*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Thursday, July 29, 2010

विमान दुर्घटनामा १५२ जनाको मृत्यु


इस्लामावाद, साउन १२ गते । पाकिस्तानमा भएको विमान दुर्घटनामा १५२ जनाको मृत्यु भएको छ । मारिनेमध्येमा दुईजना अमेरिकी नागरिक पनि परेको पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अमेरिकी दूतावासले जनाएको छ । बुधबार भएको सो दुर्घटनामा चालक दलका सदस्यसहित विमानमा रहेका सबै १५२ जना यात्रुको मृत्यु भएको हो । दूतावासका प्रवक्ता रिचार्ड स्नेलसरले दुई अमेरिकी नागरिक सो दुर्घटनामा परेको जानकारी दिएको इस्लामावादबाट प्राप्त खबरमा जनाइएको छ ।

तर ती को हुन् भन्नेबारेमा भने कुनै जानकारी नदिइएको पनि समाचारमा उल्लेख छ । सो दुर्घटनाको कारण अहिलेसम्म पनि थाहा हुन सकिरहेको छैन । तर पहाडी इलाकाले घेरिएको पाकिस्तानको राजधानी इस्लामावाद बुधबार बिहानैदेखि बादल लागेको र पानी परिरहेकाले मौसम नै सो दुर्घटनाको कारण हुनसक्ने बताइएको छ । उद्धार टोलीले सबै १५२ जनाको शव फेला पारिसकेको बताइएको छ ।

0 comments:

Post a Comment

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all