सप्तरी, ६ माघ
बिजुलीको पोलबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने १० जनालाई बिहीबार बिहान जिल्लाको विभिन्न गाविसबाट रंगेहात पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख शम्भु कुसियैत यादव र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको कल्याणपुर गाविस-२ का गंगा सदा, राजकुमार चौधरी, मो. मंजुर मियाँ, मलेकपुर गाविस-५ खुरहुरियाका कारीप्रसाद यादव, बसवलपुर गाविस-१ का भुवन चौधरी, सीतापुर गाविस-३ का मैनी मण्डल, जितपुर गाविस-३ का रामविलास साह, मोहनपुर गाविस-४ कठौनाका भुटाई चौधरी, रामपुर जमुवा गाविस-४ का विजयकुमार चौधरी र वडा नम्बर ६ का आशाराम चौधरी छन् । पक्राउ परेकाहरूको घरबाट केही थान विद्युतीय मोटर र तारसमेत प्राधिकरणले जफत गरेको छ ।
नेपालको Time
नेपाली दैनिक पात्रो
Chat With Me
Visitor
Nepali रुपैया Converter
Traffik Feed
बिषय सुची
Subscriptions box
Thursday, January 20, 2011
विद्युत् चोर्नेहरू रंगेहात पक्राउ
Posted by
sangson ''JAYA"
at
10:01 PM
0
comments
Labels: समाचारहरु
Wednesday, December 8, 2010
कुवेतको अस्पतालमा ५ बर्ष देखी अचेत नेपाली महिला
बैदेशिक रोजगारीको लागि ६ बर्ष पहिला कुवेत पुगेकी एक महिला ५ बर्ष देखी कुवेतको फर्वानिया हस्पिटलमा जिउदो लास बनेकी छन ।
अचेत अवस्थामा रहेकी यि महिलाको स्थिती अत्यन्तै दयनिय र गम्भिर रहेको छ। घाँटी र पेटमा प्वाल पारेर जुस र अरु झोलीलो पदार्थ वाइपास मार्फत सम्बन्धित अंगमा पुर्याई हालसम्म जेन तेन बाँचिरहेकिछिन । ५ बर्ष देखी अस्पातलको बेडमा जिबन र मृत्यु सग लडि रहेकी शान्ती माया दोङको बारेमा समाचारहरु बने पनि हाल सम्म उद्धार गर्न कुवेतमा रहेका कुनै संघ संस्था, सरकारी नियोग अथवा ब्यक्ती कोहि पनि अगाडि आएका छैनन्।
आज भन्दा ६ बर्ष पहिला दिल्लीको बाटो हुदै खाडी मुलुक कुबेत आएकी मकवानपुर जिल्ला सुकौरा-२ की शान्ति माया दोङ कुवेत पुगेको ६ महिना पछि देखिनै परिवार सँग संपर्क बिहिन भएकी हुन । परिवारले शान्ती हराएको भनी सरकारी,गैर सरकारी संघ संस्था र सरकारवाला सँग खोज-खबर गरिदिनको लागि अनुरोध गरेका थिए तर कुनै खबर मिलेको थिएन। अचानक शान्तीको फोटो सहितको समाचार मिडियामा प्रकाशित भएपछि शान्ती कुवेतको हस्पिटलमा रहेको कुरा उनको परिवार अनी आफन्तहरुले थाहा पाए।
मिडिया मार्फत एन आर एन ए लगाएत कुवेतमा कृयाशिल रहेका सम्पूर्ण संघ-संस्था, बुद्धीजिबी, समाजसेबी र नेपाली दुताबास कुवेतसँग शान्ती माया लाई छिटो भन्दा छिटो नेपाल फर्काउने ब्यबस्था मिलाईदिन अपिल गरेका छन । यसै सन्दर्भमा एन आर एन ए कुवेतका उपाध्यक्ष धर्म राज गिरी भन्नुहुन्छ उनको अवस्था निकै नाजुक र संबेदनशिल रहेकोले यो प्रकृया नेपाली दूताबास कुवेतले अगाडि बडाउनु पर्छ । हामीले संस्थाको तर्फबाट गर्नु पर्नेकाम गर्छौ तर यो सरकारले अर्थात नेपाली दूताबासले छिटो भन्दा छिटो पहल गर्नु पर्छ हामी संस्थाले गर्नु पर्ने सहयोगको लागि तयार छौ। एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तमाङले आफु उनिलाई भेटन होस्पिटल जाने र राजदूतसँग बिचार बिमर्श गरी अगाडि बढने बताउनु भयो।
कुवेतका राजदूत मधुवन पौडेल यसो भन्नुहुन्छ - शान्तिको समस्या अती जटिल छ त्यसैले हामीले यहाँको सरकारसंग कुराकानी गरिराखेका छौ र यहाँको परराष्ट्र मन्त्रालयलाई नेपाल पठाउने पहल गरिदिन अपिल पत्र बुझाई सकेका छौ। कुवेत सरकारले अब के गर्छ ? गरिदियो भने पनि जहाजहरुले लैजान मान्दैनन् र नेपालको लागि सिधैं उढान भर्ने जहाज नभएकोले दिल्ली सम्म मात्रै जान सक्ने अवस्था देखिन्छ । त्यस्तो भयो भने निजको परिवार भारतको दिल्ली आएर जिम्मा लिनु पर्ने हुन सक्छ।
एक बिशेष श्रोतका अनुसार शान्तीलाई नेपाल पुर्याउनको लागि तिन हजार कुवेती दिनार अर्थात आठलाख जती नेपाली रुपैयाको आबश्यक पर्छ यदी तिन हजार दिनार हुने हो भने एक हप्तामा उनी नेपाल पुग्ने सक्ने छिन।
२४४२६६३ नम्बरको पास्पोर्ट भएकी शान्तीलाई हस्पिटलको अभिलेख अनुसार मार्च २२,२००६ मा भर्ना भएको देखिन्छ । उनको मालिकले फर्वानीया हस्पिटलको सर्जिकल वार्ड न १२ को बेड न ४ मा भर्ना गरी छोडेको हो । हस्पिटलका एक कर्मचारीका अनुसार शान्तीको कुवेती अदातलमा केष (मुद्दा) समेत रहेको थाहा हुन आएको छ। यो केष (मुद्दा)र उनको बिमारिको केही सम्बन्ध रहेको हुनसक्ने उनले नाम उल्लेख नगर्ने सर्तमा भनेका वताए ।
Posted by
sangson ''JAYA"
at
8:42 PM
0
comments
Labels: समाचारहरु
Thursday, November 18, 2010
सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट
सरकारले चालू वर्षदेखि सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा पुर्याउने भएको छ । सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई कम्प्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।
इ-लाइब्रेरी विकास गर्ने उद्देश्यले आगामी बजेटमा निःशुल्क इन्टरनेट कार्यक्रम घोषणा हुने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लका अनुसार पहुँच पुग्ने ठाउँमा निःशुल्क इन्टरनेट र कम्प्युटरको विकास गर्ने र पहुँच नभएका ठाउँमा पुस्तक व्यवस्था गर्ने कार्यक्रम तय भएको छ ।
'सन् ०२५ सम्म पुस्तकविना शिक्षा दिने लक्ष्य रहेकाले निःशुल्क इन्टरनेट र कम्प्युटर दिने कार्यक्रम बनाएका हौँ,' मन्त्री शुक्लले भने, 'कम्प्युटरबाट शिक्षा दिन सकेनौँ भने अब हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।'
कम्प्युटरबाट दिइने शिक्षा सबै ठाउँमा समान स्तरको होस् भनेर पाठ्यक्रमको तयारीसमेत भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रबाट बनाइएको पाठ्यक्रम केही दिनमै स्वीकृत हुने मन्त्री शुक्लले जानकारी दिए ।
इन्टरनेट सुविधा पुर्याउन सकिने ठाउँबारे नेपाल टेलिकमसँग जानकारी मागिएको पनि शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले करिब एक दर्जन जिल्लाका विद्यालयमा पाइलट कार्यक्रमका रूपमा पहिले नै कम्प्युटर वितरण गरेको छ । इन्टरनेट सेवा ग्रामीण क्षेत्रका विद्यालयमा पुर्याउन चुनौती रहेको भन्दै शिक्षा मन्त्रालयले दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग सहयोग मागेको छ ।
मन्त्री शुक्लका अनुसार कम्प्युटरबाट शिक्षा दिने कार्यक्रममा सहयोग गर्न एक गैरसरकारी संस्थासँग मौखिक सहमति भइसकेको र केही दिनमै लिखित सम्झौता हुँदै छ । सामुदायिक विद्यालयका विद्यार्थी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम हुने शिक्षा मन्त्रालयले विश्वास लिएको छ ।
यसैबीच, शिक्षा मन्त्रालयले उच्च माध्यमिक विद्यालयमा चार हजार शिक्षक दरबन्दी सिर्जना गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । तर, अर्थले चार हजार शिक्षकका लागि रकम उपलब्ध गराउन सहमत भए पनि दरबन्दी सिर्जनामा आनाकानी गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकले आन्दोलन गरेपछि सरकारले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्ने सहमति गरेको थियो ।
Posted by
sangson ''JAYA"
at
10:49 PM
0
comments
Labels: समाचारहरु
Sunday, November 7, 2010
सुनचाँदी किन्ने पसलमा ख्याल गर्नूस् है
गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयको टोलीले बुधबार न्युरोड क्षेत्रका १२ वटा सुन पसलमा गरेको अनुगमनमा अधिकांश सुनचाँदी पसलले नापतौल गर्ने तराजु नवीकरण तथा दर्ता नगरिएको पाइएको छ ।
सुनचाँदी कारोबार गर्ने पसलमा राखिने तराजु नापतौल तथा गुणस्तर विभागमा दर्ता भई प्रत्येक वर्ष नवीकरण गरिएको हुनुपर्ने प्रावधान छ । तर, न्युरोडमा अवस्थित महालक्ष्मी सुनचाँदी पसल, निलम गहना पसल, सयपत्री ज्वेलर्स तथा लक्ष्मी ज्वेलर्सको तराजु विभागमा दर्ता गरिएपछि नवीकरण नगरिएको अनुगमनमा पाइएको छ । त्यस्तै, ट्वान्टी फोर सिटी सुनचाँदी पसल तथा जय मातादी सिल्भर प्यालेसले इलेक्ट्रोनिक ब्यालेन्स -तराजु) विभागमा दर्तै नगरी सुनचाँदी कारोबार गरिरहेको भेटिएको हो ।
विभागको अनुगमनमा त्रुटि भेटिएका गहना व्यवसायी उपभोक्तालाई ठग्ने उद्देश्यले त्यसो नगरेकोे बताउँछन् । उनीहरूले इलेक्ट्रोनिक ब्यालेन्स दर्ता एवं नवीकरणसम्बन्धी जानकारी नहुँदा विभागमा नवीकरणका लागि नगएको जानकारी दिए ।
तिहारको समय भएकाले बजारमा सुनचाँदी माग बढेको सुनचाँदी व्यवसायीले बताएका छन् । तिहार समयमा सुनचाँदीका गरगहना र सामग्री जोड्ने प्रचलन भएका कारण माग बढेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । उनले भारतीय बजारमा अहिले पनि सुनचाँदीको माग बढी भएको बताए । 'नेपालको सहरी इलाकामा सुनचाँदी माग बढी भए पनि मूल्य उच्च हुँदा ग्रामीण क्षेत्रमा भने माग घट्दै गएको छ,' शाक्यले भने, 'अझै पनि भारतसँग जोडिएका सीमा क्षेत्रमा उतैबाटै सुन आपूर्ति हुँदै आएको छ ।'
राष्ट्र बंैकले मंगलबार बोलकबोल प्रक्रियामार्फत बिक्रीका लागि आह्वान गरेको १७५ केजी सुन सबै तथा २ हजार केजी चाँदीमध्ये १८ सय केजी बिक्री भएको थियो । राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत कायम गरेको सुन प्रतिकेजी ३१ लाख ९० हजार १ सय ५ रुपैयाँ र चाँदी प्रतिकेजी ५९ हजार ७ सय २२ रुपैयाँमा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बुधबार बजारमा सुन प्रतिआउन्स १३५४.२० अमेरिकी डलर र चाँदी प्रतिआउन्स २४.८० अमेरिकी डलर कायम भएको छ । मंगलबार नेपाली बजारमा सुन प्रतितोला ३८ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ४ सय २५ रुपैयाँ घटेर ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदी मंगलबार प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएकोमा बुधबार ७ सय १२ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
Posted by
sangson ''JAYA"
at
6:16 AM
0
comments
Labels: समाचारहरु
Tuesday, October 5, 2010
७ वर्षेले चलाए डोजर
Posted by
sangson ''JAYA"
at
6:37 AM
0
comments
Labels: समाचारहरु
Thursday, September 30, 2010
भाइरस अमेरिकाले बनाएको चिनियाँ विशेषज्ञको दाबी
Posted by
sangson ''JAYA"
at
11:04 PM
0
comments
Labels: समाचारहरु
Saturday, September 18, 2010
मोटोपन घटाउने केही उपाय
Posted by
sangson ''JAYA"
at
4:04 AM
0
comments
Labels: समाचारहरु



