*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Monday, February 21, 2011

My Best Song...

सयौ जुनी पाउन सकिन्छ सकिन्न....


तिमीले दिने माया....

छोडेर नजाउ प्रदेशी मलाई....


जिन्दगी यो फुलै फुलको थुङगा हुदैन.....

पुरै हेर्नुहोस्...

Thursday, February 10, 2011

अनुगमन टोलीलाई इन्धन र सञ्चार खर्च पनि अभाव

६४ जनाको टोलीलाई फ्याक्स मेसिन, टेलिफोन पेट्रोलकै समस्या भएको भने टोलीको पारिश्रमिकसमेत हालसम्म तय गरिएको छैन

माओवादी लडाकुको क्यान्टोन्मेन्टसहित हतियार नेपाली सेनाको हतियार अनुगमन गर्न खटिएको टोली अहिलेसम्म सुविधाविहीन ६४ सदस्यीय टोलीका सदस्यले इन्धन, मसलन्द सञ्चारका लागि मात्र होइन, पारिश्रमिक कति पाउने भन्नेसमेत टुंगो लागेको छैन

संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको बहिर्गमनसँगै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार तीन सुरक्षा निकाय माओवादी लडाकुको संयुक्त टोलीलाई परिचालित गरिएको थियो माघको मध्यरातदेखि अनुगमन सम्हाल्ने गरी टोली परिचालित भएको थियो
अनुगमन टोलीका सदस्य मात्र होइन, त्यसको नेतृत्व गर्ने सचिवालयले समेत कर्मच्ाारी अभाव र आधारभूत बजेटको अभाव झेलिरहेको छ । चार महिनाअघि माग गरेअनुसार सचिवालयको कार्याल्ायमा कर्मचारीको काजसरुवा तथा प्राविधिक र विज्ञहरूको भर्नासमेत हुन सकेको छैन ।

विशेष समितिले गत १ माघमा लडाकुका सात र सेनाको छाउनीस्थित जगदल गणको कन्टेनर अनुगमन गर्न खटाएका ६४ जनाको टोलीलाई फ्याक्स मेसिन, टेलिफोन र पेट्रोलकै समस्या भएको छ भने टोलीको पारिश्रमिकसमेत हालसम्म तय गरिएको छैन ।

'अनमिनले छाडेका जेनेरेटर तेल अभावका कारण चल्न सकेका छैनन्, रातको समयमा कन्टेनरको अनुगमन पनि प्रभावित भएको छ भन्ने सुन्नमा आएको छ,' लडाकुको नियन्त्रण तथा निर्देश्ानका लागि गठित सचिवालयका सदस्य एवं सेनाका पूर्वसहायकरथी गोपालसिंह बोहराले नयाँ पत्रिकासँग भने ।

बोहराले शिविरहरूको निरीक्षणका लागि गएको टोलीले लगेको न्यूनतम खर्च पनि शान्ति मन्त्रालयबाट सापटीमा लगेको बताए । 'अनुगमन टोलीलाई पठाएको केही दिनमा सचिवालयको टोली शिविरहरूमा गएको थियो, त्यही क्रममा मोटिभेसनका लागि हामीले प्रतिव्यक्ति पाँच हजार र प्रतिशिविर १० हजार रकम दिएका थियौँ,' बोहराले भने, 'त्यसबाहेक उनीहरूलाई कुनै खर्च दिइएको छैन ।'

स्रोतका अनुसार सचिवालयले अनुगमनकर्तालाई भत्ताका रूपमा मासिक १५ हजार दिने प्रस्ताव गरेको छ । अनुगमनकर्ताका रूपमा कार्यरत सुरक्षा अधिकृतहरूको नियमित तलब तथा माओवादी लडाकुको नियमित भत्ताबाहेक दिने प्रस्ताव गरिएको यो थप रकम हो ।

अनुगमन टोलीले हालसम्म सामानको लिक्विडेसनका लागि बसेको अनमिनका कर्मचारीकै सहयोगमा र अनमिनकै साधनस्रोत प्रयोग गरेर सचिवालयको इमेलमा बि्रफिङ गरिरहेको छ । 'तेल दिन सकिएको छैन, अनुगमनमा ड्युटी गरिरहेकाहरू अँध्यारोमा आँखाले भ्याएसम्म हेर्छन् र इमेलमा रिपोर्ट पठाउँछन्,' सचिवालय सदस्य बोहराले भने, 'अनमिनका केही सामानहरू छन्, तर त्यसलाई चलाउने कर्मचारी छैनन् । सामान उपयोग नै हुन सकेको छैन ।'

अनमिनले विशेष समितिलाई हालसम्म औपचारिक रूपमा अनुगमन संयन्त्र र सामग्री हस्तान्तरण गरिसकेको छैन । 'अपि्रल १५ सम्म हाम्रो लिक्विडेसन अवधि छ, अहिले सामग्री, गाडीहरूको लिस्ट बनाउँदै छौँ,' अनमिन स्रोतले भन्यो, 'यहाँबाट प्रक्रिया पुर्‍याएर हेडक्वार्टरको प्रोपर्टीसम्बन्धी हेर्ने निकायमा खबर गर्छौँ, उताबाट निर्देश्ान आएपछि समितिलाई बुझाउँछौँ ।'

स्रोतका अनुसार अनमिनले प्रयोग गरेका उपकरण र कम्प्युटरबाहेक गाडीहरू विशेष समितिको सचिवालयलाई दिने कि नदिने भन्ने तय भइसकेको छैन । सचिवालय स्रोतले भने ३० देखि ४० वटासम्म गाडीहरू अनमिनले दिने विश्वास गरेको छ । 'अनमिन लेखेको रङ बदलेर हामीलाई दिइनेछ भन्ने बुझिएको छ, त्यसबारे थप बुझ्न पाइएको छैन,' सचिवालयका अर्का सदस्यले नयाँ पत्रिकासँग भने । अनमिनले भाडामा लिएर प्रयोग गरेको श्री एयरलाइन्सको हेलिकोप्टर राष्ट्रसंघीय मिसनअन्तर्गत नै द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडान लैजाने निश्चित भएको छ । त्यसबाहेक नेपालका तीनवटा हेलिकोप्टर राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत अफ्रिकी मुलुकमा भाडामा लगाइएको छ ।

सचिवालयले नयाँ भर्ना गर्नुपर्ने र विद्यमान कर्मचारीको काजसरुवा गरी तीन सय २९ जना कर्मचारी आवश्यक रहेको विवरण विशेष समितिलाई चार महिनाअघि बुझाएको थियो । जसमध्ये सचिवालयको प्रत्यक्ष मातहतमा रहने गरी ६४ जना अनुगमन टोली १ माघदेखि खटिएको छ ।

सचिवालय स्रोतका अनुसार शान्ति मन्त्रालयअन्तर्गतको शिविर व्यवस्था कार्यालयका खटिएका ८९ जना कर्मचारी पनि सचिवालयमातहत खटिने निश्चित भएको छ । बाँकी एक सय ७६ जना कर्मचारीको टुंगो हालसम्म लाग्न सकेको छैन ।

माग भएअनुसार सुरक्षा तथा द्वन्द्वविद् र प्राविधिक र श्रेणीविहीन कर्मचारीको भर्ना र थप कर्मचारीलाई काजमा खटाउने विषयमा हालसम्म टुंगो लागिनसकेको स्रोतले बताएको छ । सचिवालयअन्तर्गत लडाकुहरूको शिविरबाट नियमित रूपमा बि्रफिङ गर्नका लागि सिचुएसन सेन्टर गठन पनि माओवादी र अन्य दलहरूबीच्ाको विवादका कारण निर्णय हुन सकेको छैन ।

'माओवादीले आधा आफ्ना लडाकु र बाँकी आधा सदस्य संख्या सबै सुरक्षा निकायबाट राखौँ भनेकाले कुरा मिलेन,' सचिवालय सदस्य बोहराले भने, 'हामीले आठ-आठ घन्टाका दरले तीन सिफ्टमा ड्युटी गर्ने गरी २४ जना राखौँ र हरेक ड्युटीमा विश्वासका लागि लडाकुलाई पनि राखौँ भनेर प्रस्ताव गरेका थियौँ, माओवादीले नमानेकाले टुंगो लागेन ।' सिचुएसन सेन्टरमा रहने टोलीको टुंगो नलागेका कारण अनमिनले बानेश्वरमा राखेको उपकरण प्रयोगमा समेत अप्ठेरो परिरहेको सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयले लडाकुहरूलाई समायोजन र पुनस्र्थापनको काम सम्पन्न गर्न द्वन्द्व-विशेषज्ञलगायतको टोली पनि भर्ना गर्नुपर्ने प्रस्ताव विशेष समितिमा पेस गरेको छ, तर विशेष समितिको बैठकले त्यसबारेमा निर्णय गरिसकेको छैन । 'हामीले चार महिनाअघि नै सरकारलाई कर्मचारी खटाइदिनुपर्‍यो भनेर अनुरोध गरेका हौँ, मुख्य सचिव माधव घिमिरेलाई नै पटक-पटक भनिएको हो,' सचिवालय सदस्य बोहराले नयाँ पत्रिकासँग भने, 'अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । '

विशेष समितिको मागअनुसार खर्च नभएको रकम शान्ति मन्त्रालयले सापटी दिएको र त्यही रकमबाहेक अनुगमन टोलीलाई दिन नसकिएको सचिवालय स्रोतले जनाएको छ ।

अनुगमन टोलीका लागि अनमिनका कर्मचारीले शिविरमा बस्दा विगतमा प्रयोग गर्दै आएको बनावटी घरको व्यवस्था गरिएको छ । 'बस्नका लागि समस्या त छैन, तर बल्लतल्ल किचेनको व्यवस्था भएको भन्ने थाहा पायौँ,' बोहराले भने । यसैबीच लडाकुहरूको शिविरमा अनमिनका सामान रक्षाका लागि खटिएका दुईजना पूर्वसैनिक हालसम्म खटिएका छन् । छाउनीस्थित सेनाको जगदल गणमा अनमिनका एक विदेशीसहित अर्का नेपाली कर्मचारी कार्यरत छन् ।

यसैबीच विशेष समितिअन्तर्गत गठित केन्द्रीय अनुगमन संयन्त्रलाई अनमिनले विगतमा अध्यक्षता गर्दै आएको संयुक्त अनुगमन समितिको काम गर्ने जिम्मा दिइएको छ । संयन्त्रले विस्तृत शान्तिसम्झौता र हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौता उल्लंघनका घटनासहित शिविरमा देखिएका अन्य समस्याबारे समाधान खोज्नेछ । 'संयन्त्रले हतियार अनुगमन सम्झौताको अनुगमन र विवादलाई मिलाउने काम गर्ने तय भएको छ,' सचिवालयका सदस्य बोहराले भने । विशेष समिति, सचिवालय, सेनासहित सुरक्षा निकाय र माओवादी सम्मिलित नौ सदस्यीय संयन्त्रको नेतृत्व कसले गर्ने भन्नेमा भने हालसम्म कुनै निर्णय भइसकेको छैन ।

पुरै हेर्नुहोस्...

Tuesday, February 8, 2011

जसलाई फिल्मले जिन्दगीभर रुवायो

'२८ लाखमा बन्छ भनेको फिल्म बन्न ५२ लाख लाग्यो, तर फिल्मबाट १५ लाख पनि उठेन हामी ऋणमा डुब्यौँ यही तनावका कारण मेरो श्रीमान्ले आत्महत्या गरे '


सोझा व्यापारमा पोख्त केदार श्रेष्ठ-छिटिङ शेर्पा दम्पती सम्पन्न सुखी जीवन बाँच्दै थियो एक दिन फिल्मक्षेत्रका एक व्यक्तिले 'फिल्ममा लगानी गर्नुपर्छ, फाइदा हुन्छभनेर केदारलाई उक्साइदिए ५२ लाख रुपैयाँ हालेर उनले फिल्म बनाए, तर फिल्म फ्लप भयो तनावैतनावमा केदारले आत्महत्या गरे फिल्मले जीवन ध्वस्त भएको बताउँछिन् छिटिङ
पर्दा लगाइएको छ झ्यालमा, खापाखापासम्म । त्यो पर्दाले त्यस कोठामा वर्षौंदेखिका तमाम पीडा छोपेर राखेको छ । अनुराग, मोह र भय एकसाथ प्रस्तुत भइदिन्छन् गायिका छिटिङ शेर्पा श्रेष्ठका अगाडि । उनका श्रीमान् केदार श्रेष्ठ यस्ता पात्र हुन्, जसले निकै वर्षअघि यही कोठामा आत्महत्या गरेका थिए । उनकी पत्नी छिटिङका अनुसार उनी त्यति धेरै महत्त्वाकांक्षी थिएनन् । जीवनप्रति उनको मोहभंग भएको पनि थिएन । हामी दिवंगत पात्रको कोठामा छौँ । एउटा प्रश्नको जवाफमा उनले भनेकी थिइन्, 'कहिलेकाहीँ उनी निकै आदर्शवादी कुरा गर्थे । तर, उनी आदर्शवादी लोग्ने बन्न सकेनन् । यो आदर्श भन्ने कुरा कति खोक्रो छ । जीवन, प्रेम सबैका आदर्श सब भ्रम हो ।'

उनको जिन्दगी कुनै कलाकारको अमूर्त कलाजस्तो लाग्छ । खासामा जन्मेकी उनी व्यापार गर्थिन् त्यसवेला, जबसम्म उनी बाँचेको क्षण छन्दबद्ध नदीजस्तो थियो । टेबुलमा एउटा डायरी चुपचाप लडेको छ । त्यसै डायरीमा उनले लेखेकी रहिछन्- 'कसैलाई खबर नदिई उनी आए अस्तित्वमा । कुनै हल्ला नगरी बाँचे चुपचाप र अँगाले मौन मृत्यु ।' यति पढिसकेर अन्तर्वार्ताका लागि तयार हुँदा उनी अकस्मात् एउटा डरलाग्दो स्वप्नबाट ब्युँझेझैँ भइन् । छिटिङलाई तर्साउने त्यो भयानक सपना सधैँ आउँछ जसमा उनी सधैँ विष पिएर छट्पटाइरहेको आफ्नै पि्रय श्रीमान्लाई देख्छिन् ।

एकैछिनमा उनका आँखा बग्न थाले । यस्तो लाग्थ्यो- उनका दिलदिमागमा अजीव घटना छन्, चलमलाइरहेका । दुई दशकअघि अस्पतालमा छटपटाइरहेका, जीवनको अन्तिम घडीसँग जुध्दै गरेका श्रीमान् केदारलाई सम्भिmइरहेकी थिइन् । 'त्यो दिनको सम्झनाले मेरो दिमागमा एउटा भय उत्पन्न गर्छ,' उनले भनिन् ।

यो फ्ल्यासब्याक हो, २० वर्षअघिको । जुन कथाले उनलाई सधैँ तर्साउँछ । यो यस्तो पात्रको कथा हो, जसले नेपाली फिल्ममा 'भव्य' पैसा लगानी गरेर आर्थिक स्तर खस्किएपछि जीवनबाटै निराश भएर आत्महत्या गर्‍यो र त्यसपछि उनको बाँकी परिवार फिल्मदेखि सधैँ तर्सिइरह्यो । छिटिङको पि्रय मित्र अर्थात् श्रीमान् मृत्युको ओछ्यानमा थिए र क्रमशः मर्दै थिए । 'विष खाएका बूढाको धुमिल हुँदै गइरहेको अनुहार हेरेर म खुब डराउँथे । उहाँ विषको प्रभावबाट जीवनकै अन्तिम अवस्थामा हुनुहुन्थ्यो र कुनै पनि क्षण भौतिक अस्तित्वबाट विलीन हुने सम्भावना थियो,' उनले भनिन् । उनका अनुसार, त्यसपछिका दिनमा सधैँ श्रीमान्को अजीव/अमूर्त सम्झना देखापर्छ । जिन्दगीसित दार्शनिक/आध्यात्मिक प्रश्नको जवाफ खोज्दै घोरिन्छिन् रे उनी । 'उनको मृत्युपछिका बाँकी रहेको रातमा म पहिलेजस्तै मस्तले कहिल्यै पनि निदाइनँ,' उनले भनिन्, 'उनले मलाई उपहार दिए- एक्लो जीवन ।' श्रीमान्को प्रस्थानपछि छिटिङका आगामी दिन केही पूर्वसंकेत लिई उनीसमक्ष उपस्थित थिए । 'सपनामा जंगल, झुसिल्कीरा आउन थाले त्यसपछिका दिनमा,' उनले भनिन् । श्रीमान्को आत्महत्यापछिका दिन छिटिङका जीवनकै कुरूपतम् दिन थिए ।

उनको प्रेम विवाह हो । तिब्बत खासामा जन्मेकी उनले सानैमा राम्रो व्यवसाय गरेकी थिइन् । खासाको सामान काठमाडौं र काठमाडौंको सामान खासामा व्यापार गर्थिन् उनी । त्यसैक्रममा एक दिन उनको भेट भयो केदार श्रेष्ठसँग । केदार पनि छिटिङकै सहयोगमा खासा व्यापारमै लागे । एक दिन केदारले छिटिङलाई भने, 'म तिमीसँग बिहे गर्न चाहन्छु, मैले तिमीसँग बिहे गर्न नपाए आत्महत्या गर्छु ।'

छिटिङ शेर्पिनी, केदार नेवार । ०४० मा उनीहरूको बिहे भयो । उनीहरू दुवै व्यापारमा पोख्त थिए । र, उनीहरूले धेरै पैसा कमाए । बिहेपछि व्यापार झनै फस्टायो ।

त्यसदिनलाई छिटिङ कहिल्यै बिर्सन सक्दिनन् । जुन दिनको कारण उनको जीवनमा कालो बादल मडारियो । गगन विरहीले उनको श्रीमान् केदारलाई 'फिल्म बनाउनुपर्छ, फाइदा हुन्छ' भनेर उचाले । र, उनको श्रीमान् उनकै कुरापट्टि लागे । 'उनको कुरामा विश्वास गर्‍यौँ हामीले,' छिटिङले सम्भिन् । तर, उनीहरूलाई फिल्मसम्बन्धी केही पनि ज्ञान थिएन । गगनले २८ लाखमा फिल्म बन्छ भने र उनीहरूले ०४८ सालमा 'संकल्प' फिल्म बनाए, शिव श्रेठ, कृष्टि मैनालीलगायतका त्यसवेलाका चर्चित कलाकार लिएर । तर, फिल्म बनाउन ५२ लाख रुपैयाँ खर्च भयो । उनीहरू बिस्तारै ऋणमा डुब्न थाले । र, फिल्म बनिसकेपछि चुर्लुम्मै डुबे, ऋणको चरम भासमा भासिए । 'हामीलाई फिल्मबारे केही पनि थाहा थिएन । क-कसले कति पैसा खाए पत्तो छैन,' उनले भनिन्, '२८ लाखमा बन्छ भनेको फिल्म बन्न ५२ लाख लाग्यो, तर फिल्मबाट १५ लाख पनि उठेन । हामी ऋणमा डुब्यौँ । यही तनाबका कारण मेरो श्रीमान्ले आत्महत्या गरे ।'

ऋण लाग्यो, ऋण तिर्न निकै गाह्रो भयो । 'अनि आमा र श्रीमान्को नाममा हामीले किनेको जग्गा बेचौँ भनेर हामीले सल्लाह गर्‍यौँ,' उनले भनिन्, 'तर, ससुराले बेच्न मान्नु भएन ।' केदारको बाबुछोराको घर झगडा पर्‍यो । घरमा छुटाछुट्टै बस्न थाले । छिटिङका श्रीमान्को आफ्नै बुबाआमासँग बोलचाल भएन । 'त्यसवेला ससुराले त्यो जग्गा बेच्न दिएको भए आज मेरो श्रीमान् जिउँदै हुनुहुन्थ्यो कि ?' छिटिङको मनमा छँदै छ । 'त्यो सम्झँदा आज पनि कहाली लाग्छ,' उनले भनिन् ।

दैनिक घरमा पैसा फिर्ता माग्न आउनेको ओइरो लाग्न थाल्यो । तर, उनीहरूको त्यो ऋण तिर्ने हैसियत थिएन । प्रत्येक दिन उनका श्रीमान् तनावमा रहन थाले । र, एक दिन अँध्यारो कोठामा लुकेर सुटुक्क विष पिए । त्यो ०५१ सालको एक चिसो बिहानको कुरा हो । उनको श्रीमान्को जीवनकथाको अन्तिम 'ड्राफ्ट' कति पीडाले भरिएका होलान् ? के हामी छिटिङको वेदनाको कर्कश संगीत महसुस गर्न सक्छौँ ? 'विष खाएको ५/६ दिनसम्म पनि टिचिङ अस्पतालको बेडमा उहाँ छट्पटिइरहनुभयो,' उनले भनिन् ।

श्रीमान्को मृत्युपछि उनले निकै दुःख गरेर ३५ लाख ऋण तिरिन् ।

जब उनीहरू प्रेममा थिए, त्यसवेला केदार वेला-वेला गीत गाउँथे । 'त्यो गीतको लय/ध्वनि/शब्द अझै पनि मेरो कानमा गुन्जिइरहेको छ,' यी गायिकाले सुनाइन् । श्रीमान्को मृत्युपछि मन बहलाउन वेला-वेला उनी एक्लै साधनामा डुब्छिन् र त्यसै साधनाका कारणले उनका केही एल्बम बजारमा आएका छन्- शेर्पा भाषाको सो ह्याला सो, नादिन भाग-२, 'खासा बजार', 'जाऊँ है हिमालमा' ।

०००

श्रीमान्को मृत्युपछिको उनको जीवन निकै पीडाले भरिएको छ, एउटी छोरीको सहारामा उनी बाँचिन् । 'छोरी नभएको भए म कसरी बाँच्थेँ होला ?' उनले भनिन् । उनका ससुराले उनीमाथि ठूलो घात गरेको छिटिङको गुनासो छ । उनले श्रीमान्को मृत्युपछि आफूले र छोरीले पाउनुपर्ने अंश दिएका छैनन् । 'पहिले हामीले जति कमायौँ, सबै सासूससुरालाई नै दियौँ । श्रीमान्को मृत्युपछि न ससुराले छोरी केली श्रेष्ठलाई पढाइदिए न घर खर्च नै दिए । न अंश नै दिए,' उनले भनिन् ।

घरबाट नपढाएपछि माइतीले नै छोरीको खर्चदेखि घरखर्च सबै खेपे । त्यसपछि पनि ससुराले खुबै दुःख दिए । 'मेरो जिन्दगी नै रोएर बितिरहेको छ,' उनले भनिन्, 'कहिलेकाहीँ जेठाजु पनि मसँग आएर 'तँ खासाकी भोटिनी होस्' भनेर दुःख दिन्छन्, धम्क्याउनेदेखि गाली बेइज्जति गर्छन् ।' श्रीमान्को मृत्यु भएको १७ वर्ष भयो, तर उनको जिन्दगीमा कहिल्यै पनि खुसी र सुखले चियाउन सकेन ।

उनको जीवनमा अन्धकार व्याप्त छ चारैतिर । त्यही अन्धकारमा बाँच्न अभ्यस्त हुनुपर्छ उनले । जीवनको लयबद्धता एकाएक स्थगित भयो । अब पनि पुरानो पद्धतिमा बाँच्न निकै गाह्रो हुनेछ उनलाई । 'वास्तवमा निकै पट्यारलाग्दो छ मेरो जीवन,' यी गायिकाले भनिन् ।

उनी वेला-वेला फ्याल्ब्याकमा जान्छिन् र देख्छिन्- अस्पतालको ओछ्यानमा शरीरभरि विष फैलिएको एउटा मान्छे । 'उनी भुइँमा टाउको बिसाएर निदाएका थिए । उनको दायाँ हात भुइँमा फैलिएकोे थियो,' उनले भनिन् । उनको कथा अझै सिद्धिएको छैन । उनी सायद कथाको मध्यतिर छिन् अहिले । तर, कथाले कसरी बिट मार्ने हो- त्यो उनलाई थाहा छैन ।

पुरै हेर्नुहोस्...

Tuesday, February 1, 2011

एचआइभी/एड्सको संक्रमणमा बच्चादेखि बूढासम्म

नेपालमा एचआइभी एड्स भित्रिएपछि देशभरिका तीन हजारभन्दा बढीको मृत्यु भइसकेको झन्डै ७० हजारको हाराहारीमा एचआइभी एड्सबाट संक्रमित रहेको बताइएको
विश्वमै एचआइभी एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन् तीमध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको केही समयअगाडि मात्र अमेरिकाको न्युयोर्कमा युएनएडसले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको यो धारणाले समग्र विश्वमै चिन्ता थपेको दस दिनसम्म चलेको उक्त कार्यक्रममा एचआइभी एड्सलाई महिलाको मृत्युको प्रमुख कारणतर्फ उन्मुख रोगका रूपमा प्रस्तुत गरिएको थियो
एचआइभी एड्सको नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम बनाउनका लागि आयोजित सो कार्यक्रममा विभिन्न देशको तथ्यांक हेर्दा विश्वभरिमा ७० प्रतिशत महिला असुरक्षित यौनसम्पर्क गर्न बाध्य रहेको भयानक तस्बिर सार्वजनिक गरिएको थियो विश्वभरिमा महिलाको एचआइभी एड्सका कारण मर्ने संख्यामा वृद्धि हुन थालेपछि युनएड्सले लैंगिक मुद्दालाई समावेश गरी विश्वभरि सञ्चालन गरिने पाँचवर्षे कार्यक्रम बनाएर लागू गर्ने भएको

युनएड्सको एचआइभी तथा एड्स कार्यक्रमले विश्वमै पछिल्लो १० वर्षको तुलनामा एचआइभी संक्रमित एड्सबाट मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको देखाएको 'समग्र रूपमा हेर्दा विश्वमा एचआइभी संक्रमित एड्सबाट मर्नेको संख्यामा कमी आएको तर, विश्वमै यो रोगबाट महिला बढी पीडित देखिएका छन् भने बच्चादेखि बूढासम्मलाई पनि यसको संक्रमणले छाडेको छैन ' युएनको पछिल्लो अध्ययन प्रतिवेदनमा भनिएको , 'एचआइभी एड्सको महामारी सन् १९९९ को तुलनामा २० प्रतिशतले कमी आएको ' प्रतिवेदनले संक्रमितको संख्यामा कमी आए पनि यसको महामारी जुनसुकै वेला जहाँ पनि देखा पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको

नेपालमा पनि २२ वर्षअघि देखापरेको एचआइभी सहर हुँदै ग्रामीण्ा क्षेत्रमा बढ्दै गएर ठूलै समस्या सिर्जना गरिरहेको छ । सन् १९८८ मा पहिलोपटक नेपालमा चार यौनकर्मीमा फेलापरेको एचआइभीबाट अहिले दैनिक १५ बढी संक्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञहरूले बताएका छन् । नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजार बढीको मृत्यु भइसकेको भने झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले हालै गरेको अध्ययनअनुसार नेपालमा अहिले १४ वर्षभन्दा कम उमेरका ३५ सय ४४ बालबालिका, १५ देखि ४९ वर्षका ५२ हजार प्ााँच सय चार र ५० वर्षभन्दा माथिका सात हजार चार सय ८० गरी कुल ६३ हजार पाँच सय २८ एचआइभी संक्रमित रहेका छन् । केन्द्रको तथ्यांकले पनि नेपालमा बच्चादेखि बूढासम्मका मानिस एचआइभीको संक्रमणबाट ग्रसित रहेको देखाएको छ ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारीले नेपालमा संक्रमितको संख्या ६३ हजार पाँच सय भए पनि जम्मा १६ हजार दुई सय ६२ को मात्र रगत परीक्षणबाट एचआइभी प्रमाणित भएको बताए । 'संक्रमितको संख्या धेरै छ, तर रगत परीक्षण गराउनेको संख्या ज्यादै कम छ,' उनले भने, 'बाँकी अरू संक्रमितले थाहै नपाई धेरै व्यक्तिलाई एचआइभी संक्रमण गराइरहेका हुन्छन् । त्यसकारण एचआइभी परीक्षणको सुविधा विस्तार गरी तथा संक्रमितलाई गरिने भेदभाव कमी ल्याएर सबै सम्भावित संक्रमितलाई परीक्षणको दायरामा ल्याउनुपर्छ ।'

एचआइभी र एड्स तथा यौनरोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा. श्याम मिश्रले पछिल्ला वर्षमा एचआइभीको परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको बताए । उनका अनुसार सन् २००७ देखि हालसम्म रगत परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको छ । 'हामीकहाँ संक्रमित ६३ हजारभन्दा माथि छन् । तर, थोरैले मात्र रगत परीक्षण गराएकाले बीचमा ठूलो ग्याप देखिएको छ । त्यो ग्याप भर्नका लागि हामीले नयाँ कार्यक्रम ल्याउँदै छौँ,' उनले भने । उनका अनुसार सरकारले सन् २०११ देखि २०१६ सम्मका लागि तयार पारेको कार्यक्रममा परीक्षणमा नआएका संक्रमितका लागि लक्षित कार्यक्रम तयार पारिएको छ ।

नेपालमा एचआइभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीहरूबाट पनि नराम्र्रो रूपमा हेर्ने जस्ता कारणले संक्रमित रगत परीक्षण गराउन आउन नसकेको डा. मिश्रले जनाए । उनका अनुसार संक्रमितको रगत परीक्षणपछि उसका सम्पूर्ण कुरा गोप्य राख्ने गरिन्छ, तर मानिसमा आफ्नो गोप्यता भंग हुन्छ र सबैले थाहा पाउँछ भन्ने भ्रम रहेकाले रगत परीक्षण गर्न आउँदैनन् । सार्वजनिक रूपमा आएपछि हेपिने डरले पनि रगत परीक्षण गराउन नआएको उनको ठम्याइ छ ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार विगतमा यौनकर्मी र लागूऔषध सेवन गर्नेमा बढी देखिएको यो रोग अहिले रोजगारका लागि बिदेसिएर फर्किएका तथा उनीहरूका परिवारमा बढी देखिन थालेको छ । 'विशेषगरी रोजगारका लागि भारततिर गएका र तेस्रो मुलुकबाट फर्किएका ग्रामीण क्षेत्रका मानिसमा पनि यो रोगको संक्रमण देखापरेको छ,' उनले भने, 'केही वर्षअघिसम्म एचआइभीवाहकका रूपमा यौनकर्मीलाई मात्र लिने गरिन्थ्यो, तर अहिले लागूऔषध सेवन गर्ने, बिदेसिएर फर्किएका, पुरुषले पुरुषसँगै यौनसम्पर्क गर्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा पनि यसका वाहक भएका छन् ।'

सन् १९८१ मा अपि|mकामा पहिलोपटक देखापरेको एचआइभी र एड्सले विश्वभरि साढे चार करोडभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष पिरोलेको छ । एसियाली मुलुकमध्ये सबैभन्दा ठूलो महामारी भोगिरहेको भारतमा ५० लाखभन्दा बढी व्यक्ति एचआइभी र एड्सबाट पीडित छन् । केही समयअगाडि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेसनल -एफएचआई)को एक प्रतिवदेनले काठमाडौँ उपत्यकाभित्र हाल करिब ३५ हजार यौनकर्मी र तीनका ग्राहक ६ लाख भएको जनाएको छ भने स्वास्थ्यका क्षेत्रमै काम गरेको एक संस्थाले सन् २००६ मा गरेको एक सर्वेक्षण्ामा पूर्व-पश्चिम राजमार्गछेउछाउका २२ जिल्लामा यौनकर्मीबीच ४ दशमलव ६ प्रतिशत महिला यौनकर्मीमा एचआइभी भएको देखाएको थियो जुन अहिले बढेको हुन सक्ने विज्ञहरूले बताएका छन् ।

केही समयअघिसम्म यौनकर्मी र तीनका ग्राहकमा संख्यात्मक रूपमा एचआइभी बढी देखिए पनि पछिल्ला वर्षमा बिदेसिएका व्यक्ति तथा तिनका परिवार र सुईबाट लागूऔषध लिनेहरूबीच पनि एचआइभी संक्रमण्ा बढ्दो छ । दुव्र्यसनीहरूको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका अनुसार अधिराज्यभरि अहिले झन्डै एक लाख लागूपदार्थ प्रयोगकर्ता रहेका छन् । जसमध्ये आधाजसोले सुईबाट लागूपदार्थ लिने गरेका छन् । तीमध्ये अधिकांशलाई एचआइभीको संक्रमणले समातिसकेको हुन सक्ने विज्ञहरूको धारणा रहेको छ । नयाँ सिरिन्ज किन्ने पैसा नभएपछि धेरैले एउटै सिरिन्ज प्रयोग गर्ने हुनाले तिनीहरूमा एचआइभी संक्रमण देखापर्ने गर्छ ।

तथ्यांकमा एचआइभी संक्रमितको संख्या थोरै देखिए पनि नेपालमा संक्रमितको संख्या धेरै रहेको विज्ञहरूले बताएका छन् । 'सुरुमा एचआइभी संक्रमितलाई गरिने दुव्र्यवहार र उपेक्षाका कारण्ा रगत परीक्षण नगराई बस्ने गरेका थिए । तर, अहिले संक्रमितलाई माया गर्ने तथा प्रोत्साहन गर्ने कार्य बढेकाले बिस्तारै संक्रमितले रगत परीक्षण गराउन थालेका छन्,' उपाध्यक्ष डा. मिश्रले भने ।

उनका अनुसार पछिल्ला वर्षमा एचआइभीका औषधि आएको तथा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन् । उनका अनुसार हाल एचआइभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टिरेक्ट्रो भाइरल -एआरभी) उपचार कार्यक्रम सुरु गरिसकिएको छ भने अन्य उपचारका कार्यक्रम पनि ल्याइएको छ ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार एचआइभी संक्रमित व्यक्तिका शरीरमा रोगप्रतिरोधात्मक क्षमता -अम ायगच) दुई सय ५० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ । नेपालमा ०६० माघदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एआरभी सेवा सुरु भएको हो । अहिले अधिराज्यभरि २५ केन्द्र, १० उपककेन्द्र र दुई गैरसरकारी संस्थाका केन्द्रबाट एआरभी सेवा प्रदान गरिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार एआरभी सेवा लिएका १० प्रतिशतको मात्र मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एचआइभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्छ । नेपालमा भने चार हजार पाँच सय नौले मात्र यस्तो सेवा लिएका छन् । सरकारी तथ्यांकअनुसार यो सेवा देशभरिका १७ हजारभन्दा बढी संक्रमितलाई आवश्यक पर्ने अनुमान गरिए पनि १५ हजार चार सय ४३ मात्रै यसको दायरामा छन् ।

उपाध्यक्ष डा. मिश्रका अनुसार एचआइभी संक्रमितले सन्तुलित खाना खाने गरेमा लामो समयसम्म बाच्न सक्नेछन् । 'संक्रमितले नियमित रूपमा सन्तुलित खाना खाने र व्यायाम गर्ने हो भने लामो समयसम्म बाँच्न सक्छन्,' उनले भने, 'नियमित पोसिलो खाना खाने हो भने निरोगीसरह जीवन जिउन सक्छन् ।' उनका अनुसार एचआइभी र एड्सबाट संक्रमित भएकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पोसिलो खानेकुरामा ध्यान दिनुपर्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारी पनि यो कुरामा सहमति जनाउँदै भन्छन्, 'संक्रमितले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित रूपमा हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषण्ायुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँडडुल गर्ने बानी गरेमा आयु लामो हुनेछ ।'

के हो एआरटी ?

एआरटी अर्थात् एन्टी रिट्रोलभाइरल थेरापीले एचआइभीका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । यसले संक्रमित अरूलाई एचआइभिको संक्रमण कम गराउनुका साथै शरीरको रोग प्रतिरोधात्मक शक्ति तीव्र गतिमा कम हुने क्रमलाई पनि कम गराउने गर्छ । यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन् । चिकित्सकहरूका अनुसार यो थेरापी लिएकामध्ये १० प्रतिशतको मृत्यु हुनेछ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एनटी रिट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ ।

एचआइभी र एड्स के हो ?

अधिकांश मानिसमा एचआइभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ । तर, एचआइभी र एड्स फरक कुरा हो । एचआइभी भनेको सुरुवाती अवस्था हो । यसलाई ह्युमन इम्युनो डिफिसियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रण्ााली कमजोर बनाउने जीवाणुले आक्रमण गर्नु हो । एचआइभीको संक्रमण बिस्तारै बढ्दै जाँदा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोमको रूप लिन्छ । यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ । यस रोगका बारेमा छिट्टै थाहा हुँदैन, किनकि यसको कुनै विशेष लक्षण हुँदैन ।

तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ । त्यतिवेला मात्र यो रोगका बारेमा थाहा हुन्छ । सामान्य रूपमा भन्नुपर्दा एड्स भनेको एउटा यस्तो अवस्था हो, जसमा एचआइभी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्तिमा कमी भएर विभिन्न रोगले सजिलैसँग आक्रमण गर्छन् । फलस्वरूप संक्रमित व्यक्तिमा विभिन्न रोगका लक्षण देखापर्छन् ।

 

एचआइभी सर्ने माध्यम

*असुरक्षित यौनसम्पर्कबाट
*एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
*सुई तथा सिरिन्जको साझा प्रयोगबाट
*संक्रमित आमाबाट बच्चामा

यसरी सर्दैन

*लामखुट्टेले टोकेर
*एउटै भाँडामा खाना खाँदा
*हाछ्यूँ गर्दा, खोक्दा
*एउटै चर्पी प्रयोग गर्दा
*एउटै लुगाफाटो प्रयोग गर्दा
*चुम्बन गर्दा
*सँगै पौडी खेल्दा
*बिरामीको स्याहार-सुसार गर्दा
*परिवारमा सँगै बस्दा

बच्ने उपाय

*सुरक्षित यौन व्यवहार अपनाउने
*सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
*सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
*एचआइभी संक्रमित महिला गर्भवती नहुने
*यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
*आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
*अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
*रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने

पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all