*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Tuesday, September 7, 2010

MP3 Song


पुरै हेर्नुहोस्...

Sunday, September 5, 2010

'पढेर होइन, परेर जानिन्छ’

पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच पलाएको बताउने प्रधान त्यसमा नातेदारले सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन् । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन्, उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।

भूपू मन्त्री तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान एक सफल उद्योगीका रूपमा चिनिन्छन् । ऐतिहासिक सहर पाटनको सुन्धारानजिकै एउटा ठूलो घर छ । त्यो घर प्रधानका बुबाकै पालामा बनेको थियो । राणाकालमा सेनामा 'मिर सुब्बा' पदमा जागिरे बुबाको सान बेग्लै थियो । नहोस् पनि किन ? आफैं हर्ताकर्ता भएर काम गर्थे प्रधानका बुबा ।
'त्यतिवेला हाम्रो घरमा ३ वटा घोडा थिए । काका पनि राणा दरबारका खरिदार र डिट्ठा थिए । सबैलाई एक-एकवटा घोडा दिइएको थियो । दाइहरू लुकीलुकी घोडा चढ्थे, म सानै भएकाले उनीहरूको पछि-पछि कुद्थेँ । कहिलेकाहीँ घोडा स्यहार्ने मान्छे (सइस) ले घोडा चढाउँथ्यो । निकै रमाइलो मान्छे थियो, ऊ । घोडा चढ्दा निकै मज्जा लाग्थ्यो,' प्रधान विगत खोतल्छन् ।

उनका बुबा राणा शासकका पत्यारिला व्यक्ति थिए । 'तर, म भने उनीहरूका लागि 'बिख' थिएँ । सानैदेखि वाम समर्थक भएँ त्यसैले परिवारमा त्यति मतलब थिएन,' उनी भन्छन् ।

नेपाल्ाीमा पुरानो मान्यता छ, उत्तम खेती, मध्यम व्यापार, अधम नोकरी । अर्थात्, पेसागत हिसाबले खेतीपाती राम्रो, व्यापार ठीकै र जागिरलाई चुत्थो मानिन्थ्यो । अहिले व्यापार उत्तम पेसा भएको छ । तर, मैले बाध्यतावश व्यापार थालेँ । पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच आएको रहेछ उनमा । त्यसमा नातेदारले असाध्यै सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन्, उनी । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन् उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।

स्कुल पढदा एक वर्षको अन्तरमै परिवारका ४ जना सदस्य गुमाउनुपर्‍यो । बुबा, आमा, भतिजा र भाउजूको मुत्युपछि दुःखका दिन सुरु भएका रहेछन् प्रधानका । उनी भन्छन्, 'त्यतिवेला फुल टाइम विद्यार्थी राजनीतिमा लागिसकेको थिएँ । धनीमानीका छोराछोरी मेरा साथी थिए । खाजा खाएको बिल तिर्नुपर्‍यो कि पन्छिनुपर्ने । यसरी कति दिन चल्ला भनी निकै सोचेँ । अन्ततः भान्जासँगको पार्टनरसिपमा पसल चलाउने निक्र्योलमा पुगेका रहेछन् उनी ।' पाटनको मंगलबजारमा खोलिएको त्यो सानो पसल । पसलको नाम आफैंले जुराए- नारायण-महेशलाल फेारम । पसलमा विभिन्न कम्पनीका चुरोट बेच्थे । व्यवसायको जग त्यही पसल थियो, जसले उनलाई यो अवस्थासम्म ल्याएको रहेछ । जेठा दाजुको व्यापार चौपट भएकाले व्यवसायप्ा्रति नकारात्मक धारणा नबनेको पनि होइन । एक मनले कतै दाइकै जस्तो गति हुने हो भन्ने सोचे पनि प्रधानले हिम्मत हारेनन् ।

'भनिन्छ, नमरी स्वर्ग देखिँदैन । त्यतिन्जेलसम्म डर/भय त्यागिसकेको थिएँ । केही वर्षपछि व्यवसायमा जम्प गरेर पाटन औद्योगिक क्षेत्रभित्र टेक्सटाइल कम्पनीमा लगानी गरे, पार्टनरसिपमा । हिमाल, श्री टेक्सटाइल, सुपर प्लास्टिकलगायत १०औं कम्पनी खोलिए । ती सबै आफंै हेर्थे उनी । अहिले पनि केही कम्पनी सोही स्थानमा छन्, ती छोरा भतिजाले हेर्छन् । जिन्दगीभर व्यवसायमा बिताएका प्रधानले पढेर होइन, परेर जानिँदो रहेछ भन्ने पाठ सिकेका छन् यतिखेर ।

पुरै हेर्नुहोस्...

Friday, September 3, 2010

हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्

काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान् बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भए पनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा नयाँ पत्रिकामा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । सोफियाको पत्रमा हस्तमैथुन गर्दा के असर गर्छ ?, वैवाहिक जीवनमा कुनै असर गर्छ कि ?, हस्तमैथुनले सन्तानप्राप्तिमा कुनै असर गर्छ ?, हस्तमैथुन कसरी गर्नुपर्ला ? लगायतका जिज्ञासा राखिएको छ ।
त्यस्तै, काठमाडांै कोटेश्वरकी १९ वषर्ीया प्रीति उपाध्यायले केही महिनाअगाडि न्युरोडको कन्डम हाउसबाट कृत्रिम पुरुष लिंग किनेर आफ्नो यौन चाहना पूरा गर्ने गरेको जनाएकी छिन् । प्रीतिले पठाएको जिज्ञासामा 'यौनचाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखौँ कि जस्तो लाग्छ । तर, मैले त्यसो नगरी पुरुषलिंग आकारको वस्तु किनेर आफ्नो यौन चाहना पूरा गरिरहेकी छु ।

म हरेक दिन उक्त साधनबाट र कहिलेकाहीँ आफ्नै औँला योनिमा पसाएर यौनसन्तुष्टि लिइरहेको छु । तर, मलाई अहिले डर लागिरहेको छ । यस्तो गर्दा केही हानि गर्छ कि ? विवाहपछिको यौनसम्पर्कमा फरक पार्ला ? मेरो योनिको प्वाल पनि केही ठूलो भएको छ । के हस्तमैथुन गर्दा योनिको प्वाल ठूलो हुन्छ ?

सोफिया र प्रीति मात्र होइन, उनीहरूजस्ता अधिकांश महिलामा यस्तो समस्या रहने गरेको र हस्तमैथुनबारे दैनिक महिलाले जिज्ञासा राख्ने गरेको पुतलीसडकमा रहेको माता मनकामना आरोग्य योगकेन्द्रका जनरल फिजिसियन डा. समन रूपाखेतीले बताए । उनका अनुसार, पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्ने गरेका चिकित्सकले बताए पनि हालसम्म यस विषयमा कुनै अध्ययन भने हुन सकेको छैन ।

बेलायतमा हालै गरिएको एक अध्ययनले पुरुषको तुलनामा महिलाले बढी हस्तमैथुन गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । युकेको इन्डिपेन्डेन्ट कम्पनी फर लिंगेरीले गरेको अध्ययनअनुसार, युकेका ९२ प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेका छन् भने पुरुषले भने ८९ प्रतिशतले मात्र हस्तमैथुन गर्ने गरेको देखाएको छ । अध्ययनमा सहभागी महिलामध्ये ६६ प्रतिशतले आफैँले हस्तमैथुन गर्ने गरेको बताएका छन् भने बाँकी २६ प्रतिशतले हात तथा अन्य साधन प्रयोग गर्ने गरेको तथा ८ प्रतिशतले भने हस्तमैथुन गर्ने नगरेको बताएका छन् ।

युकेमा जस्तो नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने जिज्ञासामा डा. रूपाखेती भन्छन्, 'नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर, हाम्रो विभिन्न अध्ययन-अनुसन्धानअनुसार ३५ देखि ४० प्रतिशत नेपाली महिलाले हस्तमैथुन गर्छन् ।' उनका अनुसार, नेपालमा पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । उनले केन्द्रमा हाल दैनिकजसो महिलाले हस्तमैथुनबारे जिज्ञासा राख्ने गरेको र तीमध्ये अधिकांश महिलाका श्रीमान् कामका लागि बिदेसिएका र बढी व्यस्त हुने श्रीमान्का श्रीमती रहेका बताए । टिनएज तथा विवाह नभएका थोरै महिलाले मात्र हस्तमैथुनका विषयमा जिज्ञासा राख्ने गरेका छन् ।

हस्तमैथुन के हो ?

यौनसन्तुष्टिका लागि आफ्नो यौनांगलाई आफैँले उत्तेजित पारी यौन आनन्द लिने कार्यलाई हस्तमैथुन भनिन्छ । डा. रूपाखेती यसलाई प्राकृतिक नियम मान्छन् । भन्छन्, 'यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौनसाथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौनचाहना पूरा गर्नु नै हस्तमैथुन हो ।' चिकित्सकले हस्तमैथुनलाई एकल यौनसन्तुष्टि पनि भन्ने गरेका छन् ।

चिकित्सकले सजिलो भाषामा आप\mनो यौनांग आफँैले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन क्रियाकलाप नै हस्तमैथुन हो भनेर परिभाषित गरेका छन् । डा. रूपाखेतीका अनुसार, नेपाली संस्कृति तथा संस्कारका कारण धेरै महिलाले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर यथार्थ त्यस्तो छैन । महिलाले पनि यौनसन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । डा. रूपाखेती भन्छन्, 'समाजमा भएका परिवर्तनले युवाको विवाह हुने उमेरलाई पछाडितिर धकेलेको छ भने अर्कातिर कामविशेषले विवाहित भए पनि जोडी छुट्टएिर बस्नुपरेको स्थिति छ । यौनसम्पर्क गर्न पाउने बाटो नभएपछि मानिसले वैकल्पिक बाटोका रूपमा हस्तमैथुनलाई लिने गरेका छन् ।'

यौनआनन्द लिने उपायमध्ये यौनांगको घर्षण्ा नै प्रमुख हो । मानिसले आप\mनो यौनांगको घर्षण्ा अरू कसैको यौनांगमा गराएर मात्र यौनआनन्द लिन्छ भन्ने छैन । यौनसाथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफँै घर्षण गराएर पनि आनन्द लिने गर्छन् । डा. रूपाखेतीका अनुसार, हस्तमैथुन एउटा यस्तो उपाय हो, जसबाट मानिसले आप\mनो यौनांगको घर्षण्ा गराएर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्छ ।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?

हाम्रो समाजमा महिलाले हस्तमैथुन गर्दैनन् भन्ने धेरैलाई लाग्ने गरेको छ । तर, पुरुषको जस्तै महिलाले पनि विभिन्न उपाय अपनाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, महिलाको हस्तमैथुनबारे पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीकारोक्ति मात्र व्यक्त गरेका छैनन्, बरु यसबारे खोजीनीति गर्न थालेका छन् । उनी भन्छन्, 'महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्न सक्छन् । महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार हस्तमैथुन गर्छन् । तर, सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुमसुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।'

महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको पाइएको छ । महिलाले योनिमा आंैला पसाउनेदेखि आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण्ा गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । उनीहरूले आफूलाई मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, चलाउने वा घर्षण्ा गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ भने कतिपय महिलाले पानीको फोहोराको प्रयोग गरेर पनि यौन चाहना पूरा गर्ने गरेका छन् ।

हस्तमैथुनको फाइदा

हाम्रो समाजमा हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदै गर्छ । हालसम्म हस्तमैथुनको नकारात्मक असर देखिएको छैन । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनाबबाट मानिसलाई मुक्ति दिलाउँछ । हरेक मानिसमा यौन चाहना हुने गर्छ । पुरुषले हस्तमैथुनका विषयमा खुलेर कुरा गर्छन्, तर महिलाले भने यसलाई लुकाउने गरेका छन् । डा. रूपाखेतीका अनुसार, यौनचाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारण्ाा छ । तर, यौनसम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो ।

खुलारूपमा भने पनि, नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा पनि हो । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपछि आप\mनो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायतका अनेकौँ भ्रम म्ानिसमा रहने गरेको छ । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । डा रूपाखेती भन्छन्, 'हस्तमैथुनले शरीरमा कुनै हानि गर्दैन, त्यसकारण हस्तमैथुनबाट हानि हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।' हस्तमैथुनले मानिसमा रहेको यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले यसले यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्ने पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण्ा, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआइभी र एड्स वा अन्य यौनरोग लाग्नबाट पनि बचावट हुने भयो । यसका अलावा हस्तमैथुनले मानिसलाई आफ्ना यौनअंगलाई राम्ररी नियालेर हेर्ने, अंग-प्रत्यंगलाई जान्ने अवसर दिनुका साथै आफैँलाई आनन्द दिने कार्यमा सहयोग पुर्‍याउने गर्छ ।

बढी हस्तमैथुन गर्नु हानिकारक

हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भए पनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्‍याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर, त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा आंैला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ ।

योनिको आकारमा परिवर्तन हुँदैन

महिलामा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । तर, योनिमा वस्तु तथा औंला छिराउँदा योनिको हार्माेन, झल्िली भने च्यातिने गर्छ । हार्मोन, झल्िली च्यातिनु भनेको हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझन्िछ । डा. रूपाखेतीका अनुसार, अहिलेको समयमा महिला खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झल्िली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ ।

चिकित्सकका अनुसार, योनिको सालाखाला लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको वेलामा यसको लम्बाइ बढेर ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् । योनि मांशपेसीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण्ा हुन्छ । तन्कन र खुम्चन सक्ने गुण्ा भएकै कारण्ा विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा औंला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो वस्तुमा टाँसिएको अवस्थामै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । डा. रूपाखेती भन्छन्, 'हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ, तर योनि एक विशेष किसिमले बनेको मांशपेसीको नली आकारको अंग हो । सामान्य अवस्थामा यसका भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरूप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन, लिंगको प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन ।' उनका अनुसार, योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि छैन । तर, उनले धेरै मात्रामा योनिमा बजारमा पाइने कृत्रिम यौनांगको प्रायोगले योनिमा भने केही परिवर्तन देखाउने बताए ।

पुरै हेर्नुहोस्...

Wednesday, September 1, 2010

चप्पल उल्टो पारेको निहुँमा कुटपिट

महेन्द्रनगर, १५ भदौ

ढोकामा चप्पल उल्टो पारेको निहुमा एक महिला श्रीमान्बाट निर्घात कुटिएकी छिन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भीमदत्त नगरपालिका-९ मटैनाकी गीता महरा श्रीमान् दानीबाट कुटिएकी हुन् । सोमबार साँझ ढोका भित्र-बाहिर गर्दा दैलोमा रहेको चप्पल उल्टो परेको विषयमा विवाद गरी श्रीमान्ले पिटेको गीताले बताइन् ।

'किन यस्तो गरिस् भन्दै गाली गर्न थाल्नुभयो,' उपचाररत गीताले रुँदै भनिन्, 'लठ्ठी, हथौडा र सिलौटाले तिघ्रा, पिडौला, पाखुरा र छातीमा कुट्नुभयो ।' छिमेकीले छुट्टयाउन खोजे पनि श्रीमान्ले चुक्कुल लगाएर कुटपिट गरेको उनले बताइन् ।

पुरै हेर्नुहोस्...

Sunday, August 29, 2010

भयानक दुर्घाटनापछिको गाउँ

दुर्घटना भएको तेस्रो दिन तीन पत्रकारको टोली अग्नि एयर दुर्घटना भएको गाउँ पुगोका थियाँै । भयानक दुर्घटनापछिको गाउँ सन्नाटाले छोपिएको थियो । हामी पुग्दा मौसम खुलेको थियो, गाउँ दुर्घटनाको डरलाग्दो स्मृतिमा डुबेझैँ लाग्थ्यो । दुर्घटनास्थलनजिकैको बकियाठाकुर प्राथमिक विद्यालयमा प्रहरी टोली बसेको रहेछ । केही टाठाबाठा गाउँले यत्रतत्र घुमिरहेका थिए, मानौँ जोकोही नयाँ मान्छेलाई घटना विवरण सुनाउन आतुर थिए । स्कुलको चौरमा विद्यार्थी पढ्ने बेन्च राखेर बसिरहेका डिएसपी गौतमराज कट्टेल सुन्निएको कुर्कुच्चाको पीडा अनुहारमा उतार्दै उभिए र हामीसँग हात मिलाए ।

दुर्घटनालगत्तै आइपुगेको प्रहरी टोलीसँग छोटो कुराकानी भयो । दुर्घटनास्थलबाट हलुका दुर्गन्ध आइरहेको थियो, त्यसले मन अमिलो पार्‍यो । प्रहरीले रूखमा झुन्डिएका मासुका त्यान्द्रा देखाए । त्यसले हाम्रो मन क्षतविक्षत पार्‍यो । सशस्त्रका डिएसपी यादव विश्वकर्माले रूखको हाँगा देखाउँदै भने, 'यी हाँगामा मासु झुन्डिएका थिए, हामीले संकलन गरी लामा धर्मअनुरूप दाह संस्कार गरिदियौँ ।'

गाउँ उराठलाग्दो थियो । त्यहाँबाट हात्तीसुँडेबाट उकालो लाग्याँै हामी । ज्यान थर्थर्ती कामिरहेको थियो । हिँड्न नसकेर आँत सुकेको थियो ।

एकाबिहानैको समय । गाउँमा झरझर पानी परिरहेकाले मौसम चिसो थियो, गाउँले मस्त निद्रामा थिए । मौसम चिसो थियो । अचानक गाउँको बीचमा जहाज खस्दा गाउँलेको निद्रा टुट्यो । सबैको मानव शरीर टुक्रिएर जमिनमा यत्रतत्र छरियो । जहाज भुइँमा झर्नेबित्तिकै वरिपरिका गाउँले बेहोस भए । होस खुल्दा आँखाअगाडि जहाजका पाताहरू देखिए । अनि देखिए मासुका टुक्राहरू । बाँकी केही देखिएनन् । गाउँको चित्र यस्तै थियो, गाउँलेको भनाइमा ।

घटनास्थलमा पैदलमार्गबाट कोही पुग्ने सम्भावना थिएन । हेलिकोप्टरबाहेक अरूबाट त्यहाँ पुग्न असम्भव थियो, सदरमुकाम हेटौँडाबाट । आवेगमा आएका खहरे र बहुलाएर आएको सिमातखोला पार गर्न सजिलो थिएन । फापरबारी र हात्तीसुडेबाट प्रहरी सबैभन्दा पहिले घटनास्थल पुगेछ । हवाईमार्गबाट नेपाली सेना र फिस्टेल एयर पुग्यो । छरिएका मासु संकलन गर्ने काम आधाआधी गाउँलेले नै सकेका थिए । 'प्लास्टिकमा शव पोको पारियो,' गाउँले भन्दै थिए । सबैको मन कुँडिएको थियो । होसमा कोही थिएनन् ।

गाउँलेले घटनाबारे बताए । उनीहरूको कुरो नसकिँदै घटना भएको तेस्रो दिन पुगेको हामी पत्रकार अर्को एउटा घटनाले विक्षिप्त भयौँ । स्कुलको तल्लोपट्टकिो गह्राबाट कुकुरले एउटा मासुको टुक्रो मुखमा च्यापेर दौडियो । कसैको शवको टुक्रो कहाँ पुगेको छ ? थाहा छैन । शवका टुक्रा उछिट्टएिर कहाँ पुगेको छ, त्यो भेटिन्छ वा भेटिँदैन, त्यो पनि कसैले भन्न सकिरहेका छैनन् । प्रहरी खोजीकार्यमा लागेका छन् । तर, हातमा केही परिरहेको छैन । गाउँले अहिले पनि निस्सासिएका छन् । त्यो नमिठो घटना बिर्सन खोज्दै छन् । के बिर्सन सकिन्थ्यो ? आँखाअगाडिको त्यो कहालीलाग्दो घटना । जहाजका अवशेष खेत र बाटोमा देखिएका छन् । केही टिपेर थुप्रो बनाइएको छ । लुक्लाको जाडो छल्न लैजाँदै गरिएको बाक्ला उन्यूका टोपीहरू पनि छन् घटनास्थलमा । कसैका ज्याकेट, कसैका माक्स पनि भेटिन्छन् ।

हामी त्यहीँ हुदा आकाशमा एउटा हेलिकोप्टर फिरिरी गर्दै देखियो र कोदोबारीमा हेलिकोप्टर टक्क अडियो । एकैछिनमा गाउँलेको भीड जम्मा भयो ।

हेलिकोप्टरमा छानबिन आयोगका सदस्यहरू रहेछन् । सरकारले बनाएको आयोगका सदस्यहरू आएका रहेछन् । उनीहरूले भने, 'हामी अनुसन्धान गर्दै छौँ ।' जहाजको एउटा इन्जिन त भेटियो । तर, अर्को इन्जिनको अत्तोपत्तो छैन । कहाँ कुन कुनामा छ वा कतै खेतमै भासिएको छ ? ब्ल्याक बक्स पनि भेटिएन, डिएसपी विश्वकर्माले भने ।

कसैको मन यो वेला प्रफुल्लित हुने कुरै भएन । दुःखी भएर प्रहरी पनि काम गरिरहेका छन् । गाउँले पनि निराश छन् । स्कुलमा सूचना टाँसेर बिदा दिइएको छ ।

आयोगका सदस्यहरू आकाशमार्गबाट राजधानी हिँडे । बाँकी रह्यो- प्लेनका अवशेष, केही प्रहरी, हामी तीन पत्रकार, गाउँले अनि स्मृति । फेरि पानी पर्ला जस्तो भयो । हामी हात्तीसुँडे फर्कियौँ ।

पुरै हेर्नुहोस्...

Tuesday, August 24, 2010

चुट्कीलाहरु

तपाईं पनि हास्नु होस
माया
पति र पत्नीबीच केही कारण बस झगडा भएपछि पतिले रिसको आवेगमा आएर आफ्नो पत्नीलाई गालामा एक झापड दिएछ । पत्नीले रुन थालेपछि पतिले गल्ति महशुस गरि पत्नीलाई सम्झाउँदै भन्छ, 'ह्या लाटी किन रोएकी, मैले त मायाले पो गरेर हानेको नि ?, म तिमीलाई कत्ति माया गर्छु के थाहा ?'
यति भनेपछि पत्नीले पनि जोडले एक झापड हान्दै पतिलाई भन्छे के तपाइले मात्रै माया गर्छु भन्नु भा, म पनि हजुरलाई कत्ति माया गर्छु'
ट्राफिक र यात्रु

ट्राफिक प्रहरी र एउटा साइकलयात्रुको भनाभन चलिरहेको थियो ।
ट्राफिक प्रहरी भन्दै भिए, 'साइकल हाँक्न आउँदैन कि आँखा फुटेको हो । सीधै ल्याएर साइकलले हान्ने ।'
साइकलयात्रु भन्दै भिए, 'चुप लाग्, तँलाई बीच बाटोमा कसले ठिङ्ग उभिनु भनेको थियो

पुरानो जनावर

शिक्षक- 'भन च राम संसारको पुरानो जनावर कुन हो?'
राम- 'जेब्रा ?'
शिक्षक,' किन ?'
राम- 'ब्ल्याक एन्ड ह्वाइट छ नि त्यसैले ।'


बहादुर बाबु
दुई विद्यार्थी विद्यायलबाट फर्कँदै थिए ।
एउटाले भन्यो,'मेरो बुबाले एक हातले ट्रक रोक्न सक्नुहुन्छ ।'
आश्यर्य मान्दै अर्कोले सोध्यो,'तिम्रो बुबा ठूला र बहादुर छन् कि क्या हो ?'
पहिलोले उत्तर दियो,'होइन, उहाँ ट्राफिक प्रहरी हो


आजसम्म जिउँदै?

एकजना बिरामी मेडिकलमा गएछ र भनेछ-


बिरामी - मलाई औषधी दिनु होस न ?
औषधी पसले - पहिला भन्नुहोस तपाईलाई के भयो ?
बिरामी - हेर्नुस न ? मलाई ३, ४ दिन देखी रुघाखोकी लागेको छ घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
औषधी पसले - उसो भए ३, ४ दिन देखी रुघाखोकी लागेको छ ?
बिरामी - हो अँ ?
औषधी पसले - घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
बिरामी - हो अँ ?
औषधी पसले - अनि तपाई आजसम्म जिउँदै ?
भेट
एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खान र ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो
लादेनः के छ शारु वर्तामान हाल खबर ........?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि .......?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा...... ।।।।।

पुरै हेर्नुहोस्...

Monday, August 23, 2010

अग्नी एअरको विमान दुर्घटनाग्रस्त


विमानमा सवार सबैको मृत्यु भएको स्थानीयको भनाई
मौसम खराबीका कारण उद्धारका लागि हेलिकप्टर जान सकेन
११ यात्रु मध्ये ६ विदेशी नागरिक

काठमाडौ, भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको डोनियर विमान मकवानपुरको शिखरपुर गाविसमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ ।स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।

काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । विमान चालक दलमा क्याप्टेन लक्कीप्रताप शाह,सह चालक सोफिया सिंह र एअर होस्टेज सारा शेर्पा थिए ।

त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ । तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन ।

विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा र खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको छ ।

पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all