*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Thursday, November 18, 2010

सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट

सरकारले चालू वर्षदेखि सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा पुर्‍याउने भएको छ । सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई कम्प्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।
इ-लाइब्रेरी विकास गर्ने उद्देश्यले आगामी बजेटमा निःशुल्क इन्टरनेट कार्यक्रम घोषणा हुने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लका अनुसार पहुँच पुग्ने ठाउँमा निःशुल्क इन्टरनेट र कम्प्युटरको विकास गर्ने र पहुँच नभएका ठाउँमा पुस्तक व्यवस्था गर्ने कार्यक्रम तय भएको छ ।
'सन् ०२५ सम्म पुस्तकविना शिक्षा दिने लक्ष्य रहेकाले निःशुल्क इन्टरनेट र कम्प्युटर दिने कार्यक्रम बनाएका हौँ,' मन्त्री शुक्लले भने, 'कम्प्युटरबाट शिक्षा दिन सकेनौँ भने अब हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।'

इन्टरनेटको छुट्टै सेवा नपुगेका तर मोबाइल सुविधा भएका ठाउँमा समेत गुणस्तर हेरेर नयाँ कार्यक्रम लागू हुने मन्त्री शुक्लले जानकारी दिए । 'इ-लर्निङ' अत्यावश्यक भएकाले सरकारले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । इ-लर्निङ प्रणालीबाट विज्ञान र गणित विषय अध्यापन गराइने पनि उनले बताए ।

कम्प्युटरबाट दिइने शिक्षा सबै ठाउँमा समान स्तरको होस् भनेर पाठ्यक्रमको तयारीसमेत भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रबाट बनाइएको पाठ्यक्रम केही दिनमै स्वीकृत हुने मन्त्री शुक्लले जानकारी दिए ।

इन्टरनेट सुविधा पुर्‍याउन सकिने ठाउँबारे नेपाल टेलिकमसँग जानकारी मागिएको पनि शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले करिब एक दर्जन जिल्लाका विद्यालयमा पाइलट कार्यक्रमका रूपमा पहिले नै कम्प्युटर वितरण गरेको छ । इन्टरनेट सेवा ग्रामीण क्षेत्रका विद्यालयमा पुर्‍याउन चुनौती रहेको भन्दै शिक्षा मन्त्रालयले दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग सहयोग मागेको छ ।

मन्त्री शुक्लका अनुसार कम्प्युटरबाट शिक्षा दिने कार्यक्रममा सहयोग गर्न एक गैरसरकारी संस्थासँग मौखिक सहमति भइसकेको र केही दिनमै लिखित सम्झौता हुँदै छ । सामुदायिक विद्यालयका विद्यार्थी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम हुने शिक्षा मन्त्रालयले विश्वास लिएको छ ।

यसैबीच, शिक्षा मन्त्रालयले उच्च माध्यमिक विद्यालयमा चार हजार शिक्षक दरबन्दी सिर्जना गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । तर, अर्थले चार हजार शिक्षकका लागि रकम उपलब्ध गराउन सहमत भए पनि दरबन्दी सिर्जनामा आनाकानी गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकले आन्दोलन गरेपछि सरकारले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्ने सहमति गरेको थियो ।

पुरै हेर्नुहोस्...

Sunday, November 7, 2010

सुनचाँदी किन्ने पसलमा ख्याल गर्नूस् है

के तपाईं सुनचाँदीलगायत अन्य बहुमूल्य गहना किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाइर्ंले सुनचाँदी किन्ने पसलमा राखिएको तराजु गुणस्तरीय वैधानिक नहुन सक्छ ख्याल गर्नूस्

गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयको टोलीले बुधबार न्युरोड क्षेत्रका १२ वटा सुन पसलमा गरेको अनुगमनमा अधिकांश सुनचाँदी पसलले नापतौल गर्ने तराजु नवीकरण तथा दर्ता नगरिएको पाइएको

सुनचाँदी कारोबार गर्ने पसलमा राखिने तराजु नापतौल तथा गुणस्तर विभागमा दर्ता भई प्रत्येक वर्ष नवीकरण गरिएको हुनुपर्ने प्रावधान तर, न्युरोडमा अवस्थित महालक्ष्मी सुनचाँदी पसल, निलम गहना पसल, सयपत्री ज्वेलर्स तथा लक्ष्मी ज्वेलर्सको तराजु विभागमा दर्ता गरिएपछि नवीकरण नगरिएको अनुगमनमा पाइएको त्यस्तै, ट्वान्टी फोर सिटी सुनचाँदी पसल तथा जय मातादी सिल्भर प्यालेसले इलेक्ट्रोनिक ब्यालेन्स -तराजु) विभागमा दर्तै नगरी सुनचाँदी कारोबार गरिरहेको भेटिएको हो

अनुगमन टोलीले त्रुटि देखिएका सुनचाँदी व्यवसायीलाई नापतौल तथा गुणस्तर विभागको कार्यालयमा तीन दिनभित्र दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न आदेश दिएको उनीहरूबाट तराजु नवीकरण तथा दर्ता नगरेकामा अधिकतम हजार रुपैयाँ हेल्चेक्रयाइँस्वरूप थप हजार रुपैयाँ जरिवाना लगाइने विभागका एक अधिकारीले बताए

विभागको अनुगमनमा त्रुटि भेटिएका गहना व्यवसायी उपभोक्तालाई ठग्ने उद्देश्यले त्यसो नगरेकोे बताउँछन् उनीहरूले इलेक्ट्रोनिक ब्यालेन्स दर्ता एवं नवीकरणसम्बन्धी जानकारी नहुँदा विभागमा नवीकरणका लागि नगएको जानकारी दिए

तिहारको समय भएकाले बजारमा सुनचाँदी माग बढेको सुनचाँदी व्यवसायीले बताएका छन् तिहार समयमा सुनचाँदीका गरगहना सामग्री जोड्ने प्रचलन भएका कारण माग बढेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ उनले भारतीय बजारमा अहिले पनि सुनचाँदीको माग बढी भएको बताए 'नेपालको सहरी इलाकामा सुनचाँदी माग बढी भए पनि मूल्य उच्च हुँदा ग्रामीण क्षेत्रमा भने माग घट्दै गएको ,' शाक्यले भने, 'अझै पनि भारतसँग जोडिएका सीमा क्षेत्रमा उतैबाटै सुन आपूर्ति हुँदै आएको '

राष्ट्र बंैकले मंगलबार बोलकबोल प्रक्रियामार्फत बिक्रीका लागि आह्वान गरेको १७५ केजी सुन सबै तथा हजार केजी चाँदीमध्ये १८ सय केजी बिक्री भएको थियो राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत कायम गरेको सुन प्रतिकेजी ३१ लाख ९० हजार सय रुपैयाँ चाँदी प्रतिकेजी ५९ हजार सय २२ रुपैयाँमा बिक्री भएको थियो

अन्तर्राष्ट्रिय बुधबार बजारमा सुन प्रतिआउन्स १३५४.२० अमेरिकी डलर चाँदी प्रतिआउन्स २४.८० अमेरिकी डलर कायम भएको मंगलबार नेपाली बजारमा सुन प्रतितोला ३८ हजार सय २५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सय २५ रुपैयाँ घटेर ३८ हजार सय रुपैयाँमा कारोबार भएको त्यस्तै, चाँदी मंगलबार प्रतितोला सय १५ रुपैयाँमा कारोबार भएकोमा बुधबार सय १२ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको

पुरै हेर्नुहोस्...

Tuesday, October 5, 2010

७ वर्षेले चलाए डोजर

काभ्रे, आश्विन १२ - स्कुल बिदा हुने भएकाले नासिकास्थान आशापुरी-७ खाल्चोकका सातवर्षे दावा फेन्जु लामा हरेक शनिबार गाउँमा बाटो खन्दै गरेको डोजर चढ्न जान्थे । चालकको पछाडि बसेर कसरी चलाइँदो रहेछ भनेर ध्यान दिन्थे । केले के काम गर्छ भनेर अप्रेटरलाई सोध्थे । यी सातवर्षेले सोमबार त्यही डोजर चलाएर सबैलाई छक्क पारिदिए । उनले 'कोमात्सु टु हन्ड्रेड' डोजर आशापुरीको सार्वजनिक शौचालयबाट चलाई ३ सय मिटर टाढा रहेको बाबेडाँडाको बगरसम्म लगे र बगरमा बाटो खनेर देखाए ।
उनले डोजर चलाएर बाटो खनेको हेर्न भीड लागेको थियो । नासिकास्थान-१ साँगा भैंसेपाटीस्थित विकटेश्वर अंग्रेजी माविमा यूकेजीमा अध्ययनरत फेन्जुले डोजर चलाएर सहासी काम गरेको भन्दै पि्रन्सिपल श्याम भुजेलले एसएलसीसम्म निःशुल्क पढाउने घोषणा पनि गरे । पढाइ पनि अब्बल फेन्जु कक्षामा
प्रथम हुँदै आएका छन् ।

पुरै हेर्नुहोस्...

Thursday, September 30, 2010

भाइरस अमेरिकाले बनाएको चिनियाँ विशेषज्ञको दाबी

अहिलेसम्मकै परिष्कृत मानिएको स्टक्सनेट (Stuxnet) नामक कम्प्युटर भाइरसले चीनका करिब साठीलाख कम्प्युटर प्रभावित बनेका छन् । केहीदिनभित्रै उक्त भाइरसले चीनका ठूला करिब एक हजार औद्योगिक उपकरणलाई असर पारेको सिन्हवाले जनाएको छ । विश्वविख्यात जर्मनी कम्पनी सिमेन्सको कम्प्युटर नियन्त्रित मुख्य प्रणालीहरुमा उक्त भाइरस देखिएको हो । सिमेन्सले सुचना प्रविधि, उर्जा, संञ्चार लगायतका विविध क्षेत्रमा विश्वका १ सय ९० मुलुकमा सेवा पुर्‍याइरहेको छ । सिमेन्स चीनमा औद्योगिक कम्प्युटर आपुर्ति गर्ने सबैभन्दा ठूला कम्पनी मध्येको एक हो ।
स्टक्सनेटलाई चिनियाँ सुरक्षा विशेषज्ञहरुले अहिलेसम्मकै 'भयानक साइबर हतियार' बताएका छन् । कम्प्युटर नियन्त्रण प्रणालीलाई नै ध्वस्त पार्ने अत्यन्तै जटिल देखिएको उक्त भाइरस अमेरिकी हृयाकहरुका समूहले बनाएको चिनियाँ कम्प्युटर विशेषज्ञहरुको दाबी छ । विशेषज्ञहरुले भाइरसको मुख्य सर्वर अमेरिकामा रहेको पत्ता लगाएको पनि सिन्हवाले उल्लेख गरेको छ । साधारणतया भाइरसले निजी कम्प्युटरमा क्षति पुर्‍याउने देखिएको भएपनि स्टक्सनेटले सिमेन्सका प्रविधि प्रयोग भएका नियन्त्रण प्रणालीलाई नै लक्षित गरेको छ । सुरुमा युएसवि मेमोरी स्टिक लगायत कुनै पनि फ्लैस मेमोरी प्रयोग गर्दा थाहै नदिइ कम्प्युटरमा प्रवेश गर्ने यसले माइक्रोसफ्ट विन्डोजकै सुरक्षा द्वारलाई उपयोग गरि नेटवर्कको माध्यमबाट मुख्य सर्भरमा क्षति पुर्‍याउने जनाइएको छ । स्टक्सनेटले यसै महिना इरानको परमाणु संयन्त्रमा हमला गरेको थियो । तर उक्त खबर फैलन नपाउदै उक्त भाइरस चीनमा देखिएको हो ।

विशेषज्ञहरुले भाइरसले चीनको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिएको बताएका छन् । भाइरसले महत्वपूर्ण तथ्याङ्क चोरी गरि सर्भर कम्प्युटरमा पठाउने र नियमित सुचना दिने मात्र नभइ भविष्यमा निगरानीका लागि बाटो खुल्ला गर्ने प्रयत्न गरेको समेत उनीहरुको दाबी छ । इस्पात, उर्जा, परिवहन लगायतका अधिकांश औद्योगिक क्षेत्रमा खतराको संकेत देखिएको बारे समेत उनीहरुले सचेत गराएका छन् । चिनियाँ उद्योग तथा सूचना मन्त्रालयले सिमेन्सका प्रविधि र उपकरण माथि सुक्ष्य अनुसन्धान गर्ने बताएको छ ।

जर्मनीको म्यूनिखमा रहेको सिमेन्स मुख्यालयले चिनियाँ ग्राहकहरु माथि परेको भाइरसको प्रभावबारे तुरुन्तै टिप्पणी गर्न अस्विकार गर्दै तदारुकताका साथ समस्या समाधानमा लागेको बताएको छ । भाइरस पहिलोपटक १५ जुलाईमा भेटिएको समेत सिमेन्स जनाएको छ । चीनको विभिन्न विमानस्थल, रेलवे, परमाणु उर्जा, बाँध लगायतका महत्वपूर्ण स्थलहरुमा सिमेन्सको कम्प्युटर प्रविधि जडान छन् । 'ठूला बाँधहरुमा प्रयोग भएका स्वचालित जेनेरेटरहरुमा भाइरसले प्रभावित गरे हामी अपांग जस्तै हुनेछौ,' उर्जा विशेषज्ञ सन जियापिङको भनाइ उदि्रत गर्दै हङकङको स्थानीय दैनिक साउथा चाइना मोर्निङ पोष्टले विहीबारको अंकमा लेखेको छ, 'यो शक्तिशाली बमको आक्रमण भन्दा पनि भयानक हुनेछ ।'

हङकङमा भने भाइरसको प्रभावबारे कुनै जानकारी नआएको सिमेन्सका स्थानीय प्रवक्ताले बताएका छन् । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, मेट्रो रेल, डिजनीलैण्ड रेलवे, सिएलपी पावर, सेन्ट पाउल हस्पिटल लगायतले सिमेन्सका कप्युटर प्रविधि जडान गरेका छन् ।

पुरै हेर्नुहोस्...

Saturday, September 18, 2010

मोटोपन घटाउने केही उपाय

शरीर मोटो भएर चिन्तित हुनुहुन्छ ? मोटोपन हटाउने उपायको खोजी त गरिरहनुभएको छैन ? शरीरको बोसो घटाउनलाई खाना त खान छाड्नुभएको छैन अथवा भोकै बसेर तौल घटाउने प्रयास गरिरहनुभएको छ भने त्यस्तो कार्य आजै छाड्नुहोस् । किनभने त्यसले शरीरमा विभिन्न विकृति उत्पन्न हुने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार, मानिसले विभिन्न उपायको प्रयोग गरेर धेरै तौल घटाउने गरेका छन् । तर, सातामा १ किलोभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन । अनुसन्धानकर्ताले मोटोपन घटाउनका लागि विभिन्न उपाय बताएका छन्, तीमध्ये केही यहाँ प्रस्तुत गरिएको छ :
-उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारण्ाा त्याग्नुहोस् । स्वादका लागि केही मरमसला प्रयोग गरी खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । तर, नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।

- खाद्य पदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नुपर्छ ।

- दैनिक ३ देखि ४ पटकभन्दा बढी खाना खानु हँुदैन ।

- नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नुपर्छ । एकैपटक धेरै खाना खानु हुँदैन ।

- भोकको अनुभूति भइरहेमा अति कम क्यालोरी दिने खाद्य पदार्थ खाने गर्नुपर्छ । जस्तै : गाजर, कांक्रो, कागती आदि प्रयोग गर्नु राम्रो मानिन्छ ।

- बेलुकाको खाना अलि सबेरै अर्थात् बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । तर, खाना खानेबित्तिकै सुत्नु हुँदैन ।

- तौल घटाउन उचित व्यायाम गर्नु आवश्यक छ, बिहान सबेरै उठेर व्यायाम गर्नुपर्छ ।

- प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।

- धेरै बोसोयुक्त वा चिल्लो खाना खानुहुन्न ।

पुरै हेर्नुहोस्...

Saturday, September 11, 2010

मधेसी-पहाडी मिलेर मनाए तिज

हिन्दू नारीहरूको ठूलो चाड तिज रूपन्देहीमा मधेसी र पहाडी समुदायबीच आपसी सामाजिक सद्भाव बढाउनेगरी मनाइएको छ । मधेसी र पहाडी महिला एकैठाउँमा जुटेर गीत गाउँदै छमछम नाचेका थिए ।

रूपन्देहीको बेथरीमा स्थानीय पहाडी समुदाय र मधेसी समुदायबीच एकैस्थानमा तिज मनाइएको हो । मधेसी समुदायले गाएको गीतमा पहाडी समुदायका महिलाले नाचेर गीतमा साथ दिएका थिए भने पहाडी समुदायका महिलाले गाएको गीतमा मधेसी समुदायका महिलाले गाएर र नाचेर साथ दिएका थिए ।
भैरहवादेखि सात किलोमिटर पश्चिममा मधेसी समुदायको बाहुल्य रहेको सो स्थानमा बेथरी प्रहरी चौकीको पहलमा सिद्धार्थ युवा क्लब, बेथरी समाज, स्थानीय आमा समूहको सहभागितामा तिज कार्यक्रम राखिएको थियो । कार्यक्रममा एक-अर्काले गरेको विभिन्न प्रकारका पूजा, गीत, नाच निकै रोचक तरिकाले हेरेका थिए । मधेसी समुदायको कजरी तिज गीत गाउँदा पहाडी समुदायका महिलाले साथमा साथ दिएर नाचेका थिए । यसप्रकारका सामूहिक तिज गीत कार्यक्रमले पहाडी समुदाय र मधेसी समुदायबीच आपसी भाइचारा सम्बन्ध बनाउन सहयोग पुगेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष मोहनलाल यादवले बताए ।

दुई वर्षअगाडि कपिलवस्तुमा मोहती खाँको हत्या हँुदा बेथरीमा दुई समुदायबीच बोलचाल नभएपछि बेथरी प्रहरी चौकीले हरेक चाड पर्वमा विभिन्न सामूहिक कार्यक्रम गराउँदै दुई समुदायलाई आपसमा एकता, मेलमिलाप, भाइचाराको सम्बन्ध बढाउँदै आएको बेथरी प्रहरी चौकीका सई शम्भु उपाध्याय बताउँछन् । जहाँ बसे पनि हामी नेपाली हौँ भन्ने सन्देश दिनका लागि सामूहिक तिज मनाइएको बेथरी समाजका अध्यक्ष होमबहादुर थापाले बताए । 

पुरै हेर्नुहोस्...

Tuesday, September 7, 2010

MP3 Song


पुरै हेर्नुहोस्...

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all