*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Sunday, September 5, 2010

'पढेर होइन, परेर जानिन्छ’

पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच पलाएको बताउने प्रधान त्यसमा नातेदारले सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन् । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन्, उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।

भूपू मन्त्री तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान एक सफल उद्योगीका रूपमा चिनिन्छन् । ऐतिहासिक सहर पाटनको सुन्धारानजिकै एउटा ठूलो घर छ । त्यो घर प्रधानका बुबाकै पालामा बनेको थियो । राणाकालमा सेनामा 'मिर सुब्बा' पदमा जागिरे बुबाको सान बेग्लै थियो । नहोस् पनि किन ? आफैं हर्ताकर्ता भएर काम गर्थे प्रधानका बुबा ।
'त्यतिवेला हाम्रो घरमा ३ वटा घोडा थिए । काका पनि राणा दरबारका खरिदार र डिट्ठा थिए । सबैलाई एक-एकवटा घोडा दिइएको थियो । दाइहरू लुकीलुकी घोडा चढ्थे, म सानै भएकाले उनीहरूको पछि-पछि कुद्थेँ । कहिलेकाहीँ घोडा स्यहार्ने मान्छे (सइस) ले घोडा चढाउँथ्यो । निकै रमाइलो मान्छे थियो, ऊ । घोडा चढ्दा निकै मज्जा लाग्थ्यो,' प्रधान विगत खोतल्छन् ।

उनका बुबा राणा शासकका पत्यारिला व्यक्ति थिए । 'तर, म भने उनीहरूका लागि 'बिख' थिएँ । सानैदेखि वाम समर्थक भएँ त्यसैले परिवारमा त्यति मतलब थिएन,' उनी भन्छन् ।

नेपाल्ाीमा पुरानो मान्यता छ, उत्तम खेती, मध्यम व्यापार, अधम नोकरी । अर्थात्, पेसागत हिसाबले खेतीपाती राम्रो, व्यापार ठीकै र जागिरलाई चुत्थो मानिन्थ्यो । अहिले व्यापार उत्तम पेसा भएको छ । तर, मैले बाध्यतावश व्यापार थालेँ । पाकेट खर्च जुटाउनसमेत धौधौ परेपछि सानोतिनो भए पनि पसल चलाउने सोच आएको रहेछ उनमा । त्यसमा नातेदारले असाध्यै सहयोग गरेकाले उनीहरूप्रति आभारी रहेको स्मरण गर्छन्, उनी । व्यवसायमा यति सफल हुँला भन्ने सोचेकै थिएनन् उनले । भाग्य र अथक प्रयासले नै सफलताको शिखर चुमेको भन्न चुक्दैनन् प्रधान ।

स्कुल पढदा एक वर्षको अन्तरमै परिवारका ४ जना सदस्य गुमाउनुपर्‍यो । बुबा, आमा, भतिजा र भाउजूको मुत्युपछि दुःखका दिन सुरु भएका रहेछन् प्रधानका । उनी भन्छन्, 'त्यतिवेला फुल टाइम विद्यार्थी राजनीतिमा लागिसकेको थिएँ । धनीमानीका छोराछोरी मेरा साथी थिए । खाजा खाएको बिल तिर्नुपर्‍यो कि पन्छिनुपर्ने । यसरी कति दिन चल्ला भनी निकै सोचेँ । अन्ततः भान्जासँगको पार्टनरसिपमा पसल चलाउने निक्र्योलमा पुगेका रहेछन् उनी ।' पाटनको मंगलबजारमा खोलिएको त्यो सानो पसल । पसलको नाम आफैंले जुराए- नारायण-महेशलाल फेारम । पसलमा विभिन्न कम्पनीका चुरोट बेच्थे । व्यवसायको जग त्यही पसल थियो, जसले उनलाई यो अवस्थासम्म ल्याएको रहेछ । जेठा दाजुको व्यापार चौपट भएकाले व्यवसायप्ा्रति नकारात्मक धारणा नबनेको पनि होइन । एक मनले कतै दाइकै जस्तो गति हुने हो भन्ने सोचे पनि प्रधानले हिम्मत हारेनन् ।

'भनिन्छ, नमरी स्वर्ग देखिँदैन । त्यतिन्जेलसम्म डर/भय त्यागिसकेको थिएँ । केही वर्षपछि व्यवसायमा जम्प गरेर पाटन औद्योगिक क्षेत्रभित्र टेक्सटाइल कम्पनीमा लगानी गरे, पार्टनरसिपमा । हिमाल, श्री टेक्सटाइल, सुपर प्लास्टिकलगायत १०औं कम्पनी खोलिए । ती सबै आफंै हेर्थे उनी । अहिले पनि केही कम्पनी सोही स्थानमा छन्, ती छोरा भतिजाले हेर्छन् । जिन्दगीभर व्यवसायमा बिताएका प्रधानले पढेर होइन, परेर जानिँदो रहेछ भन्ने पाठ सिकेका छन् यतिखेर ।

0 comments:

Post a Comment

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all