*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Wednesday, September 1, 2010

चप्पल उल्टो पारेको निहुँमा कुटपिट

महेन्द्रनगर, १५ भदौ

ढोकामा चप्पल उल्टो पारेको निहुमा एक महिला श्रीमान्बाट निर्घात कुटिएकी छिन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भीमदत्त नगरपालिका-९ मटैनाकी गीता महरा श्रीमान् दानीबाट कुटिएकी हुन् । सोमबार साँझ ढोका भित्र-बाहिर गर्दा दैलोमा रहेको चप्पल उल्टो परेको विषयमा विवाद गरी श्रीमान्ले पिटेको गीताले बताइन् ।

'किन यस्तो गरिस् भन्दै गाली गर्न थाल्नुभयो,' उपचाररत गीताले रुँदै भनिन्, 'लठ्ठी, हथौडा र सिलौटाले तिघ्रा, पिडौला, पाखुरा र छातीमा कुट्नुभयो ।' छिमेकीले छुट्टयाउन खोजे पनि श्रीमान्ले चुक्कुल लगाएर कुटपिट गरेको उनले बताइन् ।


महिला अधिकारकर्मी शारदा चन्दले गीताको उद्धार गरी अस्पताल लगेकी हुन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काले अस्पतालको शय्यामा रहेकी गीताको अवस्थाबारे जानकारी लिएपछि दानीलाई पक्राउ गरी कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका छन् ।

0 comments:

Post a Comment

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all