दक्षिण एसियालाई विशाल भूराजनीतिक, सामाजिक तथा सांस्कृतिक विविधताको घर भन्ने गरिन्छ । यस क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या १.४ अर्ब छ, जुन विश्वको कुल जनसंख्याको २२.२ प्रतिशत हो । दक्षिण एसियाको कुल जनसंख्याको औसत ३१.७ प्रतिशत मानिस गरिब छन् ।
सार्क राष्ट्रहरूमा माल्दिभ्स अरू मुलुकका दाँजोमा गरिबी कम भएको देश हो । माल्दिभ्सलाई छाडेर अन्य मुलुकको गरिबी हेर्ने हो भने २६.७ देखि माथि झन्डै ५० प्रतिशतसम्म रहेको छ । माल्दिभ्सको गरिबीको प्रतिशतचाहिँ सबैभन्दा कम छ, १३ प्रतिशत । नेपालको गरिबी ३८ प्रतिशत छ भने भारतको २६.१ रहेको छ । सबैभन्दा गरिब बंगलादेश रहेको छ । यहाँ ४९.८ प्रतिशत नागरिक गरिब छन् ।
दक्षिण एसियामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा उपलब्ध गराइनुपर्ने आवश्यक सुविधा तथा सहायता प्रणाली न्यून छ । त्यसैले पनि यस क्षेत्रले सक्षम जनशक्तिलाई भरपूर उपयोग गर्न सकेको छैन । न त राज्यले यस क्षेत्रका नागरिकलाई रोजीरोटीको व्यवस्था गर्न सक्नेसम्म बनाउन सकेको छ । अशिक्षाले पिरोलिएको यस क्षेत्रका नागरिकलाई उपचार सम्भव भएका र खर्च पनि धेरै नलाग्ने खालका रोगहरू क्षयरोग, मलेरिया, श्वास-प्रश्वाससम्बन्धी रोग, झाडापखाला, हैजा आदिले बर्सेनि अकाल मृत्युवरण गर्न बाध्य पारेको छ । शिशु तथा आमाहरूले पर्याप्त मात्रामा पोसिलो खाना नपाउने र पाएको खानामा पोषणको मात्रा न्यून रहने गरेको छ । महिलामा देखिने शारीरिक समस्याहरूको समयमै उपचार हुन नसक्दा बाँझोपनको सिकार हुनुपर्ने, कमजोर स्वास्थ्यले गर्दा गर्भवती महिलाको मृत्यु हुने, रोगी बच्चा जन्मने आदि समस्या यस क्षेत्रका बहुसंख्यक महिलाले भोग्ने गरेका छन् । गरिबी र अव्यवस्थित रहनसहनले यहाँका मानिसको सरदर आयु छोट्याइदिएको छ ।
गरिबीले गर्दा नेपालले भोग्नुपरेको एउटा जटिल समस्या चेलीबेटी बेचबिखन पनि हो । गरिब आमाबाबुको सन्तान भएर जन्म लिनु नारीका लागि अपराधजस्तै हुने गरेको छ, नेपाली समाजमा । घरको आर्थिक स्थितिले सताइएका कतिपय आमाबाबुले पैसा पाउने लोभमा आफ्ना छोरीहरू दलालका हातमा बेचेका घटना सुुन्नमा आउँछन् वेलावेलामा । कतिपय युवती त गरिबीले ग्रस्त जीवनले दिएका पीडाबाट मुक्ति पाइने र सन्तोषले भरिएको जीवन व्यतीत गर्न पाउने आशामा दलालको झुटो प्रेममा परी बेचिएका कुरा अरू प्रकारका बेचबिखनका घटनाभन्दा बढी घटेका र बाहिर आएका छन् । कतिपय गरिब आमाबाबुले आफ्ना छोरीलाई आफन्तले रोजगारी दिलाइदिने र छोरीले प्रतिमहिना पैसा पठाउने प्रलोभनमा आएर आफन्तको जिम्मा छोरी लगाइदिँदा छोरी वेश्यालयको कोठीमा पुगेका घटना पनि नेपालको परिवेशमा नौला रहेनन् ।
बालबालिकाको यौनबजार र श्रमबजारमा खुलेआम प्रयोग भएको छ । विदेशी र स्वदेशी दुवैखाले आगन्तुकलाई लोभ्याउन र पैसा झार्न कलिला बालिकालाई यस पेसामा लगाइएको छ । १० वर्षमुनिका बालबालिकालाई घरेलु कामदारका रूपमा काठमाडौंका घरधनीहरूले आफ्नो क्रूरताभित्र कैद गरेका छन् र पाशविकताको सीमा नाघेर गरिएका अत्याचारका घटना वेलावेलामा सञ्चारमाध्यममा आउने पनि गर्छन् । बाल यौनशोषणको नालीबेली पनि योभन्दा फरक छैन ।
बालबालिकालाई यौनबजारमा राखेर आफ्नो गोजी भर्ने लालसा र मानिसमा बढ्दै गइरहेको यौन-आसक्तिले गर्दा बालबालिका शोषणमा परिरहेका छन् । बालबालिकाका क्षेत्रमा काम गर्न नौ सय ४० वटा राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्रियाशील रहेको समाज कल्याण परिषद्को तथ्यांकले देखाउँछ । बालबालिकासम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुनका आधारमा काम गर्ने ती संस्थाले कति जना बालबालिकालाई शोषणको दलदलबाट मुक्त गर्न सकेका छन्, त्यो फरक बहसको विषय हो ।
बालश्रमिक, बालयौन शोषण, घरेलु द्वन्द्व र हिंसा, बेरोजगारी, युवापुस्ताको विदेश पलायन, कमिसनखोरी र भ्रष्टाचार, राजनीतिक दाउपेच र सत्तालिप्सा, विदेशी हस्तक्षेप आदि नेपाल र नेपालजस्ता गरिब देशका प्रमुख समस्या बनेका छन् । यी समस्याको मूल कारक भनेको देशभित्रको गरिबी मात्रै हो । देश यदि सम्पन्नताको बाटामा डोर्याइने हो र नीति-निर्माताले गरिब नागरिकको हितमा कार्यक्रम बनाउनतिर ध्यान दिन थाल्ने हो भने गरिबीले फैलाएको संक्रमणबाट पीडित हुनुपर्नेछैन ।
गरिब नागरिकका पक्षमा उठ्ने आवाजलाई समयक्रमसँगै बुलन्द र एक गर्नुको साटो पार्टीहरूले राजनीतिकोे मुद्दा बनाउने गरेका छन् । नागरिकले भोगिरहेको गरिबीलाई हटाउन नसक्दा देशभित्र फैलिएको अशान्ति, त्रास, निराशा आदिलाई कम गर्न सकिँदैन, रोग, भोक र शोकका मुद्दालाई सम्बोधन गर्न नसक्दा हाम्रो नेपाललाई राम्रो नेपाल बनाउन सकिँदैन ।
रामदत्त जोशी, मैतीदेवी, काठमाडौं
गणतान्त्रिक ज्वाइँसाब !
राजबहादुर सिंहले राजनीतिमा प्रवेश गरेर राजपरिवारको राजनीतिमोह देखाएका छन् । उनको राजनीति प्रवेशले अब पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस पनि राजनीतिमा आउने पूर्वतयारीको संकेत गरेको छ । सायद ज्ञानेन्द्रले ज्वाइँमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने संकेत दिएका होलान् ।
(राजबहादुर राजनीतिमा, २० साउन, कभर स्टोरी)
स्वप्निल थापा, ठमेल, काठमाडौं
राजबहादुर राजनीतिका आडमा आफ्नो व्यापार फैलाउने धुनमा छन् । तर, एक साधारण नेपालीले राजनीतिमा प्रवेश गरेसरह राजबहादुरको पार्टी प्रवेशलाई पनि लिनुपर्छ ।
भूमिका राई, भोजपुर
के हो, पूर्वराजाको ज्वाइँले त घच्चीको शपथ लिएछन् नि ! कमल थापाजस्ता नेता भने राजतन्त्र बिउँताउने सपनामा बाँचिरहेका छन् । तर, स्वयं पूर्वराजाका ज्वाइँ भने 'जनताको संघीय गणतन्त्र जिन्दावाद !' भन्दै शपथ लिइरहेका छन् । यो त अचम्मलाग्दो कुरा होइन र ?
सुदर्शन रिसाल, सतुंगल, काठमाडौं
विवाद नगरेकै राम्रो
भोलि गएर माओवादी लडाकु पनि सरकारी सुरक्षा अंगमै समायोजित हुने भएपछि किन संख्या थपेर व्यर्थमा टाउको दुखाइरहनु ? फेरि त्यही सेनामा आफू पनि समायोजित हुनु नै छ भने किन व्यर्थमा शत्रुता बढाइरहनु ? सरोेकारवाला कमरेडहरूले यसबारे राम्ररी सोचिदिनुभए हुन्थ्यो नि !
(माओवादी सेनामा पनि भर्ना खुला, १९ साउन, कभर स्टोरी
गोपाल खड्का, मन्थली, रामेछाप
अहिले फेरि सेना र माओवादी दुवैले शत्रुको व्यवहार देखाइरहेका छन् । सेनाले भर्ती खोल्दैमा त्यो माओवादीप्रति लक्षित नै त हुन्न नि ! आखिर माओवादी पनि नेपाली जनता नै हुन् । सेनाको दायित्व त नेपाली जनताको सुरक्षा गर्नु हो । त्यो कुन राजनीतिक दलको कार्यकर्ता हो भनेर उसले छुट्टयाउन मिल्दैन । विगतमा सरकारमा रहँदा स्वयं प्रचण्डको सुरक्षामा पनि सेना खटिएको कुरा त माओवादीले भुलेको छैन होला नि ?
सरिता थापामगर, धापासी, काठमाडौं
सेनामा रिक्त दरबन्दीमा गरिने भर्तीलाई बृहत् शान्ति-सम्झौताविरोधी कार्यका रूपमा व्याख्या गरिनु नै गलत छ । सम्झौतामा नयाँ भर्ना नलिने पो भनिएको हो त, रिक्त दरबन्दीमै पनि भर्ती नलिइने त कहाँ भनिएको छ र ? यस्तो सिधा कुरामा पनि अड्को थापेर माओवादी लडाकुको पनि भर्ती खोलिनु अनावश्यक रडाको मच्चाउने प्रयासबाहेक केही होइन ।
विनोद थापा, बनेपा, काभ्रे
कसले बुझिदेला ?
आखिर त्यही व्यक्ति नै प्रधानमन्त्री हुनु छ भने दिनदिनको बैठक र भेटघाट किन गरिरहनुपर्यो र ? किन दिन-दिनको नाटक मञ्चन गर्नुपर्यो ? नेपालको बिग्रँदो राजनीतिक अवस्थाले गर्दा सर्वत्र अन्योल छ । दिनप्रतिदिनको चर्कंदो मूल्यवृद्धि, अभाव र असुरक्षाले गर्दा नेपालको अवस्था झन्झन् दयनीय बन्दै गइरहेको छ । राजनीतिक नेतृत्वको आश्वासनलाई जनताले विश्वास गर्न छाडिसकेका छन् । सोझा जनताले कतिसम्म विश्वास गर्नु यी नेतालाई ? 'जति जोगी आए पनि कानै चिरेका' भनेजस्तै जो सत्तामा पुगे पनि देश र गरिब जनताका हितमा कसैले केही गरेको पाइँदैन ।
यस्तोमा अब बन्ने सरकारको पनि के विश्वास ? यहाँ कसैलाई देशको चिन्ता छैन । सबैले पाएसम्म सत्तामा बसेर मोज गर्न मात्र जानेका छन् । अहिले देशका अनेकौँ भूभागका बासिन्दालाई बाढीपहिरोले सताइरहेको छ । कैयौँ गरिब नेपाली घरबारविहीन भएका छन्, कति बिचल्लीमा परेका छन् । कति त झाडापखालाजस्ता साधारण रोगको गम्भीर संक्रमण भई सामान्य उपचारसमेत नपाई भकाभक मर्न थालेका छन् । खै यसबारे सोच्न, ध्यान दिन, सहयोग गर्न र राहत दिन को अघि सरको छ यहाँ ?
के नेपाली जनताले चाहेको नयाँ नेपाल यही हो ? यहाँ कसैले कसैको महत्त्व बुभ\mदैनन् । कसैको मतलब गर्दैनन् । ठूलाठालू भनिनेहरू गरिबलाई पेलेर अझै माथि उठ्न खोज्छन् । स्वतन्त्र बाँच्नेले अहिले शान्तिले बाँच्न नपाउने स्थिति भइसकेको छ, यो लोकतान्त्रिक गणतन्त्र नेपालमा ।

0 comments:
Post a Comment