*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Sunday, August 1, 2010

एमालेको निर्णय नकुर : खनाल

काठमाडौं , १४ साउन : एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निर्वाचनमा आफूलाई मत दिने सपना देखेर एमालेको निर्णय नपर्खन माओवादी र कांग्रेसका उम्मेदवारलाई सुझाब दिएका छन् । उनले बहुमतीय सरकारलाई मतदान नगर्ने निर्णयमा एमाले चट्टानझैँ उभिने पनि बताए ।
'एमालेले भोट दिन्छ भनेर तपाइर्ंहरू सपना देखेर कुरिरहनुभएको छ भने त्यस्तो सपना नदेख्नुस्,' पार्टीनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा खनालले भने, 'झन्डै दुई तिहाइ मतको समर्थन पाएर पनि उम्मेदवारी फिर्ता गरेको एमाले बहुमतीय सरकारका लागि मतदान गर्दैन ।

खनालले दुवै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर सहमतिबाट प्रधानमन्त्री चयनमा लाग्नसमेत सुझाब दिए । उनले भने, 'तपाईंहरूले दुई-दुईवटा चुनावमा बहुमत ल्याउन सक्नुभएन, अब सहमतिमा सरकार बनाउन बाटो खोल्नोस्, आफ्नो उम्मेदवारी फिर्ता लिनोस् ।'
दुई तिहाइ सभासद्को समर्थन नपुगेको भन्दै प्रधानमन्त्रीका लागि भएको पहिलो निर्वाचनमा खनालको उम्मेदवारी फिर्ता लिँदै एमालेले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको थियो । एमाले कुनै पनि हालतमा बहुमतीय सरकारमा सामेल नहुने पनि खनालले ठोकुवा गरे ।

'दुई-दुईवटा बहुमतीय सरकारले शान्ति र संविधानको कार्यभारलाई पूरा गर्न सकेन,' अध्यक्ष खनालले भने, 'फेरि बहुमतीय सरकार नै बनाएर संविधान निर्माण गर्ने बाँकी १० महिना खेर फाल्न एमाले तयार छैन ।' प्रक्रिया बहुमतीय भए पनि मुख्य राजनीतिक शक्तिहरू भएको सहमतीय सरकार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

0 comments:

Post a Comment

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all