*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Sunday, August 8, 2010

फूल व्यवसायमा सफलता


सरकारले एक घर एक उत्पादन कार्यक्रमअन्तर्गत ललितपुरका केही ठाउँलाई सुनाखरी उत्पादन गर्ने पकेट क्षेत्र तोकेको छ । अहिले व्यावसायिक हिसाबले सरकारी अनुदानमा ३०/४० जनाले खेती गरिरहेका छन् । उनीहरूलाई अनुदानमा खेती गर्न प्रेरित गरिएको छ । कार्यक्रमले किसानलाई निकै फाइदा पुगेको छ । थोरै भए पनि सरकारको राम्रो काम भएको ठान्छन्, पुन ।

पप

ढेलेखेका युवा वा नपढेका सबैमा अचेल विदेशिने मोह बढेको छ । त्यसले कोही पढाइको गन्तव्य खोज्दै विदेश पुग्छन् त कतिपय रोजगारीको खोजीमा बिदेसिएका छन् । तर, नेपालमै प्रशस्तै रोजगारीको विकल्प हुँदाहुदै पनि विदेशी भूमि टेक्नेका लागि गतिला जवाफ बनेका छन्, अर्नामेन्टल हर्टिक्चरिस्ट डा. उमिदकुमार पुन । उनी त्यस्ता युवा हुन् जसले विदेशमा सिकेको ज्ञान नेपालमा प्रयोग गरेका छन् ।

विदेशका प्रशस्तै अवसर छाडेर आफैले नौलो गन्तव्य बनाएका ४४ वर्षीय युवा पुन नेपालको फूल व्यवसायमा ६/७ वर्षदेखि निरन्तर लागिरहेका छन् । पुन भन्छन्, 'फूल उत्पादनको प्रशस्त सम्भावना हँुदाहँुदै पनि यो क्षेत्रले अझै छलाङ मार्न सकेको छैन ।' त्यसैले अहिले पनि भारतीय फूल भित्रिरहेका छन् । नेपाली फूल व्यवसाय अझै परम्परागत पाराले चलेकाले पनि यो अवस्था आएको उनको ठम्याइ छ । अहिले पनि कतिपय फूल फार्म व्यावसायिक बन्न सकेका छैनन् । त्यसले नथाम्ने अवस्था आइसकेको देख्छन् उनी । यतिखेर नेपालमा पनि फूलको बजार विस्तार भइसकेको छ । कुनै वेला बिहे, दसैँ-तिहार र हुनेखाने वर्गमा मात्र सीमित फूल प्रयोग अहिले सामान्य बन्दै गएको छ । फूल व्यवसाय विस्तारले उचाइ छुँदै गए पनि फूलबजार काठमाडौंकेन्दि्रत भएको ठान्छन् पुन ।

९० दशकसम्म पनि नेपालमा फूल व्यापारले व्यावसायिक गति लिइसकेको थिएन । ९० प्रतिशत फूल भातबाट ल्याइन्थ्यो । हुनेखाने र फूल सोखिन भारबाटै फूल मगाउने गर्थे । 'त्यतिवेला म भारतमा पढ्दै थिएँ । हर्टिकल्चरको विद्यार्थी भएकाले त्यसबारे स्वाभाविक रूपमा चासो राख्थेँ,' पुन ती दिन सम्झँदै भन्छन्, 'नेपालमा फूलव्यवसाय जमाउने ठूलै धोको थियो । सुरु भए पनि यसलाई विस्तार गर्न अझ धेरै बाँकी छ ।' नेपाली बजारमा फूलको बढी माग आउनेबित्तिकै भारतीय बजार ताक्नुको विकल्प अहिले पनि हटेको छैन । त्यसले नेपालीलाई कृषिप्रधान मुलुक भनी चिनाउन व्यंग्यात्मक रूपमै पनि सहयोग पुर्‍याएको ठम्याइ छ पुनको । सन् १९९५ मा वाषिर्क करिब साढे दई करोडको नेपाली फूल बजार अहिले झन्डै ५६ करोड पुगेको छ । यो क्षेत्र अझै विस्तारकै क्रममा छ । उनी ठान्छन्, फूलको व्यावसायिक बजार फक्रने क्रममै छ । सयपत्री मखमली फूलले मात्र बजार कब्जा गर्ने जमाना फेरिएको छ । अहिले नयाँ-नयाँ जातका फूलको विकास भएको छ । बाह्रै महिना फुल्ने खालका मौसमी फूलको माग बढ्दै गएको बताउँछन्, उनी ।

त्यसो त फूल व्यवसायमा चुनौती पनि प्रशस्तै रहेको ठान्छन्, पुन । उनी भन्छन्, 'जति नै जोखिम भए पनि यो क्षेत्रमा जम्न सकिने दृढ विश्वास थियो । सरकारी निकायले प्रयास गरे पनि किसानलाई फूलको व्यावसायिकताबारे थाहै नहुने । व्यवसायबारे सोच्ने त औँलामा गन्न मिल्ने थिए । विस्तारै अवधारणा फेरियो । केही व्यक्तिले व्यावसायिक फार्ममा खेती थाले । त्यसमध्ये हिमालयन प\mलोरी एसोसिएसन एक हो जुन मेरो परिकल्पनामा खुलेको थियो ।' सन् २००० को दशकमा केही फार्म थपिएपछि यस्ाको बजार एकाएक बढ्यो । भारतबाट फूल ल्याउन कम हुन थाल्यो । 'अझै पनि नेपालमा भारतबाट आउने फूल आधाभन्दा बढी हुने गरेको छ । तर, आधाभन्दा बढी नेपालमै उत्पादन हुने गरेको छ । यसले थोरै भए पनि नेपालको फूल बजार आत्मनिर्भर हँुदै गएको छ । यो एकदमै सकारात्मक पक्ष हो,' पुन आशावादी हँुदै भन्छन्, 'अझै धेरै गर्न सकिन्छ ।'

एकातिर फूल उत्पादनका समस्या थिए भने अर्कोतिर बजार नपाउने अवस्था पनि थियो । धेरै चुनौतीका बीच पनि हिमालय प\mलोरले गोदावरीमा सुनाखरी फूलको व्यावसायिक खेती थाल्यो । पुन अहिलेको प्रतिफलबारे सुनाउँछन्, 'कतारमा हाम्रो सुनाखरी फूलले राम्रै बजार पायो । गत वर्ष कतारमा नेपाली सुनाखरी अन्य मुलुकसित प्रतिस्पर्धामा अगाडि आयो । यस्ाले विदेशी बजारमा नेपाली फूल व्यवसायको ढोका खोलेको छ । थाइल्यान्ड, रसियालगायत मुलुकमा यसको बजार विस्तार हुने क्रममा छ ।'

फूल व्यवसायलाई व्यावसायिक बनाउने अभियानमा लागेका डा. पुन अध्ययन गर्दाका ती दिन सम्झन्छन्, 'मलाई जागिर खाने ठूलै धोको थियो । भारतमा बिएससी पढाइ सकेपछि ठूलै जागिर हात पार्ला भन्ने सोच थियो । त्यसका पनि म टपर भएकाले निकै इज्जत पाइने ठानेको थिएँ । तर, भइदियो उल्टो । झन्डै एक वर्ष जागिरको खोजीमा विभिन्न कार्यालयमा बायोडाटा पठाएँ । दर्जनौँ कार्यालय नै पुगे हुँला । तर, कतै जागिरको टुंगो लागेन । यसबाट निकै तनाब थपियो, त्यतिवेला ।' आफन्तविना जागिर पाउन नसकिने निर्णयमा त्यतिवेला पुगेका रहेछन्, पुन । उनी भन्छन्, 'विनाआफन्त काम पाउन गाह्रो हुनेरहेछ । पाए पनि दाम पाउन झनै कठिन ।' म्याग्दीको भरजुलाम जन्मिएका पुनका बुबा भारतीय पल्टनमा थिए । ६ वर्षको उमेरमै उनी अध्ययनका लागि बुबासँगै भारतमा गएका रहेछन् । सोही कारण पुनको पढाइ सबै भारतमै भएको रहेछ । पुन थप्छन्, 'काठमाडौंमा मैले चिन्ने कोही थिएन ।'

जागिर खोज्दा दिक्क भएका पुनलाई फेरि कृषिमै थप अध्ययन अघि बढाउने सुर चल्यो । त्यसका लागि उनले रामपुर कृषि क्याम्पसका प्राध्यापकको सल्लाहबमोजिम हर्टिकल्चरमा एमएचसी गर्न भारत फर्किए । डा. पुन त्यतिवेला हर्टिकल्चरको राम्रै 'स्कोप' भएको ठानी प्राध्यापनतिर लागेछन् । उनले भने, 'तीन वर्ष अध्यापन गरे पनि त्यो क्षेत्र मलाई फापेन । रामपुरमा पढाउँदा मैले सधैँ भन्ने गर्थें- कृषिको सिद्धान्त पढेर मात्र भएन, त्यसलाई व्यवहारमा पनि उतार्नु जरुरी छ । मेरो विचारमा जमिनदार किसानका छोराछोरीलाई कृषि शिक्षा पढाउनु अनिवार्य छ । जसको खेत छैन, त्यसले लिएको ज्ञानको सदुपयोग गर्दैन भने त्यस्तो पढाइको के अर्थ ?' न्युजिल्यान्डबाट प्लान्ट साइक्लोजीमा विद्यावारिधिपछि उनी व्यावसायिक पुष्पखेतीतर्फ तानिए । त्यसबाहेक यस क्षेत्रको अध्ययन-अनुसन्धानमा पनि उत्तिकै सक्रिय छन् । उनकै अवधारणामा २००४ मा हिमालयन फ्लोराइन्टर प्राइजेज जन्मियो भने हाल उनी त्यसमा म्यानेजिङ डाइरेक्टर छन् । यो कम्पनीले वाषिर्क लगभग १ करोड रूपैयाँको फूल बिक्री गर्दै आएको छ । गोदावरीमा सुनाखरीको ठूलै फार्म रहेको छ भने त्यसबाहेक चितवन, हात्तीवन -२५ रोपनी) र जिरीलगायतका फार्ममा मौसमअनुसारका फूल उत्पादन गरिँदै आएका छन् । उनको यो कार्यमा शिक्षासेवी उमेश श्रेष्ठले पनि साथ दिँदै आएका छन् । पुनको कम्पनीले गर्मी ठाउँमा फुल्ने र चिसो ठाउँमा हुनेगरी दुवैथरी मिलाएर सधँैभर उत्पादन गरिराख्ने लक्ष्य राखेको छ । डा. पुन किसानको सहकारी अवधारणा व्यापक बनाउन जरुरी देख्छन्, उनी । त्यस्तो सहकारीमा हरेक किसानले बीउ, मलदेखि लिएर ट्रयाक्टरसम्म किन्न पाउने व्यवस्था होस् । यसले एउटा सहकार्यको भोल्युम बढाउँछ, अर्को किसानले सहजै खोजेको चिज पाउन सक्छन् । जापानजस्तो विकसित मुलुकमा पनि फार्मर प्रोजेक्टअन्तर्गत किसानले गाडी, ट्रयाक्टर किन्ने गरेको बताउँछन्, पुन ।

सुनाखरी उत्पादनमा जोड

सरकारले एक घर एक उत्पादन कार्यक्रमअन्तर्गत ललितपुरका केही ठाउँलाई सुनाखरी उत्पादन गर्ने पकेटक्षेत्र तोकेको छ । अहिले व्यावसायिक हिसाबले सरकारी अनुदानमा ३०/४० जनाले खेती गरिरहेका छन् । उनीहरूलाई अनुदानमा खेती गर्न प्रेरित गरिएको छ । कार्यक्रमले किसानलाई निकै फाइदा पुगेको छ । थोरै भए पनि सरकारको राम्रो काम भएको ठान्छन्, पुन । यसले सुनाखरी फूलको बजारमा माग बढ्ने दाबी गर्छन्, उनी ।

'टि्रट' मा रक्सी चाखे

मगरको छोरा भए पनि धेरै पछि मात्र रक्सी पिएको बताउँछन्, पुन । 'हाम्रो परम्परामा प्रायः सांस्कारिक काममा रक्सी अनिवार्यजस्तै हुन्छ । तर, मैले कहिले छोइनँ । बुबा सैनिक भएकाले खाटमुनि रक्सीका बोतल हुन्थे । मैलै कहिले छोइनँ । बिहेपछि साथीहरूलाई 'टि्रट' पहिलोपटक रक्सी चाखेँ, 'पुनलेे विगत स्मरण गरे । यसपछि एकपल्ट बाउछोराले सँगै रक्सी खाएको सम्झिन्छन् उनी । 'निकै रमाइले भएको थियो, त्यसवेला । अचेल प्रायः सार्वजनिक कार्यक्रममा मात्र 'डि्र्रंक' गरिन्छ । त्यसलाई सोसल डि्रंकर भन्ने गरेको छु,' पुनको ठम्याइ छ ।

बगैँचाका सोखिन

सानैदेखि फूलमा रुचि थियो पुनको । फूलकै विषयको अध्ययनार्थी भएकाले यसबारे अलि बढी नै बुझेजस्तो ठान्छन्, उनी । त्यसैले मौसमीभन्दा पनि सदावहार बगैँचामा एकदमै सोख छ भन्छन्, पुन । घरमा सानै भए पनि १२ महिनै फुल्ने फूलको बगैँचा छ, उनीकहाँ । प्रत्येका बिहान साढे ८ बजे बगैँचा स्याहार गर्ने र मिलाउने काम गर्छन्, उनी । शनिबार सधैँ फुर्सद मिलाएर सजावट गर्ने गरेको बताउने पुन बगैँचामा डुल्दा सकारात्मक विचार उत्पन्न हुने ठान्छन् ।

0 comments:

Post a Comment

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all