ब्रिटिस महिला क्लाउडिया कोनेल १४ वर्षदेखि इन्टरनेटमा जीवनसाथीको खोजीमा छिन् । ४४ वषर्ीया क्लाउडियाको अनुभव छ- इन्टरनेटमा जीवनसाथी खोज्नु मूर्खता हो ।
एक्लो हुनुहुन्छ ? भव्य जीवनसाथीको प्रतीक्षा गर्दा गर्दै थाकिसक्नुभो ? भनेजस्तो जोडी नपाउँदा निराश हुुनुहुन्छ ? छाड्दिनुस् निराश हुन । संसार सुन्दर, आकर्षक र 'छ अंकको तलब खाने (लाखभन्दा बढी)' पुरुषहरूले भरिभराउ छ र उनीहरू हत्ते हालेर तपाईंका पछि लाग्नेछन् । तर, अनलाइनको झुटो दुनियाँमा मात्र ! असली संसारमा त यस्ता पुरुष उहिल्यै बिलाइसके ।
म इन्टरनेट डेटिङको कुरा गरिरहेकी छु जहाँ लाखौँ महिला र पुरुष जीवनसाथी खोज अभियानमा संलग्न हुन्छन् । र, स्वीकृत/अस्वीकृत हुन्छन् । ब्रिटेनमा अनलाइनमा जोडी खोज्ने लोकपि्रय परम्पराविरुद्ध म केही बोल्न चाहन्छु ।

अविवाहित या एक्ला मानिसमध्ये लगभग आधाभन्दा बढी प्रेमको खोजीमा इन्टरनेटको शरणमा पर्छन् । केहीका भागमा सफलता परे पनि अधिकांशका भागमा निराशाबाहेक केही पर्दैन । अझ महिलाका सन्दर्भमा यो असफलताको मात्रा धेरै हुने गर्छ । मेरो सवालमा म त्यस्ती महिला हुँ जसले इन्टरनेट या अनलाइनको झुटो दुनियाँमा धोका खाएकी छे । र, मजस्ता महिला लाखौँ छन् । अनलाइन डेटिङ नामक झुर प्रचलनले हामीजस्ता धेरैको जिन्दगी बर्बाद भएको छ । यस प्रकरणमा सबैभन्दा धेरै धोका खाने महिला बि्रटिस हुन् ।
अनलाइन डेटिङ झुटो संसारको भ्रमपूर्ण सयर हो । यसमा प्रेमका गफ दिने असंख्य मानिस भेटिन्छन्, तर प्रेम (जसलाई अनन्त र अमर भनिन्छ) पाउने र दिने अत्यन्तै थोरै संख्यामा हुन्छन् । अनन्त हुन्छ डेटिङको प्रक्रिया, तर प्रेम कुन पन्छीको नाम हो, अनलाइन प्रेमीप्रेमिकालाई थाहा हुँदैन ।
मैले अनलाइन डेटिङ सुरु गरेको चौध वर्ष भयो । त्यतिवेला म ३० वर्षकी थिएँ । अविवाहित थिएँ । मैले काम गर्ने वातावरण महिलामैत्री थिएन । मेरो संगत दुःखी र अभावग्रस्त महिलाहरूसँग मात्रै हुन्थ्यो । सुन्दर र आकर्षक पुरुषलाई म सपनामा मात्रै देख्ने गर्थें । अर्थात् ब्राड पिटजस्ता पुरुष मेरो सपनामा आउँथे र जान्थे ।
म न डिनर पार्टीमा उपयुक्त थिएँ, न नाइट क्लबमा । मध्यम उमेर -पचास वर्षका हाराहारी)का महिलाका लागि दिइने डिनर पार्टीका लागि म एकदम कलिली थिएँ भने सत्र/अठार वर्षका अल्लारे केटाकेटीले हाहु गर्ने नाइट क्लबमा लागि एकदम बूढी थिएँ । कम्प्लेक्स थर्टी -तीस वर्ष पुगेपछि देखिइने जटिलता) को नमीठो अनुभव गरिरहेकी थिएँ म । म आफ्ना नजरमा कतै पनि 'फिट' नहुने महिला थिएँ । यस्तो कुण्ठित परिस्थितिमा मलाई केही साथीले सहयोग गरे । र, आफ्ना 'फोहोरी गोप्य रहस्य' खोलेँ । अर्थात् अनलाइन डेटिङ । त्यसपछि मैले तथाकथित प्रेमको दुनियाँमा कदम राखेँ । एक यस्तो दुनियाँ जहाँ प्रेम एउटा हल्काफुल्का संज्ञाबाहेक केही पनि थिएन ।
आजकल इन्टरनेट डेटिङमा यति धेरै मानिस सहभागी हुन्छन् कि यो विपरीत लिंगीलाई भेट्ने सर्वस्वीकार्य माध्यम भइसकेको छ । आज हजारौँ डेटिङ साइट छन् । साकाहारी, क्रिश्चियन, एकल अभिभावक, खेलकुदप्रेमीदेखि पाल्तु जनावरप्रेमीसम्मका विभिन्न साइट । तपाईंले नाम मात्रै लिनुपर्छ, साइट सेवामा हाजिर छ । तर, १४ वर्षअघि थोरै डेटिङ साइटमात्रै उपलब्ध थिए ।
मैले एउटा साइट ब्राउज गरेँ र साइनअप गर्नुअघि केही पैसा बुझाएँ । र, म हषिर्त र चकित थिएँ, त्यस साइटले मेरा लागि असंख्य सुन्दर पुरुषलाई मेरो सम्भावित जोडीका रूपमा उपलब्ध गराएकोमा । कम्प्युटरको स्त्रिनमा उनीहरूको हँसिलो र चहकिलो अनुहार देख्दा म खुसीले फुरुङ पर्थें ।
तर, मेरो व्यक्तिगत विवरण दिएपछि ती ब्राड पिटजस्ता समृद्ध र सुन्दर पुरुष एकाएक हराउन थाल्थे । म आफ्नो पाक कलाको घमन्ड र बिकिनीको भव्यता प्रस्तुत गर्न सक्दिनथेँ किनभने म सामान्य बि्रटिस युवती थिएँ । इन्टरनेटमा 'प्रेम' खोज्ने पुरुषहरू सायद असाधारण युवतीको खोजीमा हुन्छन् । तर अपसोस, म एकदम सामान्य युवती थिएँ । र, मजस्ता सामान्य युवती यस संसारमा लाखौँ छन् ।
डेटिङ साइटमा सहभागी हुनुभन्दा अघि आफ्नो प्रोफाइल (व्यक्तिगत विवरण) प्रस्तुत गर्नुपर्छ । वास्तवमा यो समयको बर्बादी हो । विशेष गरी महिलाका लागि । तपाईंले खाजा खाने समयमा सगरमाथा चढ्नु भए पनि या क्यान्सरको उपचारपद्धति पत्ता लगाउनु भए पनि, यसबारेमा कसैको चासो हुने छैन । तर, तपाईंको शरीरको आकार-प्रकार या तपाइंर्ंको आम्दानीबारे धेरैको चासो रहनेछ । केही साइटले यस्ता हास्यास्पद प्रश्न सोध्छन् जसको सम्बन्ध महिलाको व्यक्तित्वसँग बाह्र हातको सम्बन्ध पनि हुने गर्दैन ।
मैले लामो समयसँग डेटिङ गरेको एक पुरुषले मलाई यतिसम्म धोका दिएको छ कि उसले आफ्नो उमेरबारे भयानक झुट बोल्यो । आफू ३५ वर्ष मात्रै भएको कुरा गरेको थियो उसले । र, तस्बिर पनि त्यस्तै पठाएको थियो । तर, जब मैले केही माध्यमबाट सत्य पत्ता लगाएँ, म छाँगाबाट खसेझैँ भएँ । ऊ त ५० वर्षको मान्छे रहेछ ।
चौध वर्षदेखि म इन्टरनेटमा जीवनसाथीको खोजीमा छु । मजस्ता लाखौँ महिला यस्तो निरर्थक खोजीमा छन् । तर, अनलाइनमा जीवनसाथीको खोजी गर्नु मूर्खता हो।

0 comments:
Post a Comment