी पनि काम गरिरहेका छन् । गाउँले पनि निराश छन् । स्कुलमा सूचना टाँसेर बिदा दिइएको छ ।

आयोगका सदस्यहरू आकाशमार्गबाट राजधानी हिँडे । बाँकी रह्यो- प्लेनका अवशेष, केही प्रहरी, हामी तीन पत्रकार, गाउँले अनि स्मृति । फेरि पानी पर्ला जस्तो भयो । हामी हात्तीसुँडे फर्कियौँ ।

पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting

Blog Archive

ILAM | Template by - Abdul Munir - 2008 - layout4all