*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Tuesday, August 24, 2010

चुट्कीलाहरु

तपाईं पनि हास्नु होस
माया
पति र पत्नीबीच केही कारण बस झगडा भएपछि पतिले रिसको आवेगमा आएर आफ्नो पत्नीलाई गालामा एक झापड दिएछ । पत्नीले रुन थालेपछि पतिले गल्ति महशुस गरि पत्नीलाई सम्झाउँदै भन्छ, 'ह्या लाटी किन रोएकी, मैले त मायाले पो गरेर हानेको नि ?, म तिमीलाई कत्ति माया गर्छु के थाहा ?'
यति भनेपछि पत्नीले पनि जोडले एक झापड हान्दै पतिलाई भन्छे के तपाइले मात्रै माया गर्छु भन्नु भा, म पनि हजुरलाई कत्ति माया गर्छु'
ट्राफिक र यात्रु

ट्राफिक प्रहरी र एउटा साइकलयात्रुको भनाभन चलिरहेको थियो ।
ट्राफिक प्रहरी भन्दै भिए, 'साइकल हाँक्न आउँदैन कि आँखा फुटेको हो । सीधै ल्याएर साइकलले हान्ने ।'
साइकलयात्रु भन्दै भिए, 'चुप लाग्, तँलाई बीच बाटोमा कसले ठिङ्ग उभिनु भनेको थियो

पुरानो जनावर

शिक्षक- 'भन च राम संसारको पुरानो जनावर कुन हो?'
राम- 'जेब्रा ?'
शिक्षक,' किन ?'
राम- 'ब्ल्याक एन्ड ह्वाइट छ नि त्यसैले ।'


बहादुर बाबु
दुई विद्यार्थी विद्यायलबाट फर्कँदै थिए ।
एउटाले भन्यो,'मेरो बुबाले एक हातले ट्रक रोक्न सक्नुहुन्छ ।'
आश्यर्य मान्दै अर्कोले सोध्यो,'तिम्रो बुबा ठूला र बहादुर छन् कि क्या हो ?'
पहिलोले उत्तर दियो,'होइन, उहाँ ट्राफिक प्रहरी हो


आजसम्म जिउँदै?

एकजना बिरामी मेडिकलमा गएछ र भनेछ-


बिरामी - मलाई औषधी दिनु होस न ?
औषधी पसले - पहिला भन्नुहोस तपाईलाई के भयो ?
बिरामी - हेर्नुस न ? मलाई ३, ४ दिन देखी रुघाखोकी लागेको छ घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
औषधी पसले - उसो भए ३, ४ दिन देखी रुघाखोकी लागेको छ ?
बिरामी - हो अँ ?
औषधी पसले - घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
बिरामी - हो अँ ?
औषधी पसले - अनि तपाई आजसम्म जिउँदै ?
भेट
एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खान र ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो
लादेनः के छ शारु वर्तामान हाल खबर ........?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि .......?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा...... ।।।।।

पुरै हेर्नुहोस्...

Monday, August 23, 2010

अग्नी एअरको विमान दुर्घटनाग्रस्त


विमानमा सवार सबैको मृत्यु भएको स्थानीयको भनाई
मौसम खराबीका कारण उद्धारका लागि हेलिकप्टर जान सकेन
११ यात्रु मध्ये ६ विदेशी नागरिक

काठमाडौ, भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको डोनियर विमान मकवानपुरको शिखरपुर गाविसमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ ।स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।

काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । विमान चालक दलमा क्याप्टेन लक्कीप्रताप शाह,सह चालक सोफिया सिंह र एअर होस्टेज सारा शेर्पा थिए ।

त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ । तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन ।

विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा र खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको छ ।

पुरै हेर्नुहोस्...

Thursday, August 19, 2010

हर्के हल्दार














पुरै हेर्नुहोस्...

Tuesday, August 17, 2010

मेरी बासै

मेरी बासै 1


मेरी बासै 2

मेरी बासै 3

पुरै हेर्नुहोस्...

Sunday, August 15, 2010

राजेश पायल राईको भिडियो गीतहरु

gau besima


timijasti subasili

kina chadyo

pritiko nawma

kuku chari

maya timi chodi

silsila

Timilai roje

Sirai ful sirbandi

Chadi jane nirmohiko

पुरै हेर्नुहोस्...

राई Dance

साकेला 2009 uk


साकेला सिली

kirat rai sakela dance

चन्दी नाच रतन पार्कमा

पुरै हेर्नुहोस्...

Sunday, August 8, 2010

दक्षिण एसियाको गरिबीमा नेपाल


दक्षिण एसियालाई विशाल भूराजनीतिक, सामाजिक तथा सांस्कृतिक विविधताको घर भन्ने गरिन्छ । यस क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या १.४ अर्ब छ, जुन विश्वको कुल जनसंख्याको २२.२ प्रतिशत हो । दक्षिण एसियाको कुल जनसंख्याको औसत ३१.७ प्रतिशत मानिस गरिब छन् ।

सार्क राष्ट्रहरूमा माल्दिभ्स अरू मुलुकका दाँजोमा गरिबी कम भएको देश हो । माल्दिभ्सलाई छाडेर अन्य मुलुकको गरिबी हेर्ने हो भने २६.७ देखि माथि झन्डै ५० प्रतिशतसम्म रहेको छ । माल्दिभ्सको गरिबीको प्रतिशतचाहिँ सबैभन्दा कम छ, १३ प्रतिशत । नेपालको गरिबी ३८ प्रतिशत छ भने भारतको २६.१ रहेको छ । सबैभन्दा गरिब बंगलादेश रहेको छ । यहाँ ४९.८ प्रतिशत नागरिक गरिब छन् ।

दक्षिण एसियामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा उपलब्ध गराइनुपर्ने आवश्यक सुविधा तथा सहायता प्रणाली न्यून छ । त्यसैले पनि यस क्षेत्रले सक्षम जनशक्तिलाई भरपूर उपयोग गर्न सकेको छैन । न त राज्यले यस क्षेत्रका नागरिकलाई रोजीरोटीको व्यवस्था गर्न सक्नेसम्म बनाउन सकेको छ । अशिक्षाले पिरोलिएको यस क्षेत्रका नागरिकलाई उपचार सम्भव भएका र खर्च पनि धेरै नलाग्ने खालका रोगहरू क्षयरोग, मलेरिया, श्वास-प्रश्वाससम्बन्धी रोग, झाडापखाला, हैजा आदिले बर्सेनि अकाल मृत्युवरण गर्न बाध्य पारेको छ । शिशु तथा आमाहरूले पर्याप्त मात्रामा पोसिलो खाना नपाउने र पाएको खानामा पोषणको मात्रा न्यून रहने गरेको छ । महिलामा देखिने शारीरिक समस्याहरूको समयमै उपचार हुन नसक्दा बाँझोपनको सिकार हुनुपर्ने, कमजोर स्वास्थ्यले गर्दा गर्भवती महिलाको मृत्यु हुने, रोगी बच्चा जन्मने आदि समस्या यस क्षेत्रका बहुसंख्यक महिलाले भोग्ने गरेका छन् । गरिबी र अव्यवस्थित रहनसहनले यहाँका मानिसको सरदर आयु छोट्याइदिएको छ ।

गरिबीले गर्दा नेपालले भोग्नुपरेको एउटा जटिल समस्या चेलीबेटी बेचबिखन पनि हो । गरिब आमाबाबुको सन्तान भएर जन्म लिनु नारीका लागि अपराधजस्तै हुने गरेको छ, नेपाली समाजमा । घरको आर्थिक स्थितिले सताइएका कतिपय आमाबाबुले पैसा पाउने लोभमा आफ्ना छोरीहरू दलालका हातमा बेचेका घटना सुुन्नमा आउँछन् वेलावेलामा । कतिपय युवती त गरिबीले ग्रस्त जीवनले दिएका पीडाबाट मुक्ति पाइने र सन्तोषले भरिएको जीवन व्यतीत गर्न पाउने आशामा दलालको झुटो प्रेममा परी बेचिएका कुरा अरू प्रकारका बेचबिखनका घटनाभन्दा बढी घटेका र बाहिर आएका छन् । कतिपय गरिब आमाबाबुले आफ्ना छोरीलाई आफन्तले रोजगारी दिलाइदिने र छोरीले प्रतिमहिना पैसा पठाउने प्रलोभनमा आएर आफन्तको जिम्मा छोरी लगाइदिँदा छोरी वेश्यालयको कोठीमा पुगेका घटना पनि नेपालको परिवेशमा नौला रहेनन् ।

बालबालिकाको यौनबजार र श्रमबजारमा खुलेआम प्रयोग भएको छ । विदेशी र स्वदेशी दुवैखाले आगन्तुकलाई लोभ्याउन र पैसा झार्न कलिला बालिकालाई यस पेसामा लगाइएको छ । १० वर्षमुनिका बालबालिकालाई घरेलु कामदारका रूपमा काठमाडौंका घरधनीहरूले आफ्नो क्रूरताभित्र कैद गरेका छन् र पाशविकताको सीमा नाघेर गरिएका अत्याचारका घटना वेलावेलामा सञ्चारमाध्यममा आउने पनि गर्छन् । बाल यौनशोषणको नालीबेली पनि योभन्दा फरक छैन ।

बालबालिकालाई यौनबजारमा राखेर आफ्नो गोजी भर्ने लालसा र मानिसमा बढ्दै गइरहेको यौन-आसक्तिले गर्दा बालबालिका शोषणमा परिरहेका छन् । बालबालिकाका क्षेत्रमा काम गर्न नौ सय ४० वटा राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्रियाशील रहेको समाज कल्याण परिषद्को तथ्यांकले देखाउँछ । बालबालिकासम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुनका आधारमा काम गर्ने ती संस्थाले कति जना बालबालिकालाई शोषणको दलदलबाट मुक्त गर्न सकेका छन्, त्यो फरक बहसको विषय हो ।

बालश्रमिक, बालयौन शोषण, घरेलु द्वन्द्व र हिंसा, बेरोजगारी, युवापुस्ताको विदेश पलायन, कमिसनखोरी र भ्रष्टाचार, राजनीतिक दाउपेच र सत्तालिप्सा, विदेशी हस्तक्षेप आदि नेपाल र नेपालजस्ता गरिब देशका प्रमुख समस्या बनेका छन् । यी समस्याको मूल कारक भनेको देशभित्रको गरिबी मात्रै हो । देश यदि सम्पन्नताको बाटामा डोर्‍याइने हो र नीति-निर्माताले गरिब नागरिकको हितमा कार्यक्रम बनाउनतिर ध्यान दिन थाल्ने हो भने गरिबीले फैलाएको संक्रमणबाट पीडित हुनुपर्नेछैन ।

गरिब नागरिकका पक्षमा उठ्ने आवाजलाई समयक्रमसँगै बुलन्द र एक गर्नुको साटो पार्टीहरूले राजनीतिकोे मुद्दा बनाउने गरेका छन् । नागरिकले भोगिरहेको गरिबीलाई हटाउन नसक्दा देशभित्र फैलिएको अशान्ति, त्रास, निराशा आदिलाई कम गर्न सकिँदैन, रोग, भोक र शोकका मुद्दालाई सम्बोधन गर्न नसक्दा हाम्रो नेपाललाई राम्रो नेपाल बनाउन सकिँदैन ।

रामदत्त जोशी, मैतीदेवी, काठमाडौं



गणतान्त्रिक ज्वाइँसाब !

राजबहादुर सिंहले राजनीतिमा प्रवेश गरेर राजपरिवारको राजनीतिमोह देखाएका छन् । उनको राजनीति प्रवेशले अब पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस पनि राजनीतिमा आउने पूर्वतयारीको संकेत गरेको छ । सायद ज्ञानेन्द्रले ज्वाइँमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने संकेत दिएका होलान् ।

(राजबहादुर राजनीतिमा, २० साउन, कभर स्टोरी)

स्वप्निल थापा, ठमेल, काठमाडौं

राजबहादुर राजनीतिका आडमा आफ्नो व्यापार फैलाउने धुनमा छन् । तर, एक साधारण नेपालीले राजनीतिमा प्रवेश गरेसरह राजबहादुरको पार्टी प्रवेशलाई पनि लिनुपर्छ ।

भूमिका राई, भोजपुर

के हो, पूर्वराजाको ज्वाइँले त घच्चीको शपथ लिएछन् नि ! कमल थापाजस्ता नेता भने राजतन्त्र बिउँताउने सपनामा बाँचिरहेका छन् । तर, स्वयं पूर्वराजाका ज्वाइँ भने 'जनताको संघीय गणतन्त्र जिन्दावाद !' भन्दै शपथ लिइरहेका छन् । यो त अचम्मलाग्दो कुरा होइन र ?

सुदर्शन रिसाल, सतुंगल, काठमाडौं



विवाद नगरेकै राम्रो

भोलि गएर माओवादी लडाकु पनि सरकारी सुरक्षा अंगमै समायोजित हुने भएपछि किन संख्या थपेर व्यर्थमा टाउको दुखाइरहनु ? फेरि त्यही सेनामा आफू पनि समायोजित हुनु नै छ भने किन व्यर्थमा शत्रुता बढाइरहनु ? सरोेकारवाला कमरेडहरूले यसबारे राम्ररी सोचिदिनुभए हुन्थ्यो नि !

(माओवादी सेनामा पनि भर्ना खुला, १९ साउन, कभर स्टोरी

गोपाल खड्का, मन्थली, रामेछाप

अहिले फेरि सेना र माओवादी दुवैले शत्रुको व्यवहार देखाइरहेका छन् । सेनाले भर्ती खोल्दैमा त्यो माओवादीप्रति लक्षित नै त हुन्न नि ! आखिर माओवादी पनि नेपाली जनता नै हुन् । सेनाको दायित्व त नेपाली जनताको सुरक्षा गर्नु हो । त्यो कुन राजनीतिक दलको कार्यकर्ता हो भनेर उसले छुट्टयाउन मिल्दैन । विगतमा सरकारमा रहँदा स्वयं प्रचण्डको सुरक्षामा पनि सेना खटिएको कुरा त माओवादीले भुलेको छैन होला नि ?

सरिता थापामगर, धापासी, काठमाडौं

सेनामा रिक्त दरबन्दीमा गरिने भर्तीलाई बृहत् शान्ति-सम्झौताविरोधी कार्यका रूपमा व्याख्या गरिनु नै गलत छ । सम्झौतामा नयाँ भर्ना नलिने पो भनिएको हो त, रिक्त दरबन्दीमै पनि भर्ती नलिइने त कहाँ भनिएको छ र ? यस्तो सिधा कुरामा पनि अड्को थापेर माओवादी लडाकुको पनि भर्ती खोलिनु अनावश्यक रडाको मच्चाउने प्रयासबाहेक केही होइन ।

विनोद थापा, बनेपा, काभ्रे



कसले बुझिदेला ?

आखिर त्यही व्यक्ति नै प्रधानमन्त्री हुनु छ भने दिनदिनको बैठक र भेटघाट किन गरिरहनुपर्‍यो र ? किन दिन-दिनको नाटक मञ्चन गर्नुपर्‍यो ? नेपालको बिग्रँदो राजनीतिक अवस्थाले गर्दा सर्वत्र अन्योल छ । दिनप्रतिदिनको चर्कंदो मूल्यवृद्धि, अभाव र असुरक्षाले गर्दा नेपालको अवस्था झन्झन् दयनीय बन्दै गइरहेको छ । राजनीतिक नेतृत्वको आश्वासनलाई जनताले विश्वास गर्न छाडिसकेका छन् । सोझा जनताले कतिसम्म विश्वास गर्नु यी नेतालाई ? 'जति जोगी आए पनि कानै चिरेका' भनेजस्तै जो सत्तामा पुगे पनि देश र गरिब जनताका हितमा कसैले केही गरेको पाइँदैन ।

यस्तोमा अब बन्ने सरकारको पनि के विश्वास ? यहाँ कसैलाई देशको चिन्ता छैन । सबैले पाएसम्म सत्तामा बसेर मोज गर्न मात्र जानेका छन् । अहिले देशका अनेकौँ भूभागका बासिन्दालाई बाढीपहिरोले सताइरहेको छ । कैयौँ गरिब नेपाली घरबारविहीन भएका छन्, कति बिचल्लीमा परेका छन् । कति त झाडापखालाजस्ता साधारण रोगको गम्भीर संक्रमण भई सामान्य उपचारसमेत नपाई भकाभक मर्न थालेका छन् । खै यसबारे सोच्न, ध्यान दिन, सहयोग गर्न र राहत दिन को अघि सरको छ यहाँ ?

के नेपाली जनताले चाहेको नयाँ नेपाल यही हो ? यहाँ कसैले कसैको महत्त्व बुभ\mदैनन् । कसैको मतलब गर्दैनन् । ठूलाठालू भनिनेहरू गरिबलाई पेलेर अझै माथि उठ्न खोज्छन् । स्वतन्त्र बाँच्नेले अहिले शान्तिले बाँच्न नपाउने स्थिति भइसकेको छ, यो लोकतान्त्रिक गणतन्त्र नेपालमा ।

पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all