*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Thursday, January 27, 2011

भारतबाट आयातीत अवैध सुन कारोबार बढ्यो

नेपालमा भन्दा भारतमा सुन सस्तो भएका कारण ठूलो परिमाणमा अवैध सुन आयात भइरहेको हो



बैंकबाट सुन किन्दा झन्झटिलो भएको कारण देखाउँदै नेपालका सुन व्यापारीले भारतबाट अवैध रूपमा सुन खरिद गरी नेपाली बजारमा कारोबार गर्ने क्रम बढेको छ । नेपालमा भारतबाट अवैध रूपमा आयातीत ३० किलो सुन दैनिक कारोबार भइरहेको व्यवसायीले बताएका छन् । नेपालमा भन्दा भारतमा सुन सस्तो भएका कारण ठूलो परिमाणमा अवैध सुन आयात भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले प्रक्रिया झन्झटिलो भएकाले भारतबाट अवैध आयात भइरहेको सुन किन्न व्यवसायी बाध्य भएको बताए । 'घटीमा १ किलो सुन किन्नुपर्ने हुन्छ, त्यसमा पनि राष्ट्र बैंकको निर्देशिकाका कारण कच्चा सुन बेच्न पाइँदैन, त्यसैले व्यवसायीले सहज रूपमा सुन किन्न नसकेका हुन्,' अध्यक्ष शाक्यले भने, 'सोही कारण व्यवसायीले प्रति १० ग्राममा १ सय ५० रुपैयाँसम्म बढी तिरेरै भए पनि भारतबाट अवैध रूपमा ल्याइएको सुन किनेर काम चलाइरहेका छन् ।'

विवाह मौसममा सुन बढी किनबेच हुने गरे पनि वाणिज्य बैंकहरूले आयात गरेको सुन बैंकमै थन्किएको छ । मुलुकभर दैनिक ३५ किलो सुन आवश्यक पर्ने भन्दै आयात बढाउन माग गरिरहेका व्यवसायीले एक महिनामा विभिन्न वाणिज्य बैंकबाट ३० किलो सुन मात्र किनेका छन् ।

संघको पुस २४ मा बसेको साधारणसभाले सदस्य आफैँले जिल्लाबाट सिफारिस लिएर सुन किन्न सक्ने गरी अनुमति दिए पनि वाणिज्य बैंकबाट सुन किन्न व्यवसायीले रुचि देखाएका छैनन् । बैंकबाट किनेको सुन कम्तीमा ५० प्रतिशत बिक्री गरेको प्रमाण देखाएपछि मात्र थप सुन किन्न पाउने व्यवस्था भएकाले पनि वाणिज्य बैंंकभन्दा भारतीय सुनमा व्यवसायी भर पर्ने गरेका हुन् ।

एक महिनामा काठमाडौंका व्यवसायीले १० किलो सुन किनेका छन् । त्यस्तै, भक्तपुरकाले २ किलो र रुपन्देहीकाले ५ किलो सुन खरिद गरेको सुनचाँदी व्यवासायी संघका अध्यक्ष शाक्यले जानकारी दिए । उनका अनुसार, हाल दिनको २५ किलोसम्म सुन भारतबाट अवैध आयात हुने गरेको छ ।

नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर बरुवाल भारतबाट आयातीत अवैध सुनको भरमा नेपाली सुनचाँदी व्यवसाय चलिरहेको स्विकार्छन् । आप\mना सदस्य व्यवसायीको अनुगमन गर्न नसके पनि अवैध सुन खरिद गर्दा पछि समस्या परे केही गर्न नसक्ने जानकारी दिँदै सदस्यलाई सचेत गराएको उनको भनाइ छ । उनी वाणिज्य बैंकबाट सुन किन्ने प्रक्रिया झन्झटिलो भएकामा भने सहमत छन् ।

सबै बैंकमा सुन नहुने र जुन बैंकमा छ त्यहाँबाट मात्र सुन किन्न खाता खोल्नुपर्ने, सुन बेचेको प्रमाण जुटाउनुपर्ने, धेरै परिमाणमा किन्नुपर्ने आदि प्रावधानका कारण बैंकको सुन खरिदमा व्यवसायीको चासो नदेखिएको बरुवालले जानकारी दिए ।

नेपाल रत्न आभूषण संघका महासचिव विजय ताम्राकार वाणिज्य बैंकले बढी नाफा खाएका कारण सुन किन्ने क्रम घटेको बताउँछन् । १० ग्राम सुनको भन्सार १ हजार र बैंकले लिने नाफा ५ सयका कारण अन्तर्राष्ट्रिय बजारमा भन्दा १५ सय बढी तिर्नुपर्दा समस्या देखिएको ताम्राकारको गुनासो छ । दैनिक २ किलो ७ सय ग्राम सुन किन्न सक्ने गरी रत्न तथा आभूषण संघलाई कोटा तोकिए पनि पहिले सुन नकिनेकाले हाल दिनको ५ किलोसम्म सुन किनेको उनले बताए । वाणिज्य बैंकको सुन नबिक्नुमा भारतबाट आएको सुन मुख्य कारण भएको ताम्राकारले स्विकारे ।

अघिल्लो आर्थिक वर्ष धेरै सुन आयात भएपछि शोधनान्तर घाटा भएको भन्दै राष्ट्र बैंकले सुन आयातमा कोटा तोकेको थियो । तर, अहिले भारतबाट नेपालमा सुनको अवैध आयात हुन थालेपछि अनियन्त्रित रूपमा भारतीय मुद्रा बाहिर जान थालेको छ ।

एक महिनामा एनआइसी बैंक, लक्ष्मी बैंक र प्राइम बैंकले ५० किलोका दरले १ सय ५० किलो सुन आयात गरेकामा ३० किलो मात्र बिक्री भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए । १ सय २० किलो सुन ३ वटा वाणिज्य वैंकमा थन्किएर बसेको छ । दैनिक १५ किलो सुन आयात गर्न राष्ट्र बैंकले दिएको अनुमति उचित रहेको बताउँदै उनले भने, 'कुन वस्तु कति आयात गर्ने भन्ने विषयमा राष्ट्र बैंकलाई राम्ररी जानकारी छ, त्यसैले पहिलेको १० किलो बढाएर १५ किलो बनाइएको हो ।'

राष्ट्र बैंकले बोलकबोलमार्फत बिक्री गरेको ५ सय किलो सुनका कारण हाल व्यवसायीले वाणिज्य बैंकबाट सुन नकिनेको उनको भनाइ छ । भारतबाट आयात हुने अवैध सुनबारे राष्ट्र बैंकलाई जानकारी नभएको प्रवक्ता ज्ञवालीले बताए ।

पुरै हेर्नुहोस्...

मोडेलहरु

Alina


Maya

Maya

Zenisha

Besty

Savyata

पुरै हेर्नुहोस्...

लाज नमानौँ कन्डम प्रयोग गर्न

नेपाली समाजमा कन्डमका विषयमा अहिले पनि खुलेर कुरा हुने गरेको छैन कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कन्डमका विषयमा बोल्न, छुन किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको राष्ट्रिय एचआइभी तथा एड्स रोग नियन्त्रण्ा केन्द्रले जनाएको
समाजमा व्याप्त कन्डमप्रतिको नकारात्मक धारण्ाा एवं अन्धविश्वासका कारण्ा समाजले सहज रूपमा अपनाउन नसकिरहेको समयमा यौनजन्य रोगबाट बचाव र गर्भाधन रोक्ने कन्डमको प्रयोग सहरी क्षेत्रमा भने बढेको छ । केन्द्रका निर्देशक कृष्णकुमार राईका अनुसार दोहोरो भूमिकाका रूपमा प्रयोग हुने कन्डमले खास क्षेत्र तथा समूहमा सहज बन्न सकेको छैन । 'पहाडका विकट क्षेत्र र अविवाहित जोडीमा कन्डम सहज रूपमा पुग्न सकेको छैन,' उनले भने, 'कन्डमको फाइदाका बारेमा सबैलाई थाहा छ, तर उनीहरूले नै प्रयोग गर्न लजाउने तथा हिच्किचाउने गरेका छन् ।'

उनका अनुसार सहरी भागमा शिक्षित वर्गको बढी जमात रहेको तथा यौनकर्मीहरू रहेकाले कन्डमको प्रयोग बढी भएको देखिन्छ । तर, अझै पनि ग्रामीण तथा दूरदराजका क्षेत्रमा कन्डमको नामसमेत लिन लाज मान्नेहरू रहेको निर्देशक राईले भने ।

विश्वका अन्य देशको तुलनामा नेपालमा एचआइभी तथा एड्स रोग दिनहुँ बढ्दै गएको अवस्थामा यौन रोगबाट बचाउन तथा गर्भ रहनबाट बच्नका लागि कन्डम प्रयोगको आवश्यकता रहेको भन्दै नेपालमा हरेक वर्ष कन्डम दिवस मनाउने गरिएको छ । निर्देशक राईका अनुसार एचआइभी, यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्नका लागि कन्डमसम्बन्धी जनचेतना बढाउने कन्डमको सहज उपलब्धता र पहुँच बढाउन ०५२ सालदेखि कन्डम दिवस मनाइँदै आएको छ । 'यो दिवसका दिन देशभरिका सवै वर्ग र क्षेत्रका व्यक्तिहरू, नागरिक समाज, सरकारी, गैरसरकारी तथा नीजि संघ-संस्थाहरू कन्डमको महत्त्वका विषयमा तथा कन्डमको सहज उपलब्धता र पहँुच बढाउने अभियानमा लाग्ने भएकाले पछिल्लो समयमा कन्डम प्रयोगकर्ता बढ्दै गएका छन्,' उनले भने, 'यद्यपि, दुर्गम गाउँमा केही समस्या रहेको छ । तर, त्यस क्षेत्रका सर्वसाधारण्ाको पहुँचमा कन्डम पुर्‍याउन र कन्डमको महत्त्वबारे जानकारी दिन हामीले कार्य सुरु गरेका छौँ ।'

सबै समूहमा पर्याप्त कन्डम पूर्ति गर्न नसके पनि यसको प्रयोगकर्ता वृद्धि हुँदै गएको बताउँदै नेपाल सिआरसी कम्पनीका प्रबन्ध निर्देशक केबी रायमाझी भन्छन्, 'नेपालमा हरेक वर्ष कन्डमको माग बढिरहेको छ । वाषिर्क ६ करोडको हाराहारीमा नेपालमा कन्डमको खपत हुँदै आइरहेको छ ।' उनका अनुसार विगत वर्षका तुलनामा बिस्तारै कन्डम प्रयोगकर्ताको संख्या बढिरहेको छ । केही वर्षअगाडि कन्डम प्रयोग गर्न पनि हिच्किचाउने, चाहे पनि उपलब्ध नहुने आदि कारण्ाले आशा गरिएअनुसार सफलता प्राप्त भएको थिएन ।

तथ्यांकअनुसार नेपालमा वाषिर्क साढे ५ करोड देखि ६ करोड थान कन्डम खपत हुन्छ । ४८ प्रतिशत नेपाली महिला या पुरुषले कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गर्छन्, जसमा झन्डै १५ प्रतिशतले मात्र कन्डमको प्रयोग गर्छन् भन्ने अनुमान गरिएको छ । सन् १९९६ मा कन्डम प्रयोग गर्नेमा जम्मा २ दशमलव १ प्रतिशत रहेका थिए भने २००६ मा ५ प्रतिशत पुगेका थिए । २००६ यता यसमा कुनै अध्ययन नभएकाले हाल १२ देखि १५ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

विभिन्न स्वास्थ्य अनुसन्धानअनुसार हालसम्म विश्वभरिका ३ करोड बढी मानिस एचआइभी र एड्सबाट पीडित रहेका छन् । सन् २००९ सम्ममा नेपालमा करिब ६४ हजारमा यसको संक्रमण भएको अनुमान गरिएको छ । हालसम्मको तथ्यांकअनुसार नेपालमा करिब ७५ प्रतिशत एचआइभी संक्रमण कन्डमविना गरिने यौन सम्पर्कका कारण सरेको

पाइन्छ । नेपालको जनसंख्या वृद्धिदर २ दशमलव १७ प्रतिशत र जन्मदर ३ दशमलव १ प्रतिमहिला रहेको छ । हाल नेपालमा कन्डमलगायत परिवारनियोजनका अन्य साधन प्रयोग गर्ने करिब ४८ प्रतिशत मात्र छन् र प्रजनन उमेरका २५ प्रतिशत बढी महिलाको परिवारनियोजनको माग अपुग छ । तर, कन्डमलाई परिवारनियोजनको साधनका रूपमा स्वीकार गर्ने नयाँ व्यक्तिको संख्या बढ्दै गएको छ भने एचआइभी तथा यौन रोग सर्नसक्ने जोखिममा रहेका समुदाय जस्तै यौनकर्मी, उनीहरूका ग्राहक, पुरुष समलिंगी, सुइद्वारा लागूपदार्थ लिने व्यक्तिमा पनि कन्डमसम्बन्धी ज्ञान र प्रयोग गर्ने व्यवहार बढ्दै गएको छ ।

नेपालमा ०१६ सालमा नेपाल परिवारनियोजन संघको स्थापना भएपछि ०१७ सालदेखि नेपालमा कन्डमको प्रयोगको सुरु भएको हो । सन् १९८८ मा एचआइभी तथा एड्स नेपालमा पहिलोपटक भित्रिएपछि कन्डमको प्रयोग एचआइभी तथा यौन नियन्त्रण्ाका लागि समेत हुन थालको निर्देशक राईले बताए । उनका अनुसार एचआइभी भित्रिएलगत्तै नेपालले कन्डमको प्रचार-प्रसारमा समेत जोड दिन थालेको हो । नेपालमा परिवारनियोजनका रूपमा भन्दा अन्य प्रयोजनका लागि कन्डमको प्रयोग हुने गरेको देखिन्छ । नेपालमा जन्मान्तरका लागि कन्डम प्रयोगकर्ता ६ प्रतिशत छन् भने यसको प्रयोगमा जोड दिनेमा यौनकर्मी महिला बढी देखिएका छन् । सीमित क्षेत्रमा एचआइभी र यौन रोगसम्बन्धी पुरुषमा ज्ञान नभए पनि महिलाको तुलनामा अधिकांश पुरुष यस विषयमा सचेत बन्दै गएको उनको धारण्ाा छ ।

कन्डम के हो ?

गर्भाधारण रोक्ने प्रभावकारी साधनका रूपमा कन्डम विश्वमै लोकपि्रय बनिरहेको छ । यौन सम्पर्कका वेला पुरुष तथा महिलाले प्रयोग गर्ने पातलो लेटेक्स नामक रबरबाट बनेको खोल नै कन्डम हो । यसभित्र भएको चिल्लो पदार्थले पुरुषलाई यौन सम्पर्कका समयमा सहज बनाउँछ । यौन रोगबाट पनि बचाउने कन्डमजति प्रभावकारी साधन अरू छैन । यौन सम्पर्कका वेला कन्डमले खासगरी पुरुषको शुक्रकिट महिलाको अण्डसँग मेल हुनबाट रोक्छ । कन्डम पुरुषले प्रयोग गर्ने र महिलाले प्रयोग गर्ने दुईकिसिमको हुन्छ । प्रायः पुरुष कन्डम रबरबाट बनेको तन्किनेखालको हुन्छ भने महिला कन्डम प्लास्टिकबाट बनेको प्रायः नतन्किनेखालको हुन्छ । प्लास्टिकबाट बनेको पुरुष कन्डम प्रचलनमा छ ।

कत्तिको भरपर्दो हुन्छ ?

कन्डमको विश्वसनीयता यसको प्रयोग गर्ने तरिकामा भर पर्छ । कन्डम प्रयोगकर्ताले कत्तिको सावधानीपूर्वक यसको प्रयोग गरिएको छ, त्यसमा यसको विश्वसनीयता निर्धारण हुन्छ । सही तरिकाले लगाएमा पुरुष कन्डम ९९ दशमलव ९ प्रतिशत भरपर्दो हुन्छ । यसको मतलब कन्डम -पुरुष) प्रयोग गरेर यौन सम्पर्क गरेको १ सयमध्ये १ वर्षमा ० दशमलव १ महिला गर्भवती हुन सक्छन् । कन्डम लगाएर सहवास गर्दा पुरुषको लिंगबाट निस्कने वीर्य कन्डमको टुप्पामा जम्मा भई शुक्रकिट महिलाको पाठेघरमा पुग्न पाउँदैन, जसले गर्दा महिला गर्भवती हुँदिनन् । कन्डम एकपटक लगाइसकेपछि फेरि प्रयोग गर्नु हँुदैन । लगाइसकेको कन्डम खाडलमा गाड्ने वा जलाउने गर्नुपर्छ । महिला कन्डमको बन्द रहेको पट्टीको भागलाई योनीको तलसम्म पुर्‍याएर राखिन्छ ।

यसको दुवैतिर केही कडा रिङ रहेको हुन्छ । प्वाल भएपट्टकिो रिङ माथितिर पारी योनीद्वारको बाहिरपट्ट िराख्नुपर्छ । यौन सम्पर्क गरिसकेपछि प्वाल भएपट्टकिो भागलाई बटारेर प्वाल बन्द गरी सावधानीपूर्वक निकाल्नुपर्छ । यसरी निकाल्दा कन्डम भएको वीर्य बाहिर पोखिन दिनु हँुदैन । त्यसपछि उचित ठाउँमा यसको व्यवस्थापन गर्नुपर्छ ।

कन्डमका फाइदा

*गर्भनिरोधका लागि यो धेरै प्रभावकारी छ ।
*कन्डममा शरीरलाई असर गर्ने कुनै औषधि नहुने भएकाले शरीरमा कुनै किसिमको असर गर्दैन ।
*पुरुष कन्डम जहाँ पनि सजिलै पाउन सकिन्छ ।
*यौन सम्पर्क गर्दा मात्र प्रयोग गरे हुन्छ ।
*एचआइभीलगायत यौन सम्पर्कका माध्यमबाट सर्ने रोगबाट बच्न सकिन्छ ।
*पुरुष कन्डम धेरैप्रकारको आकार र रङमा पाइन्छ ।
*महिला कन्डम यौन सम्पर्कको वेला जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।
ध्यान पुर्‍याउ
* पुरुष कन्डम राम्रोसँग नलगाएमा खुस्किन सक्छ ।
* हरेकपटकको यौन सम्पर्कमा नयाँ कन्डमको प्रयोग गर्नुपर्छ ।
* कन्डमलाई चर्को घाम वा तातो स्थानमा राख्नु हुँदैन ।
* प्याकेटबाट कन्डम निकाल्दा नङ वा कुनै धारिलो चीजको प्रयोग गर्नु हँुदैन ।
* महिला कन्डम प्रयोग गर्दा कहिलेकाहीँ लिंग कन्डम बाहिरबाट जान सक्छ ।
*
कसैकसैलाई रबरको कन्डमबाट एलर्जी पनि हुनसक्छ । तर, ज्यादै न्यून रुपमा मात्र पाइएको छ । अहिले प्लास्टिकको कन्डम पनि पाइन्छ । रबरको कन्डम प्रयोग गर्दा तेल, तैलीय बडी लोसन प्रयोग गर्नु हँुदैन ।

पुरै हेर्नुहोस्...

Tuesday, January 25, 2011

चिसो मौसममा डिप्रेसन बढ्छ

मानिसलाई चिसो मौसममा बढी डिप्रेसन बढ्ने गरेको एक अध्ययनले देखाएको एक शोधअनुसार चिसो अथवा पानी परेको मौसममा मानिसको मस्तिष्कमा रहेको सेरोटोनिन रसायनको मात्रा बढी हुने गर्छ मस्तिष्कमा सेरोटोनिनको मात्रा बढी हुँदा मानिसलाई बढी बेचैनी हुने शरीरमा ऊर्जा कम हुने हुँदा डिप्रेसनको समस्या देखिने गरेको सो अध्ययनले देखाएको
बेलायतमा गरिएको सो अध्ययनले मौसममा आएको परिवर्तनअनुसार मानिसको मुडमा पनि परिवर्तन हुने देखाएको छ । मौसमअनुसार मानिसको मुड परिवर्तन हुुनुको पछाडि मस्तिष्कमा भएको सेरोटोनिन भन्ने रसायन जिम्मेवार रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार चिसो अथवा पानी परेको मौसममा सेरोटोनिनको मात्रा गर्मी मौसमको तुलनामा कम हुन्छ त्यसैले यो मौसममा मानिसमा डिप्रेसन, बेचैनी तथा ऊर्जा कम भएको महसुस हुन्छ । यसका साथै मानिसलाई धेरै सुत्न तथा खान मन लाग्ने हुन्छ । अनुसन्धानमा संलग्न विशेषज्ञले मौसमअनुसार मुडमा आउने परिवर्तनको समाधानका लागि थप अनुसन्धान गर्ने जनाएका छन् ।

पुरै हेर्नुहोस्...

Thursday, January 20, 2011

पढाइसँगै होटल व्यवसाय

उत्तरी कालपोखरीकी लाक्पा डोमा शेर्पा कलेज बिदा हुनासाथ दार्जिलिङ छाडेर घर आउँछिन् सँगैका साथीहरूको जाडो बिदामा अन्यत्र घुम्ने या कम्प्युटर ट्युसन पढ्ने योजना भए पनि उनलाई घर फिर्नैपर्ने बाध्यता उनका दाजु निङगुर शेर्पा पनि बिदा हुनासाथ घरको होटलमा व्यस्त हुनुपर्छ
पर्यटकको चहलपहल अत्यधिक हुने यो इलामका लेकाली क्षेत्रमा उनीहरूको पढ्ने जिउने आधार नै होटल भएकाले पढाइसँगै काममा सघाउनु उनीहरूको दायित्व हो छिमेकी छोवाङ भोटियाका पाँचजना छोराछोरी नै दार्जिलिङका विद्यालय कलेज पढ्ने भए पनि बिदामा सबै घरको काम सघाउन आइपुग्छन् भोटियाकी जेठी छोरी तेन्जिङ मेतोकले दार्जिलिङको टिबेटियन विद्यालयमा १२ कक्षासम्म पढेकी छिन् उनले त्यहीँको इन्स्िटच्युटबाट हिमाल आरोहणको कोर्स पनि गरेकी छिन् तर, अरू भाइ-बहिनीलाई पढाउनुपर्ने भएकाले उनी घरमा सञ्चालित होटल थामेर बस्छिन्

'पर्यटकको चाप अत्यधिक हुने भएकाले बुबाआमाको भरले मात्र हुँदैन,' तेन्जिङ भन्छिन्, 'घरबार चलाउन भाइ-बहिनीको राम्रो शिक्षाका लागि नै होटलमा व्यस्त हुनुपरेको '

उनका बहिनीहरू मिङ्मा र खान्दोमा पनि बिदामा कुशल होटल व्यवसायीझैँ भएकाले दसैँ, तिहार र जाडो बिदामा आफ्नो होटलमा आउने पाहुनालाई खान, बस्नको प्रबन्ध मिलाउन आइपुग्छन् । उत्तरी सीमावर्ती पर्यटकीय क्षेत्रको प्रमुख आयस्रोत होटल व्यवसाय नै भएकाले हरेक विद्यार्थीर् कुशल पर्यटन व्यवसायमा लाग्छन् ।

यस क्षेत्रमा फस्टाएको पर्यटन व्यवसायकै कारण नयाँ पुस्तामा जागिरभन्दा व्यवसायको लोभ बढेको छ । भारतको पढाइ र नेपालको बसाइ भएकाले यहाँका तन्नेरीलाई जागिरको उत्ति भर लाग्दैन । 'जति पढे पनि यस क्षेत्रका बासिन्दाको राम्रो आय-आर्जनको स्रोत होटल व्यवसाय नै हो,' सन्दकपुरको शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले भने ।

पश्चिमा र बंगाली पर्यटकको ओइरो लाग्ने यस भेगमा भाषिक हिसाबले पनि पर्यटकलाई फस्र्याउन अंग्रेजी जानेका विद्यार्थीको आवश्यकता पर्छ । त्यसैले पनि सीमावर्ती क्षेत्रका दर्जनाँै विद्यार्थी अंग्रेजी सिक्नकै लागि दार्जिलिङतर्फ अध्ययन गर्ने गर्छन् ।

त्यस क्षेत्रको पर्यटन दार्जिलिङ निर्भर भएकाले पनि पर्यटन व्यवसाय सिकाउन पनि अभिभावकले सीमापारि पठाएका हुन् । 'होटल व्यवसाय, पथप्रदर्शकजस्ता पेसाका लागि छोराछोरी दक्ष बनाउन पनि उतै पठाउँछन्,' सरस्वती प्रावि मेघमाका प्रधानाध्यापक चन्द्रकुमार प्रधानले भने, 'अंग्रजीसँगै दार्जिलिङको बसाईले पर्यटन व्यवसाय पनि सिक्ने गर्छन् ।'

ग्यान्टोक, दार्जिलिङ, कालिङपुङलगायतका भारतीय सहरमा विद्यार्थी पढाउने होडले सीमावर्ती क्षेत्रका नेपाली विद्यालयमा भ्ाने विद्यार्थीको संख्या न्यून छ । सीमावर्ती क्षेत्रका कालपोखरी, मेघमा, तुमलिङ, जौवारीलगायत ठाउँबाट डेढ सयभन्दा धेरै विद्यार्थी सीमापारिका विद्यालयमा अध्ययन गर्ने गर्छन् ।

'पढाइखर्च जोहो गर्ने मुख्य माध्यमै होटल भएकाले काम नगरी उपाय नै छैन,' तुमलिङस्थित शिखर होटलकी मनीषा गुरुङले भनिन् । असोजदेखि वैशाखसम्मको सिजनमा पर्यटक भरिभराउ हुने गरेकाले होटलको काम सघाउन सबै विद्यार्थी अहिले घर आएका छन् । सीमावर्ती क्षेत्र जैविक, धार्मिक र सगरमाथादेखि कञ्चजंघासम्म हिमशृंखलाको दृश्यावलोकनका लागि महत्त्वपूर्ण भएकाले ठूलो संख्यामा पर्यटकको चहलपहल हुने गरेको हो ।

उत्तरी इलामको कालपोखरीस्थित आफ्नै होटलमा काम गर्दै विद्यार्थीहरू । यस क्षेत्रबाट सीमापारि दार्जिलिङतर्फ पढ्न जाने विद्यार्थी होटल व्यवसायमा पनि निपुण छन् ।

पुरै हेर्नुहोस्...

love


पुरै हेर्नुहोस्...

अनलाइनको झुटो दुनियाँको झुटो प्रेम

ब्रिटिस महिला क्लाउडिया कोनेल १४ वर्षदेखि इन्टरनेटमा जीवनसाथीको खोजीमा छिन्  ४४ वषर्ीया क्लाउडियाको अनुभव - इन्टरनेटमा जीवनसाथी खोज्नु मूर्खता हो 

एक्लो हुनुहुन्छ ? भव्य जीवनसाथीको प्रतीक्षा गर्दा गर्दै थाकिसक्नुभो ? भनेजस्तो जोडी नपाउँदा निराश हुुनुहुन्छ ? छाड्दिनुस् निराश हुन  संसार सुन्दर, आकर्षक ' अंकको तलब खाने (लाखभन्दा बढी)' पुरुषहरूले भरिभराउ उनीहरू हत्ते हालेर तपाईंका पछि लाग्नेछन्  तर, अनलाइनको झुटो दुनियाँमा मात्र ! असली संसारमा यस्ता पुरुष उहिल्यै बिलाइसके 

इन्टरनेट डेटिङको कुरा गरिरहेकी छु जहाँ लाखौँ महिला पुरुष जीवनसाथी खोज अभियानमा संलग्न हुन्छन्  , स्वीकृत/अस्वीकृत हुन्छन्  ब्रिटेनमा अनलाइनमा जोडी खोज्ने लोकपि्रय परम्पराविरुद्ध केही बोल्न चाहन्छु 
अविवाहित या एक्ला मानिसमध्ये लगभग आधाभन्दा बढी प्रेमको खोजीमा इन्टरनेटको शरणमा पर्छन् । केहीका भागमा सफलता परे पनि अधिकांशका भागमा निराशाबाहेक केही पर्दैन । अझ महिलाका सन्दर्भमा यो असफलताको मात्रा धेरै हुने गर्छ । मेरो सवालमा म त्यस्ती महिला हुँ जसले इन्टरनेट या अनलाइनको झुटो दुनियाँमा धोका खाएकी छे । र, मजस्ता महिला लाखौँ छन् । अनलाइन डेटिङ नामक झुर प्रचलनले हामीजस्ता धेरैको जिन्दगी बर्बाद भएको छ । यस प्रकरणमा सबैभन्दा धेरै धोका खाने महिला बि्रटिस हुन् ।

अनलाइन डेटिङ झुटो संसारको भ्रमपूर्ण सयर हो । यसमा प्रेमका गफ दिने असंख्य मानिस भेटिन्छन्, तर प्रेम (जसलाई अनन्त र अमर भनिन्छ) पाउने र दिने अत्यन्तै थोरै संख्यामा हुन्छन् । अनन्त हुन्छ डेटिङको प्रक्रिया, तर प्रेम कुन पन्छीको नाम हो, अनलाइन प्रेमीप्रेमिकालाई थाहा हुँदैन ।

मैले अनलाइन डेटिङ सुरु गरेको चौध वर्ष भयो । त्यतिवेला म ३० वर्षकी थिएँ । अविवाहित थिएँ । मैले काम गर्ने वातावरण महिलामैत्री थिएन । मेरो संगत दुःखी र अभावग्रस्त महिलाहरूसँग मात्रै हुन्थ्यो । सुन्दर र आकर्षक पुरुषलाई म सपनामा मात्रै देख्ने गर्थें । अर्थात् ब्राड पिटजस्ता पुरुष मेरो सपनामा आउँथे र जान्थे ।

म न डिनर पार्टीमा उपयुक्त थिएँ, न नाइट क्लबमा । मध्यम उमेर -पचास वर्षका हाराहारी)का महिलाका लागि दिइने डिनर पार्टीका लागि म एकदम कलिली थिएँ भने सत्र/अठार वर्षका अल्लारे केटाकेटीले हाहु गर्ने नाइट क्लबमा लागि एकदम बूढी थिएँ । कम्प्लेक्स थर्टी -तीस वर्ष पुगेपछि देखिइने जटिलता) को नमीठो अनुभव गरिरहेकी थिएँ म । म आफ्ना नजरमा कतै पनि 'फिट' नहुने महिला थिएँ । यस्तो कुण्ठित परिस्थितिमा मलाई केही साथीले सहयोग गरे । र, आफ्ना 'फोहोरी गोप्य रहस्य' खोलेँ । अर्थात् अनलाइन डेटिङ । त्यसपछि मैले तथाकथित प्रेमको दुनियाँमा कदम राखेँ । एक यस्तो दुनियाँ जहाँ प्रेम एउटा हल्काफुल्का संज्ञाबाहेक केही पनि थिएन ।

आजकल इन्टरनेट डेटिङमा यति धेरै मानिस सहभागी हुन्छन् कि यो विपरीत लिंगीलाई भेट्ने सर्वस्वीकार्य माध्यम भइसकेको छ । आज हजारौँ डेटिङ साइट छन् । साकाहारी, क्रिश्चियन, एकल अभिभावक, खेलकुदप्रेमीदेखि पाल्तु जनावरप्रेमीसम्मका विभिन्न साइट । तपाईंले नाम मात्रै लिनुपर्छ, साइट सेवामा हाजिर छ । तर, १४ वर्षअघि थोरै डेटिङ साइटमात्रै उपलब्ध थिए ।

मैले एउटा साइट ब्राउज गरेँ र साइनअप गर्नुअघि केही पैसा बुझाएँ । र, म हषिर्त र चकित थिएँ, त्यस साइटले मेरा लागि असंख्य सुन्दर पुरुषलाई मेरो सम्भावित जोडीका रूपमा उपलब्ध गराएकोमा । कम्प्युटरको स्त्रिनमा उनीहरूको हँसिलो र चहकिलो अनुहार देख्दा म खुसीले फुरुङ पर्थें ।

तर, मेरो व्यक्तिगत विवरण दिएपछि ती ब्राड पिटजस्ता समृद्ध र सुन्दर पुरुष एकाएक हराउन थाल्थे । म आफ्नो पाक कलाको घमन्ड र बिकिनीको भव्यता प्रस्तुत गर्न सक्दिनथेँ किनभने म सामान्य बि्रटिस युवती थिएँ । इन्टरनेटमा 'प्रेम' खोज्ने पुरुषहरू सायद असाधारण युवतीको खोजीमा हुन्छन् । तर अपसोस, म एकदम सामान्य युवती थिएँ । र, मजस्ता सामान्य युवती यस संसारमा लाखौँ छन् ।

डेटिङ साइटमा सहभागी हुनुभन्दा अघि आफ्नो प्रोफाइल (व्यक्तिगत विवरण) प्रस्तुत गर्नुपर्छ । वास्तवमा यो समयको बर्बादी हो । विशेष गरी महिलाका लागि । तपाईंले खाजा खाने समयमा सगरमाथा चढ्नु भए पनि या क्यान्सरको उपचारपद्धति पत्ता लगाउनु भए पनि, यसबारेमा कसैको चासो हुने छैन । तर, तपाईंको शरीरको आकार-प्रकार या तपाइंर्ंको आम्दानीबारे धेरैको चासो रहनेछ । केही साइटले यस्ता हास्यास्पद प्रश्न सोध्छन् जसको सम्बन्ध महिलाको व्यक्तित्वसँग बाह्र हातको सम्बन्ध पनि हुने गर्दैन ।

मैले लामो समयसँग डेटिङ गरेको एक पुरुषले मलाई यतिसम्म धोका दिएको छ कि उसले आफ्नो उमेरबारे भयानक झुट बोल्यो । आफू ३५ वर्ष मात्रै भएको कुरा गरेको थियो उसले । र, तस्बिर पनि त्यस्तै पठाएको थियो । तर, जब मैले केही माध्यमबाट सत्य पत्ता लगाएँ, म छाँगाबाट खसेझैँ भएँ । ऊ त ५० वर्षको मान्छे रहेछ ।

चौध वर्षदेखि म इन्टरनेटमा जीवनसाथीको खोजीमा छु । मजस्ता लाखौँ महिला यस्तो निरर्थक खोजीमा छन् । तर, अनलाइनमा जीवनसाथीको खोजी गर्नु मूर्खता हो।

पुरै हेर्नुहोस्...

विद्युत् चोर्नेहरू रंगेहात पक्राउ

सप्तरी, माघ

बिजुलीको पोलबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने १० जनालाई बिहीबार बिहान जिल्लाको विभिन्न गाविसबाट रंगेहात पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख शम्भु कुसियैत यादव र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको कल्याणपुर गाविस-२ का गंगा सदा, राजकुमार चौधरी, मो. मंजुर मियाँ, मलेकपुर गाविस-५ खुरहुरियाका कारीप्रसाद यादव, बसवलपुर गाविस-१ का भुवन चौधरी, सीतापुर गाविस-३ का मैनी मण्डल, जितपुर गाविस-३ का रामविलास साह, मोहनपुर गाविस-४ कठौनाका भुटाई चौधरी, रामपुर जमुवा गाविस-४ का विजयकुमार चौधरी र वडा नम्बर ६ का आशाराम चौधरी छन् । पक्राउ परेकाहरूको घरबाट केही थान विद्युतीय मोटर र तारसमेत प्राधिकरणले जफत गरेको छ ।

प्राधिकरणका कर्मचारी र प्रहरी सम्मिलित गस्ती टोलीले उनीहरूलाई उनकै आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिए । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all