नेपालको Time
नेपाली दैनिक पात्रो
Chat With Me
Visitor
Nepali रुपैया Converter
Traffik Feed
बिषय सुची
Subscriptions box
Sunday, August 29, 2010
भयानक दुर्घाटनापछिको गाउँ
Posted by sangson ''JAYA" at 5:27 AM 0 comments
Labels: समाचारहरु
Tuesday, August 24, 2010
चुट्कीलाहरु
यति भनेपछि पत्नीले पनि जोडले एक झापड हान्दै पतिलाई भन्छे के तपाइले मात्रै माया गर्छु भन्नु भा, म पनि हजुरलाई कत्ति माया गर्छु'
ट्राफिक प्रहरी र एउटा साइकलयात्रुको भनाभन चलिरहेको थियो । पुरानो जनावर शिक्षक- 'भन च राम संसारको पुरानो जनावर कुन हो?' आजसम्म जिउँदै? एकजना बिरामी मेडिकलमा गएछ र भनेछ- |
बिरामी - मलाई औषधी दिनु होस न ?
औषधी पसले - पहिला भन्नुहोस तपाईलाई के भयो ?
बिरामी - हेर्नुस न ? मलाई ३, ४ दिन देखी रुघाखोकी लागेको छ घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
औषधी पसले - उसो भए ३, ४ दिन देखी रुघाखोकी लागेको छ ?
बिरामी - हो अँ ?
औषधी पसले - घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
बिरामी - हो अँ ?
औषधी पसले - अनि तपाई आजसम्म जिउँदै ?
भेट
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि .......?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा...... ।।।।।
Posted by sangson ''JAYA" at 12:12 AM 0 comments
Labels: चुट्कीलाहरु
Monday, August 23, 2010
अग्नी एअरको विमान दुर्घटनाग्रस्त
विमानमा सवार सबैको मृत्यु भएको स्थानीयको भनाई
मौसम खराबीका कारण उद्धारका लागि हेलिकप्टर जान सकेन
११ यात्रु मध्ये ६ विदेशी नागरिक
काठमाडौ, भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको डोनियर विमान मकवानपुरको शिखरपुर गाविसमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ ।स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।
त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ । तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन ।
विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा र खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको छ ।
Posted by sangson ''JAYA" at 11:56 PM 0 comments
Labels: समाचारहरु
Thursday, August 19, 2010
Tuesday, August 17, 2010
Sunday, August 15, 2010
राजेश पायल राईको भिडियो गीतहरु
gau besima
timijasti subasili
kina chadyo
pritiko nawma
kuku chari
maya timi chodi
silsila
Timilai roje
Sirai ful sirbandi
Chadi jane nirmohiko
Posted by sangson ''JAYA" at 9:50 PM 0 comments
Labels: भिडियोहरु
Sunday, August 8, 2010
दक्षिण एसियाको गरिबीमा नेपाल
दक्षिण एसियालाई विशाल भूराजनीतिक, सामाजिक तथा सांस्कृतिक विविधताको घर भन्ने गरिन्छ । यस क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या १.४ अर्ब छ, जुन विश्वको कुल जनसंख्याको २२.२ प्रतिशत हो । दक्षिण एसियाको कुल जनसंख्याको औसत ३१.७ प्रतिशत मानिस गरिब छन् ।
सार्क राष्ट्रहरूमा माल्दिभ्स अरू मुलुकका दाँजोमा गरिबी कम भएको देश हो । माल्दिभ्सलाई छाडेर अन्य मुलुकको गरिबी हेर्ने हो भने २६.७ देखि माथि झन्डै ५० प्रतिशतसम्म रहेको छ । माल्दिभ्सको गरिबीको प्रतिशतचाहिँ सबैभन्दा कम छ, १३ प्रतिशत । नेपालको गरिबी ३८ प्रतिशत छ भने भारतको २६.१ रहेको छ । सबैभन्दा गरिब बंगलादेश रहेको छ । यहाँ ४९.८ प्रतिशत नागरिक गरिब छन् ।
गरिबीले गर्दा नेपालले भोग्नुपरेको एउटा जटिल समस्या चेलीबेटी बेचबिखन पनि हो । गरिब आमाबाबुको सन्तान भएर जन्म लिनु नारीका लागि अपराधजस्तै हुने गरेको छ, नेपाली समाजमा । घरको आर्थिक स्थितिले सताइएका कतिपय आमाबाबुले पैसा पाउने लोभमा आफ्ना छोरीहरू दलालका हातमा बेचेका घटना सुुन्नमा आउँछन् वेलावेलामा । कतिपय युवती त गरिबीले ग्रस्त जीवनले दिएका पीडाबाट मुक्ति पाइने र सन्तोषले भरिएको जीवन व्यतीत गर्न पाउने आशामा दलालको झुटो प्रेममा परी बेचिएका कुरा अरू प्रकारका बेचबिखनका घटनाभन्दा बढी घटेका र बाहिर आएका छन् । कतिपय गरिब आमाबाबुले आफ्ना छोरीलाई आफन्तले रोजगारी दिलाइदिने र छोरीले प्रतिमहिना पैसा पठाउने प्रलोभनमा आएर आफन्तको जिम्मा छोरी लगाइदिँदा छोरी वेश्यालयको कोठीमा पुगेका घटना पनि नेपालको परिवेशमा नौला रहेनन् ।
बालबालिकाको यौनबजार र श्रमबजारमा खुलेआम प्रयोग भएको छ । विदेशी र स्वदेशी दुवैखाले आगन्तुकलाई लोभ्याउन र पैसा झार्न कलिला बालिकालाई यस पेसामा लगाइएको छ । १० वर्षमुनिका बालबालिकालाई घरेलु कामदारका रूपमा काठमाडौंका घरधनीहरूले आफ्नो क्रूरताभित्र कैद गरेका छन् र पाशविकताको सीमा नाघेर गरिएका अत्याचारका घटना वेलावेलामा सञ्चारमाध्यममा आउने पनि गर्छन् । बाल यौनशोषणको नालीबेली पनि योभन्दा फरक छैन ।
बालबालिकालाई यौनबजारमा राखेर आफ्नो गोजी भर्ने लालसा र मानिसमा बढ्दै गइरहेको यौन-आसक्तिले गर्दा बालबालिका शोषणमा परिरहेका छन् । बालबालिकाका क्षेत्रमा काम गर्न नौ सय ४० वटा राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्रियाशील रहेको समाज कल्याण परिषद्को तथ्यांकले देखाउँछ । बालबालिकासम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुनका आधारमा काम गर्ने ती संस्थाले कति जना बालबालिकालाई शोषणको दलदलबाट मुक्त गर्न सकेका छन्, त्यो फरक बहसको विषय हो ।
बालश्रमिक, बालयौन शोषण, घरेलु द्वन्द्व र हिंसा, बेरोजगारी, युवापुस्ताको विदेश पलायन, कमिसनखोरी र भ्रष्टाचार, राजनीतिक दाउपेच र सत्तालिप्सा, विदेशी हस्तक्षेप आदि नेपाल र नेपालजस्ता गरिब देशका प्रमुख समस्या बनेका छन् । यी समस्याको मूल कारक भनेको देशभित्रको गरिबी मात्रै हो । देश यदि सम्पन्नताको बाटामा डोर्याइने हो र नीति-निर्माताले गरिब नागरिकको हितमा कार्यक्रम बनाउनतिर ध्यान दिन थाल्ने हो भने गरिबीले फैलाएको संक्रमणबाट पीडित हुनुपर्नेछैन ।
गरिब नागरिकका पक्षमा उठ्ने आवाजलाई समयक्रमसँगै बुलन्द र एक गर्नुको साटो पार्टीहरूले राजनीतिकोे मुद्दा बनाउने गरेका छन् । नागरिकले भोगिरहेको गरिबीलाई हटाउन नसक्दा देशभित्र फैलिएको अशान्ति, त्रास, निराशा आदिलाई कम गर्न सकिँदैन, रोग, भोक र शोकका मुद्दालाई सम्बोधन गर्न नसक्दा हाम्रो नेपाललाई राम्रो नेपाल बनाउन सकिँदैन ।
रामदत्त जोशी, मैतीदेवी, काठमाडौं
गणतान्त्रिक ज्वाइँसाब !
राजबहादुर सिंहले राजनीतिमा प्रवेश गरेर राजपरिवारको राजनीतिमोह देखाएका छन् । उनको राजनीति प्रवेशले अब पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस पनि राजनीतिमा आउने पूर्वतयारीको संकेत गरेको छ । सायद ज्ञानेन्द्रले ज्वाइँमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने संकेत दिएका होलान् ।
(राजबहादुर राजनीतिमा, २० साउन, कभर स्टोरी)
स्वप्निल थापा, ठमेल, काठमाडौं
राजबहादुर राजनीतिका आडमा आफ्नो व्यापार फैलाउने धुनमा छन् । तर, एक साधारण नेपालीले राजनीतिमा प्रवेश गरेसरह राजबहादुरको पार्टी प्रवेशलाई पनि लिनुपर्छ ।
भूमिका राई, भोजपुर
के हो, पूर्वराजाको ज्वाइँले त घच्चीको शपथ लिएछन् नि ! कमल थापाजस्ता नेता भने राजतन्त्र बिउँताउने सपनामा बाँचिरहेका छन् । तर, स्वयं पूर्वराजाका ज्वाइँ भने 'जनताको संघीय गणतन्त्र जिन्दावाद !' भन्दै शपथ लिइरहेका छन् । यो त अचम्मलाग्दो कुरा होइन र ?
सुदर्शन रिसाल, सतुंगल, काठमाडौं
विवाद नगरेकै राम्रो
भोलि गएर माओवादी लडाकु पनि सरकारी सुरक्षा अंगमै समायोजित हुने भएपछि किन संख्या थपेर व्यर्थमा टाउको दुखाइरहनु ? फेरि त्यही सेनामा आफू पनि समायोजित हुनु नै छ भने किन व्यर्थमा शत्रुता बढाइरहनु ? सरोेकारवाला कमरेडहरूले यसबारे राम्ररी सोचिदिनुभए हुन्थ्यो नि !
(माओवादी सेनामा पनि भर्ना खुला, १९ साउन, कभर स्टोरी
गोपाल खड्का, मन्थली, रामेछाप
अहिले फेरि सेना र माओवादी दुवैले शत्रुको व्यवहार देखाइरहेका छन् । सेनाले भर्ती खोल्दैमा त्यो माओवादीप्रति लक्षित नै त हुन्न नि ! आखिर माओवादी पनि नेपाली जनता नै हुन् । सेनाको दायित्व त नेपाली जनताको सुरक्षा गर्नु हो । त्यो कुन राजनीतिक दलको कार्यकर्ता हो भनेर उसले छुट्टयाउन मिल्दैन । विगतमा सरकारमा रहँदा स्वयं प्रचण्डको सुरक्षामा पनि सेना खटिएको कुरा त माओवादीले भुलेको छैन होला नि ?
सरिता थापामगर, धापासी, काठमाडौं
सेनामा रिक्त दरबन्दीमा गरिने भर्तीलाई बृहत् शान्ति-सम्झौताविरोधी कार्यका रूपमा व्याख्या गरिनु नै गलत छ । सम्झौतामा नयाँ भर्ना नलिने पो भनिएको हो त, रिक्त दरबन्दीमै पनि भर्ती नलिइने त कहाँ भनिएको छ र ? यस्तो सिधा कुरामा पनि अड्को थापेर माओवादी लडाकुको पनि भर्ती खोलिनु अनावश्यक रडाको मच्चाउने प्रयासबाहेक केही होइन ।
विनोद थापा, बनेपा, काभ्रे
कसले बुझिदेला ?
आखिर त्यही व्यक्ति नै प्रधानमन्त्री हुनु छ भने दिनदिनको बैठक र भेटघाट किन गरिरहनुपर्यो र ? किन दिन-दिनको नाटक मञ्चन गर्नुपर्यो ? नेपालको बिग्रँदो राजनीतिक अवस्थाले गर्दा सर्वत्र अन्योल छ । दिनप्रतिदिनको चर्कंदो मूल्यवृद्धि, अभाव र असुरक्षाले गर्दा नेपालको अवस्था झन्झन् दयनीय बन्दै गइरहेको छ । राजनीतिक नेतृत्वको आश्वासनलाई जनताले विश्वास गर्न छाडिसकेका छन् । सोझा जनताले कतिसम्म विश्वास गर्नु यी नेतालाई ? 'जति जोगी आए पनि कानै चिरेका' भनेजस्तै जो सत्तामा पुगे पनि देश र गरिब जनताका हितमा कसैले केही गरेको पाइँदैन ।
यस्तोमा अब बन्ने सरकारको पनि के विश्वास ? यहाँ कसैलाई देशको चिन्ता छैन । सबैले पाएसम्म सत्तामा बसेर मोज गर्न मात्र जानेका छन् । अहिले देशका अनेकौँ भूभागका बासिन्दालाई बाढीपहिरोले सताइरहेको छ । कैयौँ गरिब नेपाली घरबारविहीन भएका छन्, कति बिचल्लीमा परेका छन् । कति त झाडापखालाजस्ता साधारण रोगको गम्भीर संक्रमण भई सामान्य उपचारसमेत नपाई भकाभक मर्न थालेका छन् । खै यसबारे सोच्न, ध्यान दिन, सहयोग गर्न र राहत दिन को अघि सरको छ यहाँ ?
के नेपाली जनताले चाहेको नयाँ नेपाल यही हो ? यहाँ कसैले कसैको महत्त्व बुभ\mदैनन् । कसैको मतलब गर्दैनन् । ठूलाठालू भनिनेहरू गरिबलाई पेलेर अझै माथि उठ्न खोज्छन् । स्वतन्त्र बाँच्नेले अहिले शान्तिले बाँच्न नपाउने स्थिति भइसकेको छ, यो लोकतान्त्रिक गणतन्त्र नेपालमा ।
Posted by sangson ''JAYA" at 9:36 AM 0 comments
Labels: समाचारहरु
करिश्माको छातीमा गुलाब
उमेरले चार दशक पुगेपछि 'सदासर्वदा सुन्दरी' करिश्मा मानन्धरको छातीको देब्रे भागमा फूल फुलेको छ, त्यो पनि गुलाबको । अहिले आएर यी नायिकालाई के झोक चलेछ कुन्नि ? उनले आफ्नो दायाँ वक्षस्थलको उभारमा गुलाबको फुलको ट्याटु खोपाएकी छिन् । सुट लगाएका पुरुषले कोटमा फूल सिउरेर दंग परेझैं करिश्मा पनि अचेल उनलाई आमन्त्रण गरिएका सार्वजनिक कार्यक्रमहरूमा उभारको फूल देखिने पहिरन लगाउँछिन् । गत साता मात्र राजधानीमा आयोजित भिन्दाभिन्दै दुई कार्यक्रममा करिश्माको ओपन ड्रेस तथा उनको उभारको गुलाबको फूलको चर्चा भयो ।
Posted by sangson ''JAYA" at 9:31 AM 0 comments
Labels: समाचारहरु
मधेसवादी दलहरूको अग्निपरीक्षा
यो लडाइ रूपपक्षमा झलनाथ र ओलीको, प्रचण्ड र रामचन्द्रको जस्तो देखिए पनि सारमा भारतीय विस्तारवाद र नेपाली राष्ट्रवादी शक्तिहरूबीचको हो
श्रावण २१ गते पनि देशले प्रधानमन्त्री पाएन । गत ५ गते एमाले अध्यक्ष झलनाथ खनाललाई माओवादीसमेतको समर्थनले ३९१ को बहुुमत प्राप्त भए पनि ४०१ प्राप्त गनर्ैै पर्ने पार्टीनिर्णयका कारण उनी प्रधानमन्त्री बन्नबाट वञ्चित भए । ७ गतेको निर्वाचनमा पनि एमाले र मधेसवादी दलको तटस्थताले कसैले पनि विजय प्राप्त गरेनन् । १७ गतेको निर्वाचनमा पुनः एमाले र मधेसवादी दलको तटस्थ निर्णयले निष्कर्ष निक्लिएन । २१ गतेको निर्वाचनले देशलाई प्रधानमन्त्री निर्वाचित गर्ने प्रायःले आशा गरेका थिए, तर भारतीय विशेषदूत श्यामशरणको आगमन र कथित प्रजातान्त्रिक गठबन्धनको माओवादीविरोधी एकताको निर्देशनपश्चात् त्यो पनि निष्कर्षविहीन हुनपुग्यो ।
चौथो चरणसम्मको निर्वाचनले देशलाई प्रधानमन्त्री दिन नसक्नुु आफैँमा चिन्ताको विषय हो । त्यसभन्दा पनि शान्ति, संविधान र राष्ट्रिय स्वाधीनताप्रति हाम्रा दलहरू कति स्वतन्त्र छन् भन्ने प्रश्न थप चिन्ताको विषय बनेको छ । राजनीतिक दलहरूको अस्तित्वसँग जोडिएको यस प्रश्नको जवाफ आगामी भाद्र २ गतेको निर्वाचनमा आउने आशा जनताले राखेका छन् ।
संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शान्ति, संविधान र मधेसको सवाललाई लिएर तीनबुँदे आधारपत्र प्रधानमन्त्रीका प्रत्याशी दलहरूलाई पठाएको थियो । माओवादी र कांग्रेसले आआफ्नो दलीय अवधारणा र मान्यतामा कायम रही उक्त अवधारणापत्रप्रति सकेसम्म लचिलो बन्ने प्रतिबद्घता व्यक्त गरेका थिए । अस्पष्ट विषयहरूमा छलफलसहित निर्णयमा पुुग्न लोकतान्त्रिक मधेसी मोर्चाले ए.माओवादी र नेपाली कांग्रेसलाई बोलाइ पटकपटक छलफल पनि चलाएको थियो । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागबारे माओवादी धेरै सकारात्मक भएको निष्कर्षमा पुुगेको पनि थियो । तर पनि मोर्चाले १७ गतेको निर्वाचनमा तटस्थ
मधेसी मोर्चा माओवादीको जवाफ सकारात्मक भएको निष्कर्ष निकाल्न बाध्य भएको थियो । नेमकिपा र केही स्वतन्त्र सभासद्ले क. प्रचण्डको पक्षमा प्रतिबद्धता जनाइसकेका थिए । मधेसवादी दलका केही सभासद्हरूले १७ गते नै विद्रोह गरेका र त्यसको प्रभाव अन्य दलमा बढ्दो थियो । त्यही क्रममा भारतीय विशेष दूत श्यामशरणको आकस्मिक नेपाल आगमन हुनु, उनले मधेसवादी दलका नेता तथा सभासद्हरूलाई मात्र भारतीय दूतावासको रात्रिभोजमा डाक्नु र मधेसवादी दलबाट विद्रोह गरी ए.ने.क.पा -माओवादी) मा प्रवेश गरेका सभासद् एवं केन्द्रीय सदस्य रामकुुमार शर्मालाई भारतीय दूतावासका अधिकारीबाट अपहरण र हत्याको धम्कीसमेत आउनुुले २१ गतेको निर्वाचनलाई ठूलो प्रभाव पार्यो । यी सबै घटनाले सामान्यतः विशेषतः मधेसवादी दलमाथि लाग्दै आएको भारतीय पक्षधरताको आरोप पुष्टि हुने अवस्था सिर्जना भएको छ ।
आफ्नै निष्कर्षबमोजिम प्रचण्डलाई मतदान गर्न नसक्नुबाट मधेसवादी दलहरूले मधेसको मुुद्दालाई भन्दा मोर्चाको एकतालाई जोड दिएको देखिएको छ । जुुन कुुरो सैद्वान्तिक रूपमै गलत छ । मोर्चा साधन हो, प्राप्त गर्ने कुुरो साध्य हो । जब राम्रो साध्यका निमित्त साधन बाधक हुुन्छ, त्यो साधनका लागि यति धेरै जोड दिनुुको कुुनै औचित्य हुँदैन । फ्लोर क्रस गर्ने सभासद्हरूले पक्कै त्यही बुझेको हुनुपर्छ । अन्ततः यसले मधेसी दलहरू एउटै मोर्चामा रहन नसक्ने स्थिति निश्चितप्रायः गरिदिएको छ । १७ गतेकै निर्वाचनमा पनि आफ्नो मत निणर्ायक हुुने भएको भए सद्भावना पार्टीले क.प्रचण्डको पक्षमा मतदान गर्ने बताइसकेको थियो । आफ्नो मत निणर्ायक पनि नहुुने र प्रचण्डलाई मत दिँदा मोर्चामा विभाजन पनि आउने हुनाले सद्भावनाले मतदान गरेन । उता लोकतान्त्रिक मधेसी फोरमका शरदसिंह भण्डारीसहितका बहुुमत सभासद् क.प्रचण्डकै पक्षमा मतदान गर्न जोड दिइरहेका थिए । सबै मधेसवादी दलका स्थानीय कार्यकर्ताहरूले देशलाई निकास दिन र आफ्ना एजेन्डा कार्यन्वयन गर्न प्रचण्डको पक्षमा नै चाँडोभन्दा चाँडो मतदान गर्न दबाब दिइरहेका छन् । त्यसकारण नेपाली राजनीति दलहरू स्वाभिमानी छन् भन्ने देखाउन, मधेसीवादी दलहरूले मोर्चामा एकता कायम राख्न, भारतपरस्त छैनौँ भन्ने देखाउन, देशलाई निकास दिई आफ्नो एजेन्डालाई कार्यान्वयन गराउन पनि क.प्रचण्डलाई मतदान गर्नै पर्ने स्थितिको सिर्जना भएको छ ।
मधेसलाई पहाडका सामन्ती खस ब्राह्मणवादी र त्यसको प्रतिनिधित्व गर्ने सामन्ती राजतन्त्र एवं त्यसको सत्ताले क्षेत्रीय उत्पीडनमा त पारेकै थियो । राजतन्त्रको अन्त्यपछि पनि दलाल, नोकरशाह र सामन्ती सत्ताले त्यो पुुरानो उत्पीडनलाई निरन्तरता दिइरहेकै छ । भारतीय विस्तारवादी हस्तक्षेपको प्रत्यक्ष मार पनि मधेस र मधेसका जनता खेप्न बाध्य छन् । भारतबाट नेपालको जति पनि भूभाग अतिक्रमणमा परेका छन्, त्यसमध्ये अधिकांश मधेसमै पर्दछन् । मधेसमा पहाडियाहरूको बोलवाला र हैकम मात्र बढेको छैन, भारतीय पक्षको अनियमित घुुसपैठको कारण त्यहाँको भूमि र रोजगार खोसिने क्रम पनि बढ्दो छ । त्यसकारण मधेस नेपालको पहाडी खस ब्राह्मणवादी सामन्ती सत्ता र भारतीय विस्तारवादको दोहोरो क्रिडास्थल बनेको छ र त्यसको प्रत्यक्ष मार मधेसी जनता भोगिरहेका छन् ।
नेपालका सबै सचेत नागरिकलाई थाहा छ कि केही वर्षयता नेपालको राजनीति यथास्थितिवादी र अग्रगामी शक्तिहरूको लडाइँका क्रममा गुुजि्ररहेको छ । यथास्थितिवादी शक्तिहरूलाई भारतीय विस्तारवादी शासक गुुटलेे साथ र सहयोग गरिरहेको छ । जसको उद्देश्य मुुलुुकलाई शान्ति, संविधान र नेपाललाई सङ्घीय संरचनामा जान नदिई राज्यको पुुरानै संरचना र शक्तिलाई कायम राख्नुु रहेको छ । त्यसकारण अहिलेको प्रधानमन्त्रीको निर्वाचनलाई पनि अग्रगामी र यथास्थितिवादी बीचको लडाइँको एउटा महत्त्वपूर्ण परिघटनाका रूपमा बुुझ्नुुपर्दछ । यो लडाइँ रूपपक्षमा झलनाथ र ओलीको, प्रचण्ड र रामचन्द्रको जस्तो देखिए पनि सारमा भारतीय विस्तारवाद र नेपाली राष्ट्रवादी शक्तिहरूबीचको लडाइँ हो । अहिले क.प्रचण्डले वामपन्थी, राष्ट्रवादी र गणतन्त्रवादी शक्तिहरूको नेतृत्व गरेका छन् । उनको उद्देश्य मुुलुुकलाई शान्ति, संविधान, संघीय संरचनासहितको नयाँ नेपाल र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने रहेको छ ।
अहिले एमालेको वामपन्थी खेमा पार्टीको गलत र अव्यावहारिक निर्णयका कारण यथास्थितिवादी र अग्रगामी शक्तिबीचको लडाइँमा सहभागी हुुन नसक्ने र मुकदर्शकमा सीमित रहनुुपर्ने बाध्यात्मक स्थितिमा छ । तर, देशले नयाँ निकास दिनै पर्ने अवस्था छ । कतिपय साना दल निणर्ायक पोजिसनमा नभएका र कांग्रेसले एमालेसमेतको समर्थनबिना बहुुमत प्राप्त गर्न नसक्ने स्थितिमा गणीतीय हिसाबले पनि राष्ट्रवादी र मधेसवादी दलहरूले माओवादीलाई साथ दिनै पर्ने अवस्था छ । यदि माओवादीलाई साथ नदिएमा मुुलुुकले नयाँ प्रधानमन्त्री नपाउने र यथास्थिति कायम रहने खतरा पनि छ । दस वर्षको जनयुुद्घ, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन एवं संविधानसभाको निर्वाचनले प्राप्त गरेका उपलब्धिहरूको रक्षाका लागि पनि मुुलुुकलाई नयाँ प्रधानमन्त्री र राजनीतिक निकास दिन जरुरी छ ।
मधेसवादी दलहरूको भूमिका प्रधानमन्त्री बनाउने गणीतीय जोडघटाउमा मात्रै सीमित रहनुुहुुँदैन । उसले उठाएका मुुद्दा, मधेसी जनताको भावना र मधेसी दलबीचको एकताको अपेक्षा पूरा गर्न स्वाधीन र स्वतन्त्र राजनीतिक हैसियत कायम राख्दै कुनै पनि विदेशी हस्तक्षेप नेपालीलाई सैह्य हुँदैन भन्ने सन्देश दिन जरुरी छ । मुुलुुकलाई शान्ति, संविधान निर्माण एवं अग्रगामी दिशाको प्रक्रियामा अघि बढाउन महत्त्वपूर्ण भूमिका रहने भएकाले आफ्नो दायित्वलाई समेत ख्याल राखी क.प्रचण्डका पक्षमा मतदान गर्ने निर्णयका साथ आगामी भाद्र २ गते हुुने निर्वाचनमा ऐतिहासिक भूमिका निर्वाह गर्नेछन् भन्ने सबै देशभक्त, वामपन्थी र गणतन्त्रवादी शक्तिहरूको अपेक्षा राखेका छन् । यो अपेक्षा पूरा हुन्छ कि हुँदैन ? सबै राजनीतिक दल, मुख्यतः मधेसवादी दलका नेताका लागि थप अग्निपरीक्षा हुनेछ ।
Posted by sangson ''JAYA" at 9:27 AM 0 comments
Labels: समाचारहरु
मधेसवादी दलहरूको अग्निपरीक्षा
Posted by sangson ''JAYA" at 9:27 AM 0 comments
Labels: समाचारहरु
फूल व्यवसायमा सफलता
सरकारले एक घर एक उत्पादन कार्यक्रमअन्तर्गत ललितपुरका केही ठाउँलाई सुनाखरी उत्पादन गर्ने पकेट क्षेत्र तोकेको छ । अहिले व्यावसायिक हिसाबले सरकारी अनुदानमा ३०/४० जनाले खेती गरिरहेका छन् । उनीहरूलाई अनुदानमा खेती गर्न प्रेरित गरिएको छ । कार्यक्रमले किसानलाई निकै फाइदा पुगेको छ । थोरै भए पनि सरकारको राम्रो काम भएको ठान्छन्, पुन ।
ढेलेखेका युवा वा नपढेका सबैमा अचेल विदेशिने मोह बढेको छ । त्यसले कोही पढाइको गन्तव्य खोज्दै विदेश पुग्छन् त कतिपय रोजगारीको खोजीमा बिदेसिएका छन् । तर, नेपालमै प्रशस्तै रोजगारीको विकल्प हुँदाहुदै पनि विदेशी भूमि टेक्नेका लागि गतिला जवाफ बनेका छन्, अर्नामेन्टल हर्टिक्चरिस्ट डा. उमिदकुमार पुन । उनी त्यस्ता युवा हुन् जसले विदेशमा सिकेको ज्ञान नेपालमा प्रयोग गरेका छन् ।
विदेशका प्रशस्तै अवसर छाडेर आफैले नौलो गन्तव्य बनाएका ४४ वर्षीय युवा पुन नेपालको फूल व्यवसायमा ६/७ वर्षदेखि निरन्तर लागिरहेका छन् । पुन भन्छन्, 'फूल उत्पादनको प्रशस्त सम्भावना हँुदाहँुदै पनि यो क्षेत्रले अझै छलाङ मार्न सकेको छैन ।' त्यसैले अहिले पनि भारतीय फूल भित्रिरहेका छन् । नेपाली फूल व्यवसाय अझै परम्परागत पाराले चलेकाले पनि यो अवस्था आएको उनको ठम्याइ छ । अहिले पनि कतिपय फूल फार्म व्यावसायिक बन्न सकेका छैनन् । त्यसले नथाम्ने अवस्था आइसकेको देख्छन् उनी । यतिखेर नेपालमा पनि फूलको बजार विस्तार भइसकेको छ । कुनै वेला बिहे, दसैँ-तिहार र हुनेखाने वर्गमा मात्र सीमित फूल प्रयोग अहिले सामान्य बन्दै गएको छ । फूल व्यवसाय विस्तारले उचाइ छुँदै गए पनि फूलबजार काठमाडौंकेन्दि्रत भएको ठान्छन् पुन ।
९० दशकसम्म पनि नेपालमा फूल व्यापारले व्यावसायिक गति लिइसकेको थिएन । ९० प्रतिशत फूल भातबाट ल्याइन्थ्यो । हुनेखाने र फूल सोखिन भारबाटै फूल मगाउने गर्थे । 'त्यतिवेला म भारतमा पढ्दै थिएँ । हर्टिकल्चरको विद्यार्थी भएकाले त्यसबारे स्वाभाविक रूपमा चासो राख्थेँ,' पुन ती दिन सम्झँदै भन्छन्, 'नेपालमा फूलव्यवसाय जमाउने ठूलै धोको थियो । सुरु भए पनि यसलाई विस्तार गर्न अझ धेरै बाँकी छ ।' नेपाली बजारमा फूलको बढी माग आउनेबित्तिकै भारतीय बजार ताक्नुको विकल्प अहिले पनि हटेको छैन । त्यसले नेपालीलाई कृषिप्रधान मुलुक भनी चिनाउन व्यंग्यात्मक रूपमै पनि सहयोग पुर्याएको ठम्याइ छ पुनको । सन् १९९५ मा वाषिर्क करिब साढे दई करोडको नेपाली फूल बजार अहिले झन्डै ५६ करोड पुगेको छ । यो क्षेत्र अझै विस्तारकै क्रममा छ । उनी ठान्छन्, फूलको व्यावसायिक बजार फक्रने क्रममै छ । सयपत्री मखमली फूलले मात्र बजार कब्जा गर्ने जमाना फेरिएको छ । अहिले नयाँ-नयाँ जातका फूलको विकास भएको छ । बाह्रै महिना फुल्ने खालका मौसमी फूलको माग बढ्दै गएको बताउँछन्, उनी ।
त्यसो त फूल व्यवसायमा चुनौती पनि प्रशस्तै रहेको ठान्छन्, पुन । उनी भन्छन्, 'जति नै जोखिम भए पनि यो क्षेत्रमा जम्न सकिने दृढ विश्वास थियो । सरकारी निकायले प्रयास गरे पनि किसानलाई फूलको व्यावसायिकताबारे थाहै नहुने । व्यवसायबारे सोच्ने त औँलामा गन्न मिल्ने थिए । विस्तारै अवधारणा फेरियो । केही व्यक्तिले व्यावसायिक फार्ममा खेती थाले । त्यसमध्ये हिमालयन प\mलोरी एसोसिएसन एक हो जुन मेरो परिकल्पनामा खुलेको थियो ।' सन् २००० को दशकमा केही फार्म थपिएपछि यस्ाको बजार एकाएक बढ्यो । भारतबाट फूल ल्याउन कम हुन थाल्यो । 'अझै पनि नेपालमा भारतबाट आउने फूल आधाभन्दा बढी हुने गरेको छ । तर, आधाभन्दा बढी नेपालमै उत्पादन हुने गरेको छ । यसले थोरै भए पनि नेपालको फूल बजार आत्मनिर्भर हँुदै गएको छ । यो एकदमै सकारात्मक पक्ष हो,' पुन आशावादी हँुदै भन्छन्, 'अझै धेरै गर्न सकिन्छ ।'
एकातिर फूल उत्पादनका समस्या थिए भने अर्कोतिर बजार नपाउने अवस्था पनि थियो । धेरै चुनौतीका बीच पनि हिमालय प\mलोरले गोदावरीमा सुनाखरी फूलको व्यावसायिक खेती थाल्यो । पुन अहिलेको प्रतिफलबारे सुनाउँछन्, 'कतारमा हाम्रो सुनाखरी फूलले राम्रै बजार पायो । गत वर्ष कतारमा नेपाली सुनाखरी अन्य मुलुकसित प्रतिस्पर्धामा अगाडि आयो । यस्ाले विदेशी बजारमा नेपाली फूल व्यवसायको ढोका खोलेको छ । थाइल्यान्ड, रसियालगायत मुलुकमा यसको बजार विस्तार हुने क्रममा छ ।'
फूल व्यवसायलाई व्यावसायिक बनाउने अभियानमा लागेका डा. पुन अध्ययन गर्दाका ती दिन सम्झन्छन्, 'मलाई जागिर खाने ठूलै धोको थियो । भारतमा बिएससी पढाइ सकेपछि ठूलै जागिर हात पार्ला भन्ने सोच थियो । त्यसका पनि म टपर भएकाले निकै इज्जत पाइने ठानेको थिएँ । तर, भइदियो उल्टो । झन्डै एक वर्ष जागिरको खोजीमा विभिन्न कार्यालयमा बायोडाटा पठाएँ । दर्जनौँ कार्यालय नै पुगे हुँला । तर, कतै जागिरको टुंगो लागेन । यसबाट निकै तनाब थपियो, त्यतिवेला ।' आफन्तविना जागिर पाउन नसकिने निर्णयमा त्यतिवेला पुगेका रहेछन्, पुन । उनी भन्छन्, 'विनाआफन्त काम पाउन गाह्रो हुनेरहेछ । पाए पनि दाम पाउन झनै कठिन ।' म्याग्दीको भरजुलाम जन्मिएका पुनका बुबा भारतीय पल्टनमा थिए । ६ वर्षको उमेरमै उनी अध्ययनका लागि बुबासँगै भारतमा गएका रहेछन् । सोही कारण पुनको पढाइ सबै भारतमै भएको रहेछ । पुन थप्छन्, 'काठमाडौंमा मैले चिन्ने कोही थिएन ।'
जागिर खोज्दा दिक्क भएका पुनलाई फेरि कृषिमै थप अध्ययन अघि बढाउने सुर चल्यो । त्यसका लागि उनले रामपुर कृषि क्याम्पसका प्राध्यापकको सल्लाहबमोजिम हर्टिकल्चरमा एमएचसी गर्न भारत फर्किए । डा. पुन त्यतिवेला हर्टिकल्चरको राम्रै 'स्कोप' भएको ठानी प्राध्यापनतिर लागेछन् । उनले भने, 'तीन वर्ष अध्यापन गरे पनि त्यो क्षेत्र मलाई फापेन । रामपुरमा पढाउँदा मैले सधैँ भन्ने गर्थें- कृषिको सिद्धान्त पढेर मात्र भएन, त्यसलाई व्यवहारमा पनि उतार्नु जरुरी छ । मेरो विचारमा जमिनदार किसानका छोराछोरीलाई कृषि शिक्षा पढाउनु अनिवार्य छ । जसको खेत छैन, त्यसले लिएको ज्ञानको सदुपयोग गर्दैन भने त्यस्तो पढाइको के अर्थ ?' न्युजिल्यान्डबाट प्लान्ट साइक्लोजीमा विद्यावारिधिपछि उनी व्यावसायिक पुष्पखेतीतर्फ तानिए । त्यसबाहेक यस क्षेत्रको अध्ययन-अनुसन्धानमा पनि उत्तिकै सक्रिय छन् । उनकै अवधारणामा २००४ मा हिमालयन फ्लोराइन्टर प्राइजेज जन्मियो भने हाल उनी त्यसमा म्यानेजिङ डाइरेक्टर छन् । यो कम्पनीले वाषिर्क लगभग १ करोड रूपैयाँको फूल बिक्री गर्दै आएको छ । गोदावरीमा सुनाखरीको ठूलै फार्म रहेको छ भने त्यसबाहेक चितवन, हात्तीवन -२५ रोपनी) र जिरीलगायतका फार्ममा मौसमअनुसारका फूल उत्पादन गरिँदै आएका छन् । उनको यो कार्यमा शिक्षासेवी उमेश श्रेष्ठले पनि साथ दिँदै आएका छन् । पुनको कम्पनीले गर्मी ठाउँमा फुल्ने र चिसो ठाउँमा हुनेगरी दुवैथरी मिलाएर सधँैभर उत्पादन गरिराख्ने लक्ष्य राखेको छ । डा. पुन किसानको सहकारी अवधारणा व्यापक बनाउन जरुरी देख्छन्, उनी । त्यस्तो सहकारीमा हरेक किसानले बीउ, मलदेखि लिएर ट्रयाक्टरसम्म किन्न पाउने व्यवस्था होस् । यसले एउटा सहकार्यको भोल्युम बढाउँछ, अर्को किसानले सहजै खोजेको चिज पाउन सक्छन् । जापानजस्तो विकसित मुलुकमा पनि फार्मर प्रोजेक्टअन्तर्गत किसानले गाडी, ट्रयाक्टर किन्ने गरेको बताउँछन्, पुन ।
सुनाखरी उत्पादनमा जोड
सरकारले एक घर एक उत्पादन कार्यक्रमअन्तर्गत ललितपुरका केही ठाउँलाई सुनाखरी उत्पादन गर्ने पकेटक्षेत्र तोकेको छ । अहिले व्यावसायिक हिसाबले सरकारी अनुदानमा ३०/४० जनाले खेती गरिरहेका छन् । उनीहरूलाई अनुदानमा खेती गर्न प्रेरित गरिएको छ । कार्यक्रमले किसानलाई निकै फाइदा पुगेको छ । थोरै भए पनि सरकारको राम्रो काम भएको ठान्छन्, पुन । यसले सुनाखरी फूलको बजारमा माग बढ्ने दाबी गर्छन्, उनी ।
'टि्रट' मा रक्सी चाखे
मगरको छोरा भए पनि धेरै पछि मात्र रक्सी पिएको बताउँछन्, पुन । 'हाम्रो परम्परामा प्रायः सांस्कारिक काममा रक्सी अनिवार्यजस्तै हुन्छ । तर, मैले कहिले छोइनँ । बुबा सैनिक भएकाले खाटमुनि रक्सीका बोतल हुन्थे । मैलै कहिले छोइनँ । बिहेपछि साथीहरूलाई 'टि्रट' पहिलोपटक रक्सी चाखेँ, 'पुनलेे विगत स्मरण गरे । यसपछि एकपल्ट बाउछोराले सँगै रक्सी खाएको सम्झिन्छन् उनी । 'निकै रमाइले भएको थियो, त्यसवेला । अचेल प्रायः सार्वजनिक कार्यक्रममा मात्र 'डि्र्रंक' गरिन्छ । त्यसलाई सोसल डि्रंकर भन्ने गरेको छु,' पुनको ठम्याइ छ ।
बगैँचाका सोखिन
सानैदेखि फूलमा रुचि थियो पुनको । फूलकै विषयको अध्ययनार्थी भएकाले यसबारे अलि बढी नै बुझेजस्तो ठान्छन्, उनी । त्यसैले मौसमीभन्दा पनि सदावहार बगैँचामा एकदमै सोख छ भन्छन्, पुन । घरमा सानै भए पनि १२ महिनै फुल्ने फूलको बगैँचा छ, उनीकहाँ । प्रत्येका बिहान साढे ८ बजे बगैँचा स्याहार गर्ने र मिलाउने काम गर्छन्, उनी । शनिबार सधैँ फुर्सद मिलाएर सजावट गर्ने गरेको बताउने पुन बगैँचामा डुल्दा सकारात्मक विचार उत्पन्न हुने ठान्छन् ।
Posted by sangson ''JAYA" at 9:21 AM 0 comments
Labels: समाचारहरु
Friday, August 6, 2010
Sunday, August 1, 2010
एमालेको निर्णय नकुर : खनाल
काठमाडौं , १४ साउन : एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निर्वाचनमा आफूलाई मत दिने सपना देखेर एमालेको निर्णय नपर्खन माओवादी र कांग्रेसका उम्मेदवारलाई सुझाब दिएका छन् । उनले बहुमतीय सरकारलाई मतदान नगर्ने निर्णयमा एमाले चट्टानझैँ उभिने पनि बताए ।
'एमालेले भोट दिन्छ भनेर तपाइर्ंहरू सपना देखेर कुरिरहनुभएको छ भने त्यस्तो सपना नदेख्नुस्,' पार्टीनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा खनालले भने, 'झन्डै दुई तिहाइ मतको समर्थन पाएर पनि उम्मेदवारी फिर्ता गरेको एमाले बहुमतीय सरकारका लागि मतदान गर्दैन ।
'दुई-दुईवटा बहुमतीय सरकारले शान्ति र संविधानको कार्यभारलाई पूरा गर्न सकेन,' अध्यक्ष खनालले भने, 'फेरि बहुमतीय सरकार नै बनाएर संविधान निर्माण गर्ने बाँकी १० महिना खेर फाल्न एमाले तयार छैन ।' प्रक्रिया बहुमतीय भए पनि मुख्य राजनीतिक शक्तिहरू भएको सहमतीय सरकार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
Posted by sangson ''JAYA" at 2:39 AM 0 comments
Labels: समाचारहरु
एमबिबिएस पढ्न विदेशी विद्यार्थी नेपालमा
काठमाडौं, १३ साउन : त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर खस्केको आरोप लाग्ने गरेको छ । तर, त्रिविमै अध्यापन गराइने कुनै विषय पढ्न विदेशी विद्यार्थीसमेत नेपाल आउने गरेका छन्।
महाशाखाका अनुसार ०६७ मा मात्र चिकित्साशास्त्रमा मात्रै ५८ जना विदेशी विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसमध्ये दुईजना अमेरिकन विद्यार्थी एमबिबिएसमा अध्ययनरत छन् । नेपालीलगायत अन्य भाषाका ३७ जना विदेशी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
हाल त्रिविमा आठ देशका विद्यार्थीले एमबिबिएस, एमडी/एमएस पढ्दै छन् । सबैभन्दा बढी माल्दिभ्सका ३१ जना विद्यार्थी चिकित्साशास्त्र संकायमा अध्ययनरत छन् । अमेरिकाबाहेक श्रीलंकाका १०, इस्ट इन्डियाका दुई, पाकिस्तानका चार, न्युजिल्यान्डका एक, माल्दिभ्सका ३१, भुटानका चार र बंगलादेशका चारजना विद्यार्थी एमबिबिएस, एमडी/एमएस तहमा अध्ययनरत छन् । एमबिबिएस पढ्ने ४१ र एमडी/एमएस पढ्ने १७ जना रहेको त्रिवि योजना महाशाखाले जनाएको छ ।
यसैगरी मानविकी संकायअन्तर्गत विभिन्न भाषा पढ्ने ३७ जना विदेशी विद्यार्थी छन् । तीमध्ये दुईजना अमेरिकाका छन् । विभिन्न भाषा अध्ययनका लागि अमेरिकाबाट दुई, स्पेनका एक, श्रीलंकाका सात, फिलिपिनी एक, पाकिस्तानी एक, माल्दिभ्सका एक, कोरियाका ११, जापानका पाँच, जर्मनीका दुई, चीनका एक, बंगलादेशका तीन, अस्ट्रेलियाका दुई गरी १२ देशका विद्यार्थी मानविकी संकायमा अध्ययनरत छन् ।
त्रिवि योजना महाशाखा प्रमुख प्रह्लाद पन्तले चिकित्साशास्त्रमा पढ्न आउने विदेशी विद्यार्थीको संख्या हरेक वर्ष बढ्दो रहेको बताए । पन्तले भने, 'त्रिविको आइओएममा पढाइ राम्रो र शुल्क सस्तो भएकाले विदेशी विद्यार्थी आकषिर्त भएका हुन् ।' नेपालमा ५० हजार डलरमा एमबिबिएस पढ्न सकिने र अमेरिकामा कम्तीमा एक लाख डलर लाग्ने पन्तको भनाइ छ ।
हाल विनाआकर्षक कार्यक्रम पनि विदेशी विद्यार्थी आइरहेको महाशाखा प्रमुख पन्तले बताए । उनका अनुसार त्रिविले आगामी दिनमा राम्रो योजना बनाएर विदेशी विद्यार्थी नेपालमा भित्र्याउने लक्ष्य राखेको छ ।
'प्रमाणपत्र तह हुँदा उच्च शिक्षामा नयाँ कार्यक्रम ल्याउन सकेका थिएनौँ,' पन्तले भने, 'अब योजनासहित व्यवस्थित ढंगले विदेशी विद्यार्थी ल्याउनेतर्फ पनि लाग्छौँ ।' त्रिविबाट प्रमाणपत्र तह हटाउन मुख्य तीन विद्यार्थी संगठनले सहमति दिएपछि उच्च शिक्षामा त्रिविले नयाँ-नयाँ कार्यक्रम ल्याउने उनको दाबी छ । प्रमाणपत्र तहका नर्सिङ, इन्जिनियरिङ र बन विज्ञानका कार्यक्रम भने तत्काल खारेज नगर्ने सहमति भएको छ ।
त्रिविबाहेक अन्य विश्वविद्यालयमा समेत विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् । अरू विश्वविद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीको यकिन तथ्यांक भने छैन । काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्रमा पनि विदेशी विद्यार्थी अध्ययनरत छन् ।
Posted by sangson ''JAYA" at 2:32 AM 0 comments
Labels: समाचारहरु