*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Thursday, January 20, 2011

पढाइसँगै होटल व्यवसाय

उत्तरी कालपोखरीकी लाक्पा डोमा शेर्पा कलेज बिदा हुनासाथ दार्जिलिङ छाडेर घर आउँछिन् सँगैका साथीहरूको जाडो बिदामा अन्यत्र घुम्ने या कम्प्युटर ट्युसन पढ्ने योजना भए पनि उनलाई घर फिर्नैपर्ने बाध्यता उनका दाजु निङगुर शेर्पा पनि बिदा हुनासाथ घरको होटलमा व्यस्त हुनुपर्छ
पर्यटकको चहलपहल अत्यधिक हुने यो इलामका लेकाली क्षेत्रमा उनीहरूको पढ्ने जिउने आधार नै होटल भएकाले पढाइसँगै काममा सघाउनु उनीहरूको दायित्व हो छिमेकी छोवाङ भोटियाका पाँचजना छोराछोरी नै दार्जिलिङका विद्यालय कलेज पढ्ने भए पनि बिदामा सबै घरको काम सघाउन आइपुग्छन् भोटियाकी जेठी छोरी तेन्जिङ मेतोकले दार्जिलिङको टिबेटियन विद्यालयमा १२ कक्षासम्म पढेकी छिन् उनले त्यहीँको इन्स्िटच्युटबाट हिमाल आरोहणको कोर्स पनि गरेकी छिन् तर, अरू भाइ-बहिनीलाई पढाउनुपर्ने भएकाले उनी घरमा सञ्चालित होटल थामेर बस्छिन्

'पर्यटकको चाप अत्यधिक हुने भएकाले बुबाआमाको भरले मात्र हुँदैन,' तेन्जिङ भन्छिन्, 'घरबार चलाउन भाइ-बहिनीको राम्रो शिक्षाका लागि नै होटलमा व्यस्त हुनुपरेको '

उनका बहिनीहरू मिङ्मा र खान्दोमा पनि बिदामा कुशल होटल व्यवसायीझैँ भएकाले दसैँ, तिहार र जाडो बिदामा आफ्नो होटलमा आउने पाहुनालाई खान, बस्नको प्रबन्ध मिलाउन आइपुग्छन् । उत्तरी सीमावर्ती पर्यटकीय क्षेत्रको प्रमुख आयस्रोत होटल व्यवसाय नै भएकाले हरेक विद्यार्थीर् कुशल पर्यटन व्यवसायमा लाग्छन् ।

यस क्षेत्रमा फस्टाएको पर्यटन व्यवसायकै कारण नयाँ पुस्तामा जागिरभन्दा व्यवसायको लोभ बढेको छ । भारतको पढाइ र नेपालको बसाइ भएकाले यहाँका तन्नेरीलाई जागिरको उत्ति भर लाग्दैन । 'जति पढे पनि यस क्षेत्रका बासिन्दाको राम्रो आय-आर्जनको स्रोत होटल व्यवसाय नै हो,' सन्दकपुरको शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले भने ।

पश्चिमा र बंगाली पर्यटकको ओइरो लाग्ने यस भेगमा भाषिक हिसाबले पनि पर्यटकलाई फस्र्याउन अंग्रेजी जानेका विद्यार्थीको आवश्यकता पर्छ । त्यसैले पनि सीमावर्ती क्षेत्रका दर्जनाँै विद्यार्थी अंग्रेजी सिक्नकै लागि दार्जिलिङतर्फ अध्ययन गर्ने गर्छन् ।

त्यस क्षेत्रको पर्यटन दार्जिलिङ निर्भर भएकाले पनि पर्यटन व्यवसाय सिकाउन पनि अभिभावकले सीमापारि पठाएका हुन् । 'होटल व्यवसाय, पथप्रदर्शकजस्ता पेसाका लागि छोराछोरी दक्ष बनाउन पनि उतै पठाउँछन्,' सरस्वती प्रावि मेघमाका प्रधानाध्यापक चन्द्रकुमार प्रधानले भने, 'अंग्रजीसँगै दार्जिलिङको बसाईले पर्यटन व्यवसाय पनि सिक्ने गर्छन् ।'

ग्यान्टोक, दार्जिलिङ, कालिङपुङलगायतका भारतीय सहरमा विद्यार्थी पढाउने होडले सीमावर्ती क्षेत्रका नेपाली विद्यालयमा भ्ाने विद्यार्थीको संख्या न्यून छ । सीमावर्ती क्षेत्रका कालपोखरी, मेघमा, तुमलिङ, जौवारीलगायत ठाउँबाट डेढ सयभन्दा धेरै विद्यार्थी सीमापारिका विद्यालयमा अध्ययन गर्ने गर्छन् ।

'पढाइखर्च जोहो गर्ने मुख्य माध्यमै होटल भएकाले काम नगरी उपाय नै छैन,' तुमलिङस्थित शिखर होटलकी मनीषा गुरुङले भनिन् । असोजदेखि वैशाखसम्मको सिजनमा पर्यटक भरिभराउ हुने गरेकाले होटलको काम सघाउन सबै विद्यार्थी अहिले घर आएका छन् । सीमावर्ती क्षेत्र जैविक, धार्मिक र सगरमाथादेखि कञ्चजंघासम्म हिमशृंखलाको दृश्यावलोकनका लागि महत्त्वपूर्ण भएकाले ठूलो संख्यामा पर्यटकको चहलपहल हुने गरेको हो ।

उत्तरी इलामको कालपोखरीस्थित आफ्नै होटलमा काम गर्दै विद्यार्थीहरू । यस क्षेत्रबाट सीमापारि दार्जिलिङतर्फ पढ्न जाने विद्यार्थी होटल व्यवसायमा पनि निपुण छन् ।

पुरै हेर्नुहोस्...

love


पुरै हेर्नुहोस्...

अनलाइनको झुटो दुनियाँको झुटो प्रेम

ब्रिटिस महिला क्लाउडिया कोनेल १४ वर्षदेखि इन्टरनेटमा जीवनसाथीको खोजीमा छिन्  ४४ वषर्ीया क्लाउडियाको अनुभव - इन्टरनेटमा जीवनसाथी खोज्नु मूर्खता हो 

एक्लो हुनुहुन्छ ? भव्य जीवनसाथीको प्रतीक्षा गर्दा गर्दै थाकिसक्नुभो ? भनेजस्तो जोडी नपाउँदा निराश हुुनुहुन्छ ? छाड्दिनुस् निराश हुन  संसार सुन्दर, आकर्षक ' अंकको तलब खाने (लाखभन्दा बढी)' पुरुषहरूले भरिभराउ उनीहरू हत्ते हालेर तपाईंका पछि लाग्नेछन्  तर, अनलाइनको झुटो दुनियाँमा मात्र ! असली संसारमा यस्ता पुरुष उहिल्यै बिलाइसके 

इन्टरनेट डेटिङको कुरा गरिरहेकी छु जहाँ लाखौँ महिला पुरुष जीवनसाथी खोज अभियानमा संलग्न हुन्छन्  , स्वीकृत/अस्वीकृत हुन्छन्  ब्रिटेनमा अनलाइनमा जोडी खोज्ने लोकपि्रय परम्पराविरुद्ध केही बोल्न चाहन्छु 
अविवाहित या एक्ला मानिसमध्ये लगभग आधाभन्दा बढी प्रेमको खोजीमा इन्टरनेटको शरणमा पर्छन् । केहीका भागमा सफलता परे पनि अधिकांशका भागमा निराशाबाहेक केही पर्दैन । अझ महिलाका सन्दर्भमा यो असफलताको मात्रा धेरै हुने गर्छ । मेरो सवालमा म त्यस्ती महिला हुँ जसले इन्टरनेट या अनलाइनको झुटो दुनियाँमा धोका खाएकी छे । र, मजस्ता महिला लाखौँ छन् । अनलाइन डेटिङ नामक झुर प्रचलनले हामीजस्ता धेरैको जिन्दगी बर्बाद भएको छ । यस प्रकरणमा सबैभन्दा धेरै धोका खाने महिला बि्रटिस हुन् ।

अनलाइन डेटिङ झुटो संसारको भ्रमपूर्ण सयर हो । यसमा प्रेमका गफ दिने असंख्य मानिस भेटिन्छन्, तर प्रेम (जसलाई अनन्त र अमर भनिन्छ) पाउने र दिने अत्यन्तै थोरै संख्यामा हुन्छन् । अनन्त हुन्छ डेटिङको प्रक्रिया, तर प्रेम कुन पन्छीको नाम हो, अनलाइन प्रेमीप्रेमिकालाई थाहा हुँदैन ।

मैले अनलाइन डेटिङ सुरु गरेको चौध वर्ष भयो । त्यतिवेला म ३० वर्षकी थिएँ । अविवाहित थिएँ । मैले काम गर्ने वातावरण महिलामैत्री थिएन । मेरो संगत दुःखी र अभावग्रस्त महिलाहरूसँग मात्रै हुन्थ्यो । सुन्दर र आकर्षक पुरुषलाई म सपनामा मात्रै देख्ने गर्थें । अर्थात् ब्राड पिटजस्ता पुरुष मेरो सपनामा आउँथे र जान्थे ।

म न डिनर पार्टीमा उपयुक्त थिएँ, न नाइट क्लबमा । मध्यम उमेर -पचास वर्षका हाराहारी)का महिलाका लागि दिइने डिनर पार्टीका लागि म एकदम कलिली थिएँ भने सत्र/अठार वर्षका अल्लारे केटाकेटीले हाहु गर्ने नाइट क्लबमा लागि एकदम बूढी थिएँ । कम्प्लेक्स थर्टी -तीस वर्ष पुगेपछि देखिइने जटिलता) को नमीठो अनुभव गरिरहेकी थिएँ म । म आफ्ना नजरमा कतै पनि 'फिट' नहुने महिला थिएँ । यस्तो कुण्ठित परिस्थितिमा मलाई केही साथीले सहयोग गरे । र, आफ्ना 'फोहोरी गोप्य रहस्य' खोलेँ । अर्थात् अनलाइन डेटिङ । त्यसपछि मैले तथाकथित प्रेमको दुनियाँमा कदम राखेँ । एक यस्तो दुनियाँ जहाँ प्रेम एउटा हल्काफुल्का संज्ञाबाहेक केही पनि थिएन ।

आजकल इन्टरनेट डेटिङमा यति धेरै मानिस सहभागी हुन्छन् कि यो विपरीत लिंगीलाई भेट्ने सर्वस्वीकार्य माध्यम भइसकेको छ । आज हजारौँ डेटिङ साइट छन् । साकाहारी, क्रिश्चियन, एकल अभिभावक, खेलकुदप्रेमीदेखि पाल्तु जनावरप्रेमीसम्मका विभिन्न साइट । तपाईंले नाम मात्रै लिनुपर्छ, साइट सेवामा हाजिर छ । तर, १४ वर्षअघि थोरै डेटिङ साइटमात्रै उपलब्ध थिए ।

मैले एउटा साइट ब्राउज गरेँ र साइनअप गर्नुअघि केही पैसा बुझाएँ । र, म हषिर्त र चकित थिएँ, त्यस साइटले मेरा लागि असंख्य सुन्दर पुरुषलाई मेरो सम्भावित जोडीका रूपमा उपलब्ध गराएकोमा । कम्प्युटरको स्त्रिनमा उनीहरूको हँसिलो र चहकिलो अनुहार देख्दा म खुसीले फुरुङ पर्थें ।

तर, मेरो व्यक्तिगत विवरण दिएपछि ती ब्राड पिटजस्ता समृद्ध र सुन्दर पुरुष एकाएक हराउन थाल्थे । म आफ्नो पाक कलाको घमन्ड र बिकिनीको भव्यता प्रस्तुत गर्न सक्दिनथेँ किनभने म सामान्य बि्रटिस युवती थिएँ । इन्टरनेटमा 'प्रेम' खोज्ने पुरुषहरू सायद असाधारण युवतीको खोजीमा हुन्छन् । तर अपसोस, म एकदम सामान्य युवती थिएँ । र, मजस्ता सामान्य युवती यस संसारमा लाखौँ छन् ।

डेटिङ साइटमा सहभागी हुनुभन्दा अघि आफ्नो प्रोफाइल (व्यक्तिगत विवरण) प्रस्तुत गर्नुपर्छ । वास्तवमा यो समयको बर्बादी हो । विशेष गरी महिलाका लागि । तपाईंले खाजा खाने समयमा सगरमाथा चढ्नु भए पनि या क्यान्सरको उपचारपद्धति पत्ता लगाउनु भए पनि, यसबारेमा कसैको चासो हुने छैन । तर, तपाईंको शरीरको आकार-प्रकार या तपाइंर्ंको आम्दानीबारे धेरैको चासो रहनेछ । केही साइटले यस्ता हास्यास्पद प्रश्न सोध्छन् जसको सम्बन्ध महिलाको व्यक्तित्वसँग बाह्र हातको सम्बन्ध पनि हुने गर्दैन ।

मैले लामो समयसँग डेटिङ गरेको एक पुरुषले मलाई यतिसम्म धोका दिएको छ कि उसले आफ्नो उमेरबारे भयानक झुट बोल्यो । आफू ३५ वर्ष मात्रै भएको कुरा गरेको थियो उसले । र, तस्बिर पनि त्यस्तै पठाएको थियो । तर, जब मैले केही माध्यमबाट सत्य पत्ता लगाएँ, म छाँगाबाट खसेझैँ भएँ । ऊ त ५० वर्षको मान्छे रहेछ ।

चौध वर्षदेखि म इन्टरनेटमा जीवनसाथीको खोजीमा छु । मजस्ता लाखौँ महिला यस्तो निरर्थक खोजीमा छन् । तर, अनलाइनमा जीवनसाथीको खोजी गर्नु मूर्खता हो।

पुरै हेर्नुहोस्...

विद्युत् चोर्नेहरू रंगेहात पक्राउ

सप्तरी, माघ

बिजुलीको पोलबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने १० जनालाई बिहीबार बिहान जिल्लाको विभिन्न गाविसबाट रंगेहात पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख शम्भु कुसियैत यादव र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको कल्याणपुर गाविस-२ का गंगा सदा, राजकुमार चौधरी, मो. मंजुर मियाँ, मलेकपुर गाविस-५ खुरहुरियाका कारीप्रसाद यादव, बसवलपुर गाविस-१ का भुवन चौधरी, सीतापुर गाविस-३ का मैनी मण्डल, जितपुर गाविस-३ का रामविलास साह, मोहनपुर गाविस-४ कठौनाका भुटाई चौधरी, रामपुर जमुवा गाविस-४ का विजयकुमार चौधरी र वडा नम्बर ६ का आशाराम चौधरी छन् । पक्राउ परेकाहरूको घरबाट केही थान विद्युतीय मोटर र तारसमेत प्राधिकरणले जफत गरेको छ ।

प्राधिकरणका कर्मचारी र प्रहरी सम्मिलित गस्ती टोलीले उनीहरूलाई उनकै आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिए । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all